ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प र जोङको भेटः सिंगापुरमा २ करोड अमेरिकी डलर खर्च


एबीसी न्यूज
जेष्ठ २८, २०७५ सोमबार  ७ : ३९ बजे
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच आसन्न शिखर वार्ता निम्ति २ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । शिखर वार्तामा लाग्ने खर्चबारे जानकारी दिँदै सिंगापुरका प्रधानमन्त्री ली हिसेन लुङले आइतबार भने, ‘क्षेत्रीय राजनीतिक स्थिरताका लागि सिंगापुर यो खर्च बेहोर्न इच्छुक छ ।’

शिखर वार्ता क्रममा दुवै देशका प्रतिनिधिमण्डलको बसाइ, खानपिन र सञ्चार व्यवस्थापनमा उक्त खर्च हुने अनुमान गरिएको हो । यसबाहेक झन्डै १ करोड डलर सुरक्षामा खर्च हुने सिंगापुर प्रधानमन्त्रीले बताएका छन् ।

अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच मंगलबार पहिलोपटक शिखर वार्ता हुँदैछ । यसले कोरियाली प्रायद्विपको विकासलाई नयाँ गति दिने विश्वास सिंगापुर प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै उनले यो वार्ता सिंगापुरको सान्टोसा टापुस्थित क्यापेला होटलमा हुने जानकारी दिए । वार्तामा भाग लिन उत्तर कोरियाली नेता आइतबारै सिंगापुर आइपुगेका छन् ।

अमेरिका र उत्तर कोरियाबीच वार्ता निम्ति ठाउँ टुंगो लगाउन सहज थिएन । दुवै यस्तो देशमा वार्ता गर्न चाहन्थे, जुन राजनीतिक र कूटनीतिक रूपमा स्विकार्य होस् ।

‘जब दुवै पक्षबाट सिंगापुरमा वार्ता गर्ने प्रस्ताव आयो, हामीले नाइँ भन्न सकेनौं,’ प्रधानमन्त्री लीले भने, ‘यो वार्ता सिंगापुरकै निम्ति पनि एक महत्वपूर्ण अवसर हो ।’

‘हाम्रो निम्ति सबभन्दा खुसीको कुरा के भने, यो वार्ता सिंगापुरमा गर्नुपर्यो भनेर हामीले प्रस्ताव गरेका होइनौं । दुवै पक्षले रोजेर हामीलाई प्रस्ताव गरेका हुन् । यसले अन्तर्राष्ट्रिय समुदायमा सिंगापुरलाई कसरी हेरिन्छ भन्ने छर्लंग पार्छ,’ उनले भने ।

सिंगापुर संसारका कम मुलुकमध्ये पर्छ, जसको अमेरिका र उत्तर कोरिया दुवैसँग कूटनीतिक सम्बन्ध छ ।

सिंगापुरको सूचना तथा सञ्चार मन्त्रालयले शिखर वार्ता निम्ति मिडिया सेन्टर स्थापना र व्यवस्थापनमा मात्र करिब ५० लाख डलर खर्च हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com