ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कहाँ छ तस्करीको ३३ किलो सुन , वास्तविक लुटेरा को ?


एबीसी न्यूज
जेष्ठ २५, २०७५ शुक्रबार  ७ : ४५ बजे

महानगरीय अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले डीएसपी प्रजित केसीलाई चूडामणि उप्रती ‘गोरे’सहित उनको टोलीलाई जंगलमा लगेर ‘गोली हान्न’ आदेश दिएको अडियो सार्वजनिक भएपछि नयाँ तरंग छाएको छ । डीएसपी प्रजित केसीले आफ्नो मोबाइलमा सुरक्षित रहेको सो अडियो जिल्ला अदालत मोरङमा बुझाएको बताइएको छ ।

सोही अडियो अहिले सार्वजनिक भएको हो ।अडियोमा लोहनी र केसीबीच भएको कुराकानीमा गोरेसहित तस्करीको टोलीलाई इन्काउन्टर गर्ने तयारी रहेको स्पष्ट हुन्छ । तर, गोरे भागेर भारत गएको र प्रहरीले झुक्याएर बोलाउँदा पनि नआएका कारण सबै योजना असफल भएको सो अडियोबाट बुझ्न सकिन्छ । डीएसपी केसीले एसएसपी लोहनीसँग भएको संवाद आफ्नो मोबाइलमा सुरक्षित राखेर पछि अदालतमा बुझाएको सरकारी अनसुन्धान समिति स्रोत बताउँछ ।

किन मार्न खोजियो ‘गोरे’को टोलीलाई ?
सामान्यतः प्रहरीको नियन्त्रणमा आइसकेपछि कसैलाई पनि गोली हान्न पाइँदैन । तर सनम शाक्यको हत्यापछि इटहरी पुगेको डीएसपी केसीको टोलीले सुन तस्करी र सनम शाक्यको हत्यामा संलग्न रहेकाहरुलाई ‘नक्कली इन्काउन्टर’ को योजना बनाएको समिति स्रोत बताउँछ ।अनुसन्धान टोलीका एक सदस्यका अनुसार लोहनीको नेतृत्वमा महाशाखाको टोलीले नियोजित रुपमा हत्याको योजना बनाएको देखिएको छ । यसलाई समितिले गम्भीर रुपमा लिएको छ ।

यसले गर्दा अनुसन्धानको पाटो नै मोडिएको टोलीको प्रतिक्रिया छ ।गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान टोलीका एक सदस्यले ‘इन्काउन्टर’ गर्न खोज्नुको कारण यसरी खुलाए ।
‘पहिलो कारणः डीएसपी प्रतिज केसी एसएसपी लोहनीको निर्देशनअनुसार चलेको पाइएको छ । लोहनीकै योजनाअनुसार केसी २ करोड रुपैयाँ लिएर त्यसपछि गोरेलाई नै मार्न उद्यत रहेको देखिन्छ । गोरेलाई मार्दा मुख्य अभियुक्त नै मरिसकेको छ भन्दै घटना त्यसै सेलाउन सक्थ्यो ।दोस्रो कारणः गोरेलाई मार्नुअघि सुन तस्करीमा संग्लन गिरोहको बारेमा जानकारी लिएर महाशाखाको टोली आर्थिक बार्गेनिङ गर्न चाहन्थ्यो । तर, गोरेले प्रहरीको चाल बुझेर आफूलाई सुरक्षित बनाए ।

तेस्रो कारणः यो प्रकरणमा जोडिएका कैयौं प्रहरी अधिकारी पनि त्यसपछि जोगिन्थे । यदि गोरेले अन्य प्रहरी उच्च अधिकारीको पोल र संग्लनता खोल्यो भने समस्या हुन्छ भन्ने पनि महाशाखाको टोलीलाई लागेको हुन सक्छ । लोहनीलाई सबै थाहा थियो भन्नेमा हामी ढुक्क छौं ।’

गायब भएको सुन कहाँ छ ?
अनुसन्धान टोलीले गायब भएको सुन महाशाखाका तत्कालीन एसएसपी लोहनी, डीएसपी केसी र सई बालकृष्ण सञ्जेलको सम्पर्क–सूचनामा हुनसक्ने अनुमान गरेको छ । समितिका ती सदस्य भन्छन्, “गोरेलाई मारेपछि सबै सुुन आफ्नो हुने सोचेर ‘फेक इन्काउन्टर’ को योजना बनाइएको देखिन्छ, यस्तो अवस्थामा सुन सम्भवतः लोहनीकै टोलीको सम्पर्कमा हुनसक्छ ।”

गोप्य अडियो नै बाहिरिएपछि लोहनीले आफूभन्दा माथिका अधिकारीको नाम पनि खुलासा गर्नसक्ने टोलीको अनुमान छ । गत माघ ९ गते भित्रिएको साढे ३३ किलो सुन गायब र त्यसैसँग जोडिएर भएको सनम शाक्यको हत्यापछि चर्किएको यो काण्डमा हालसम्म एसएसपी लोहनी, गोरेसहित ३१ जना पूर्पक्षका लागि जेल चलान भइसकेका छन् ।गायब भएको सुनका मुख्य लगानीकर्ता भनिएका एमके अग्रवाल भने फरार छन् । ‘डिफ्युजन नोटिस’ जारी गरेर एमकेसँगै गोरेका भाइ रमेश उप्रेतीलगायत २९ जनाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।यसैबीचमा गृहमन्त्री रामबहादुर थापाले बुधबार पत्रकार सम्मेलन गर्दै सुन तस्करीमा संलग्न ‘ठूला माछा’ पक्राउ पर्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनयुद्ध दिवसः राजनीतिक उपलब्धि ठूला, जनजीवनमा परिवर्तन अझै अपूर्ण

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

सम्बन्धित

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com