ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केरुङ–काठमाडौं रेलमार्गबारे नेपाल र चीनबीच बेइजिङमा सम्झौता


एबीसी न्यूज


काठमाडौं, ७ असार ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ बसाइको तेस्रो दिन निकै महत्वपुर्ण रह्यो । राष्ट्रपति सी जिनपिङले बीआरआईको फ्रेमवर्कभित्र रहेर नेपालको विकास र समृद्धिमा सघाउन चीन जस्तोसुकै सहयोग गर्न तयार भएको बताइसकेका थिए, ओलीसँगको भेटवार्तामा । सोही फ्रेमवर्कभित्र रहेर बिहीबार नेपाल र चीनबीच कैयौं सम्झौता भएका छन् । चीनले जति पनि सहयोग गर्नेछ, बीआरआई अन्तर्गत रहेर नै गर्नेछ ।

चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसंग प्रधानमन्त्री ओलीको भेटवार्ता र छलफलपछि विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा सम्झौता र थप चार विषयमा नेपाली र चिनिया पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र समकक्षी ली खछ्याङबीच बिहीबार अपरान्ह गे्रट हल अफ पिपलमा भएको भेटवार्तापछि १० बुदे सहमति भएको हो । प्रधानमन्त्री ओली र समकक्षी खछ्याङबीच भएको सम्झौतामा केरुङ–काठमाडौं  रेल जोड्ने मुख्य सम्झौतामा हस्ताक्षर भएको छ । ट्रान्स हिमालय कनेक्टिभिटी अन्तर्गत भएको केरुङ–काठमाडौं रेलमार्ग जोड्ने सम्झौतालाई महत्वपूर्ण सम्झौताको रुपमा हेरिएको छ ।

रेलमार्ग र कार्गो ट्रान्सपोर्टमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ र चिनिया उप विदेशमन्त्री कङ वान युले हस्ताक्षर गरेका छन । यस्तै ऊर्जा क्षेत्रमा आर्थिक तथा प्राविधिक साझेदारी सम्बन्धि सम्झौतामा उर्जामन्त्री बर्षमान पुन र उप विदेशमन्त्री कङ वान युले हस्ताक्षर गरेका छन् । रसुवागढी र तातोपानीमा नेपाल–चीन मैत्री पुल पुनर्निर्माण सम्बन्धि सम्झौतामा परराष्ट्र सचिव शंकरदास वैरागी र चीनका उपविदेशमन्त्री कङले हस्ताक्षर गरेको सम्झौतमा उल्लेख छ ।


यसैगरी नेपाल र चीनबीच तिब्बतका राजमार्ग, नेपाल र चीनबीच व्यापार र लगानीका लागि दुई देशबिच मिलेर काम गर्ने सम्झौता भएको छ । दुई देशबीच नागरिक सम्बन्ध अझै विस्तार गर्ने, पर्यटन विकासमा साझेदारी गर्ने, सामाजिक–सांस्कृतिक आदानप्रदान वृद्धि गर्ने र अन्तराष्र्टि«य मामिलामा समेत संवाद र समझदारी गर्ने सहमति भएको छ ।

यस्तै बिहिबार भएको अर्काे महत्वपुर्ण सम्झौता मध्ये विभिन्न ठाउमा सुख्खा बन्दरगाह बनाउने, विद्युत लाइन विस्तार गर्ने रहेको छ । २०७२ सालमा गरेको बिनासकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका खोल्नका लागि चीनले तत्परता देखाएको छ भने केरूङ नाकामा पक्की पुल र मानव संसाधनको लागि सम्झौता भएको छ ।

यस्तै सिन्धुपाञ्चोकमा भूकम्पले भत्किएका समुदायिक बिद्यालयको पुर्ननिमार्ण, नुवाकोट दरवार स्कायरको पुर्ननिमार्ण, रसुवा र दोलखामा पनि बिद्यालय पुननिमार्ण गर्नका लागि लेटर आफ एक्चेन्ज भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति सि जीङ पीङसंगको भेटमा समेत ५ वर्ष भित्र रेल काठमाडौ पु¥याउने आश्वासन पछि रेलमार्ग बिस्तारको लागि लिखित रुपमै सहमती भएको बताइएको छ ।


सम्झौतामा तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकलाई सहयोग पुग्ने बताइएको छ । नेपाल गत जेठ दोस्रो साता रेलमार्गको अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका अधिकारीले स्थलगत अध्ययनबाट नेपालमा चिनिया रेल आउन सम्भव रहेको बताएका थिए ।

पूँजी र प्रविधिको अधिकतम प्रयोगबाटै विश्व अर्थतन्त्रमा बलियो पकड जमाउन सकिन्छ भन्ने लक्ष्य र उदेश्य लिएर अघि बढेको चीनसँग विकासमा साझेदार बन्ने कुरा नेपालका लागि सुखद खबर हो । नेपालको समग्र विकास विना छिमेकीको समृद्धिको यात्रा अधुरो हुने प्रष्ट बुझेका चीनिया“ नेतृत्वहरु समग्र नेपालको विकास हुनु पर्छ भन्नेमा अडिग छन् ।

स्थिर राजनीतिको अभावमा विकासले खासै गति लिन नसकेको नेपाललाई अबका दिनमा अस्थिर राजनीतिको टाउको दुखाई छैन नै । स्थिर राजनीतिसंग स्थिर सरकार अनि बलियो सरकारसंग विकासका आयोजनामा संझौता गर्नु र कार्यान्वयन हुनेमा चीनियाँ नेतृत्व यतिबेला पूर्ण विश्वस्त देखिन्छ । यसर्थ पनि दावा गर्न सकिन्छ ।

यसपटकको प्रधानमन्त्री ओलीको भ्रमणले मुलुकको आर्थिक रुपान्तरणको आयामहरुको प्रार्दुभाव गर्नेमा निश्चिन्त हुन सकिन्छ । चिनियाँ नेतृत्वसंग विविध विकासका आयाममा संझौताका पानाहरुमा सहिछाप गरेका प्रधानमन्त्री ओलीले एकसाताको भ्रमणलाई निकै अर्थपूर्ण भएको सन्देश लिएर नेपाल फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com