ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पसँग किमले गर्ने वार्ताका एजेन्डा तय, यस्ताे छ कार्यसूची


एबीसी न्यूज
जेष्ठ २८, २०७५ सोमबार  ९ : ५३ बजे

उत्तर कोरिया र अमेरिकाका शीर्ष नेताबीच हुने ऐतिहासिक भेटवार्ताको सबै तयारी पूरा भएको छ। दुई देशका नेता अर्थात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उन भेटवार्ताका लागि निर्धारित स्थान सिंगापुर पुगिसकेका छन् ।
यदि सबै कुरा निर्धारित कार्यक्रम अनुसार नै चलेको खण्डमा मंगलबारका दिन यो ऐतिहासिक भेटवार्ता हुनेछ । अमेरिकाले यो भेटवार्ताअघि उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गर्नुपर्ने सर्त राखेको थियो। तर यसको बदलामा उत्तर कोरिया के चाहन्छ यो अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

तर अब उत्तर कोरियाली नेता किम जोंग उनले डोनाल्ड ट्रम्पका साथ आफ्नो एजेन्डाहरु केही हदसम्म स्पष्ट गरेका छन् । उनले भनेका छन् कि उनले ट्रम्पका साथ ‘पूर्णतः शान्ति स्थापित गर्ने तरिका’का विषयमा कुरा गर्नेछन्।
किमले भनेका छन् कि समस्या संसार यो भेटवार्तालाई हेरिरहेको छ । यता ट्रम्पले पनि भनेका छन् कि उनलाई पनि यो भेटवार्ता सकारात्मक हुने आशा छ।

उत्तर कोरियाको सरकारी समाचारपत्रमा प्रकाशित एउटा सम्पादकीयमा यो कुराको संकेत गरिएको छ कि अमेरिकाका साथ समान्य सम्बन्ध स्थापित गर्ने सम्भावनाका बारेमा छलफल हुनेछ । सरकारी समाचारपत्र ‘रोडोंग सिनमुन’ले आफ्नो सम्पादकीयमा लेखेको छ–प्योङयाङ अमेरिकासँग आफ्नो सम्बन्ध सुधार गर्ने दिशामा काम गर्नेछ ।

सम्पादकीयमा लेखिएको छ–भलै कुनै देशका साथ हाम्रो सम्बन्ध पहिला निकै खराब रहेको होस्। तर हाम्रो भनाइ छ कि यदि त्यो देश हाम्रंो स्वतन्त्रताको सम्मान गर्दछ भने हामी पनि उनीहरुसँग सम्वादको माध्यमबाट सामान्य सम्बन्ध कायम गर्नेमा विश्वास गर्दछौ।
यही उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनको तर्फबाट जारी एउटा वक्तव्यमा दुवै नेताबीच कोरियाली प्रायद्वीपमा निश्चित र लामो समयसम्म स्थापित हुने शान्ति प्रक्रियाका बारेमा कुरा गर्नेछन् । यसका साथै कोरियाली प्रायद्वीपको परमाणु निःशस्त्रीकरण र अन्य साझा विषयमा पनि कुरा हुनेछ। वक्तव्यमा यो एउटा बदलिदो युगको सुरुवात भएको पनि उल्लेख गरिएको छ ।
बीबीसीका उत्तर अमेरिकी सम्पादक जोन सोपेलका अनुसार अहिले हामी जुन भेटवार्ताको प्रतिक्षा गरिरहेका छौ त्यो परम्परागत राजनीतिक मार्गबाट त कहिल्यै सम्भव हुन सक्दैन । जोन सोपेल भन्छन्–हामी यहाँसम्म यसकारण पुग्यौ किनभने राष्ट्रपति ट्रम्पले परम्परागत कुटनीतिक तरिकालाई तोडेर नयाँ बाटो अपनाए ।

जोनका अनुसार अमेरिकी राष्ट्रपतिले भनेका छन् कि उनले यो भेटवार्ताका लागि कुनै तयारी गरेका छैनन् । कोरियाली प्रायद्वीपको परमाणु निःशस्त्रीकरण कसरी हुनेछ, यसका लागि कुन प्रक्रियाको पालना गरिनेछ । यो अहिलेसम्म तय भएको छैन ।
यही यसको बदलामा अमेरिकाले उत्तर कोरियामाथि लगाएको कति आर्थिक प्रतिबन्ध हटाउनेछ र उसको सुरक्षाको कस्तो ग्यारेन्टी गर्नेछ यो पनि सबै निकै जटिल विषय हो । जोन मान्छन् कि जेसुकै होस अहिलेका लागि यो भेटवार्ता एउटा सकारात्मक कदम हो ।
आइतबार सिंगापुर पुगेपछि दुवै नेता अलग अलग होटलमा बसेका छन् । एकातिर जहाँ किम सिंगापुरको फाइभ स्टार होटल सेन्ट रेजिसमा बसेका छन् भने ट्रम्प त्यसको थोरै दूरीमा रहेको साँग्रिला होतलमा बसेका छन् । दुवै नेताको भेटवार्ता भने सेनटोसा द्वीपमा रहेको आलिशान कपेले होटलमा हुने तय गरिएको छ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com