दार्चुला, २४ जेठ । सीमा पुल तरेर भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट कुटिएका छन् ।एसएसबीको कुटाइबाट लुहारको आँखामा चोट लागेको र उनको अहिले दार्चुला आँखा अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले जानकारी दिए ।
मदिरा सेवन गरेका लुहारले अभद्र शैली देखाएकाले कुटपिट गरेको प्रष्टोक्ति एसएसबीले दिए पनि यकिन नभएको डीएसपी अधिकारीले जानकारी दिए।
प्रहरी सहायक निरीक्षक महेन्द्र थापाले मदिरा सेवन गरेका लुहारले अभद्र शैलीमा एसएसबीलाई पुलको गेट खोलिदिन भनेको र त्यसपपिछि एसएसबीले कुटपिट गरेको जानकारी आफूले पाएको बताए ।
घटनापश्चात भारतीय प्रहरी अधिकारी जिल्ला प्रहरी कार्यालयमा पुगेर सामान्य छलफल भएको र थप छलफल तथा छानबीन आज गरिने प्रहरी स्रोतले बताएको छ ।



















प्रतिक्रिया दिनुहोस्