ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडकको मध्यविन्दु सारेको आरोपमा विवाद


bhawani desk
असार ८, २०७५ शुक्रबार   ५ : १६   बजे

 

 चितवन, ८ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनस्थित रत्ननगर नगरपालिकाको चार लेनको नमूना सडकको विवाद अझै यथावत छ ।

यसअघि चरम लापर्बाहीका कारण सडकको निर्माण नसकिँदै दबिने, अलकत्रा सोहोरिएर ठूला–ठूला ढिस्का बन्ने र भत्किने समस्या अझै थपिँदो छ ।

ती समस्याका कारण एकचरण पिच भत्काएर पुनःकालोपत्रे गरिए पनि सडक दुरुस्त बन्न नसकिरहेका बेला मध्यविन्दुको विवादले फेरी निर्माण कार्यमा अवरोध भएको हो ।
सडकको दायाँबायाँ चौडाइ कूल ५० मिटर बनाइए पनि मध्यविन्दु तल्लो भागमा सारिएको आरोप स्थानीयवासीले लगाएका कारण काम नै रोकिएपछि रत्ननगर नगरपालिकाको अगुवाइमा बिहीबार सडक डिभिजन कार्यालयका इन्जिनियर अरुणकुमार कर्णसहित स्थानीयवासीबीच रत्ननगरमा आकस्मिक छलफल तथा सडकको स्थलगत अवलोकन समेत गरेका थिए

इन्जिनियर कर्णले सडक नापेर समस्या यथासक्य चाँडो समाधान गर्ने आश्वासन दिनुभयो । छलफलमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सडक बिगार्ने ठेकेदार र इन्जिनियर नै भएको दाबी गर्दै सो विषयमा गृहमन्त्रालयमा समेत लिखित उजुरी गरिसकेको जानकारी दिनुभयो ।

दुई हजार २०० मिटर सडक निर्माण गर्न तीन वर्ष लाग्नु लाजमर्दाे भएको उल्लेख गर्दै उहाँले स्थानीयवासीलाई चित्तबुझ्ने गरी काम गरेर देखाउन इन्जिनियर कर्णलाई आग्रह गर्नुभयो । रत्ननगर नगरपालिका वडा नं– २ का वडाध्यक्ष तिलकराज शर्माले सडक अपांगमैत्री समेत बन्न नसकेको बताउनुभयो ।

स्थानीयवासी रविन्द्र श्रेष्ठले भौगोलिक अवस्थाको अध्ययन नै नगरी सडक निर्माण गर्दा समस्या आएको दाबी गर्नुभयो ।सो सडकको मध्यभाग नै बीचमा नरहेको दाबी गर्दै उहाँले पुनः नाप जाँच गर्न माग गर्नुभयो । स्थानीयवासीले सडकको मध्यभागको डिभाइडर करीब ६०,७० सेन्टिमिटर तल्लो क्षेत्रमा सारिएको आरोप समेत लगाएका थिए ।

विभिन्न क्षेत्रमा सडक अग्लो होचो बनाइएको, दुई छेउमा अग्ला पर्खाल लगाएर स्थानीयवासीको घरमा जान भ¥याङ चढ्नुपर्ने अवस्था आएको, ढललाई बेवास्ता गरेर सर्भिसलेन निर्माणको काम तीव्र पारिएको गुनासो उनीहरूको थियो ।
सडकभन्दा फुटपाथ धेरै अग्लो बनाएकाले अपांगसमेत जानै नसक्ने गरी सडक निर्माण भएको अर्का स्थानीयवासी सुन्दर श्रेष्ठले दाबी गर्नुभयो ।
पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको रत्ननगर बजार क्षेत्रमा ग्रिनरीसहितको चार लेनको नमूना सडक बनाइ दुईतर्फी नै सर्भिस लेन र फुटपाथ सहितको सडक निर्माण भइरहेको छ ।

जम्मा दुई हजार २०० मिटरको उक्त सडक म्याद थपिँदासमेत निर्माण हुनसकेको छैन । नगरस्तरीय उपभोक्ता समितिका अध्यक्ष रामेश्वर भटृराईले यहाँ ढलको च्याम्बर समेत व्यवस्थापन नै नगरी धमाधम गिटीले पुरेर लापरवाहीका साथ सडक निर्माण भैरहेको बताउनुभयो ।

अर्का स्थानीयवासी देवेन्द्रकुमार श्रेष्ठले पहिले नक्साङ्कनमा सडकमा घर नपरेकामा अहिले घर परेको देखिएकाले निर्माणमा समस्या उब्जिएको छ भन्नुभयोे । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले सडक गुणस्तरको नबनेकामा चिन्ता प्रकट गर्दै अहिले सडकबाट मानिसको घरमा जानलाई भ¥याङ चढेर जानुपर्ने अवस्था अउनु विडम्बना हो भन्नुभयो ।

रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दवाडीले सडक निर्माणमा केटाकेटी पारा देखिएकाले यस्तो समस्या छिटो समाधान गर्न डिभिजनको ध्यानाकर्षण गराउनुभयो ।

उक्त कार्यालयका इन्जिनियर अरुणकुमार कर्णले सडकको मध्यविन्दु यकिन गर्न आज नै नापी शाखालाई नाप जाँचका लागि पत्र काट्ने र एक हप्ताभित्रमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले पर्खाल लगाएको ठाउँमा भत्काउन परे भत्काएर समस्या समाधान गरिने समेत जानकारी दिनुभयो । परियोजना ढिलो भएको र यसमा केही कमजोरी भएको स्वीकार गर्दै सो विषयमा अख्तियारले समेत छानबिन गरिरहेको इन्जिनियर कर्णले बताउनुभयो ।

रु १९ करोड ७० लाखमा २०७२ सालबाट ठेक्का सम्झौता भएको सडक निर्माणमा थपिएको म्याद गएको असोजमा सकिए पनि अझै निर्माण सकिएको छैन ।

निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्ट्रक्सनका कर्मचारी मुकेश तामाङले ७८ प्रतिशत काम सकिएको सडक स्थानीयवासीको अवरोधका कारण बुधबारदेखि काम गर्न रोकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा, असारदेखि नयाँ दरबन्दीबाट तलब (सूचीसहित)

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

खुला इन्टरनेटको अन्त्य

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा, असारदेखि नयाँ दरबन्दीबाट तलब (सूचीसहित)

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

रविलाई भीष्मराजको प्रश्न– दिल्लीमा हुँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ उच्चारण किन गरिएन ?

नेकपाले संसद्‌मा भन्यो– सीमाका विषयमा नेपाली यसरी कहिल्यै विभाजित भएका थिएनौं

खुश्बुले बलात्कार र ज्यान मार्ने धम्की आयो भनेलगत्तै गृहमन्त्रीले गरे छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group