ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगान सुरक्षाकर्मीको शिविरमा तालिवान समूहको आक्रमण, १९ प्रहरीको मृत्यु


एबीसी न्यूज
जेष्ठ २६, २०७५ शनिबार  ६ : ३२ बजे

कुन्दुज, अफगानिस्तान, २६ जेठ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवान समूहले शनिवार बिहानै सुरक्षा शिविरमा प्रवेश गरी आक्रमण गर्दा भएकोे झडपमा परी कम्तीमा १९ जना प्रहरीले शाहदत प्राप्त गरेका अफगानी अधिकारीले जनाएका छन् ।

विद्रोहीले आगामी हप्ता देखि लागू हुने गरी युद्धविराम गरेको घोषणा गर्नुपूर्व गरेको आक्रमणमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

घटनाको तालिवान समूहले जिम्मेवारी लिइसकेको छ । तालिवानी विद्रोहीले एक दिन पहिले पनि पश्चिमी प्रान्त हेरातमा आक्रमण गर्दा १७ सैनिकको मृत्यु भएको थियो ।

कुन्दुजका प्रान्तीय सरकार प्रमुख नेहमातुल्लाह तैमुरी दिएको जानकारीमा भनिएको छ, “शनिबार शिविरमा भएको आक्रमणमा १९ प्रहरीले शाहदत प्राप्त गरेका छन् भने कम्तीमा पाँच प्रहरी घाइते भएका छन् ।”

प्रहरीका प्रान्तीय प्रवक्ता इन्हामुद्दिन रहमनीले प्रहरीतर्फको मृतक सङ्ख्या १९ भएको पुष्टि गर्दै घटनामा आठ तालिवान लडाकूको पनि मृत्यु भएको बताउनुभयो ।

तालिवान विद्रोही समूहले शनिबार भएको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै मुस्लिमहरूको पवित्र पर्व रामादानको २७ औँ दिनदेखि इद उल फित्रको पाँचाँै दिन (यही जुन १२ देखि १९ सम्म) युद्धविराम लागू हुने जनाएको अफगानी राष्ट्रपति असरफ घानीले ट्वीटरमार्फत जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com