ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको निर्देशनपछि नारायणगढ मुग्लिन सडक चौबिसै घण्टा सञ्चालनमा


admin
जेष्ठ २४, २०७५ बिहीबार  ३ : ३९ बजे

चितवन, २४ जेठ । विगत तीन वर्षयता नारायणगढ–मुग्लिन सडकखण्डको विस्तारका कारण दिन र रातको समयमा सवारी रोकिँदा यात्रुले हैरानी बेहोर्दै आएका थिए ।

खाल्डाखुल्डी सडक, छिनछिनमा झर्ने पहिरो र दैनिक आवागमन रोकिँदा यात्रु र चालकको यात्रा कष्टकर हुँदै आएको थियो । सो सडक हुँदै दैनिक दश हजार हाराहारीमा सवारी गुड्ने गर्दछन् । यो राजधानीसँग जोड्ने लाइफलाइन पनि हो । समयमा काम सक्न ठेकेदार कम्पनीहरुलाई दबाब परिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एक सय दिन पुगेको अवसरमा भिडियो सन्देश जारी गर्नुभयो । त्यसमा जेठ २५ गतेबाट नारायणगढ मुग्लिन सडक नरोकिने उल्लेख थियो । यस सँगै कालोपत्रको पहिलो तह सकेर बाटो खोल्नुपर्ने दबाबमा नारायणगढ मुग्लिन सडक आयोजना प-यो ।

यस आयोजनाका संयोजकसमेत रहनुभएका सडक विभागका वैदेशिक महाशाखा प्रमुख इन्जिनियर सञ्जयकुमार श्रेष्ठ भन्नुहुन्छ, “प्रधानमन्त्रीको सन्देशअनुरुप नै रातदिन नभनी काम अघि बढायौँ”, उहाँले थप्नुभयो, “हामी जेठ २५ गतेअघि नै सडक सञ्चालनमा ल्याएर प्रधानमन्त्रीको सन्देशको वाचा पूरा गर्न चाहन्थ्यौँ ।” फलस्वरुप जेठ २२ गते राति १२ बजे सडकको पूरै भाग कालोपत्रले जोडेर भोलिपल्ट अर्थात् जेठ २३ गतेबाटै सडक सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब दुई किलोमिटर पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । यस सँगै दैनिक बिहान १० बाट दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएकामा सवारी नरोकी बाँकी काम अघि बढाइएको हो ।

सडकको पहिलो तहको कालोपत्र सकिएसँगै यो सडक ३० मिनेटदेखि एक घण्टा सम्ममा आवतजावत गर्न सकिने भएको छ । सौराहा काठमाडौँ चल्ने बा१प १३९१ नंको पर्यटक बसका चालक राजकुमार चौधरीले एक घण्टामा सजिलै बाटो पार गर्न सकिएको बताउनुभयो । १५ घण्टासम्म सडकमा बिताएका ना३ख ७१६१ नंका ट्रक चालक रामचन्द्र खत्रीले एक घण्टा पनि नपुग्दै सडक पार भएपछि समयमा नै सजिलै गन्तव्यमा पुग्न सकिएको बताउनुभयो ।

साना सवारीधनीहरुले ३० देखि ४५ मिनेटमा नारायणगढ मुग्लिन सडक पार गर्न सकिएको भन्दै खुशी व्यक्त गरेका छन् । गैँडाकोटका विष्णु शर्माले विगतमा लामो समय सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेकामा अहिले सहज हुँदा खुशी लागेको बताउनुभयो । गत वर्षको असार ८ गते सो सडकको कालीखोलामा पहिरो खसेसँगै ४२ घण्टा सवारी आवागमन रोकिएको थियो । सो आयोजनाका सूचना अधिकारी खनालले गत वर्ष २५० घनमिटरभन्दा ठूला ३१४ पटक पहिरो खसेको र जसमध्ये दुई हजार घनमिटरभन्दा माथिका ५३ पटक पहिरो खसेको बताउनुभयो ।

आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले चार किलो र भालुढुङ्गा नजिकै पहिरो रोक्न कठिन भए पनि अन्यत्र पहिरो रोक्ने काम भइरहेको बताउनुभयो । कुनै ठाउँमा पहिरो खसेमा तयारी अवस्थामा पहिरो पन्छाउने उपकरण रहने भएकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालन गर्न सकिने बताउनुभयो ।

सो सडकमा पहिरो खस्नबाट रोक्नका लागि काम भइरहेको छ भने दोस्रो र तेस्रो तहको बाँकी कालोपत्र गर्ने काम, सडक सुरक्षाको काम र मुग्लिन नजिकै सडक चौडा गर्न रक एङ्करिङ्को काम भइरहेको छ । सो सडक सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्सात बढी भएका कारण समय थप गरिँदै आएको हो । चौथोपटक समय थपको म्याद सकिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

विश्वकप क्रिकेट लिग–टु श्रृंखला अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com