ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रजिष्टर किन्ने पैसा पनि छैन यो विधालयसंग, हाजिरै नगरी फर्किन्छन् विद्यार्थी


admin
जेष्ठ २१, २०७५ सोमबार  ५ : ३६ बजे

सप्तरी, २१ जेठ । सप्तरी जिल्लामा एउटा यस्तो विद्यालय छ, जसमा विद्यार्थीहरुले हाजिरी नै गर्दैनन् । पैसा अभावमा हाजिरी रजिष्टर खरीद गर्न नसकिएपछि विद्यार्थीहरु हाजिरी गर्नबाट बञ्चित भएका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ मा अवस्थित राष्ट्रिय प्राथमिक विद्यालय कदमाहामा हाल राजनीतिक दाऊपेचका कारण विद्यालय लथालिङ बन्न पुगेको छ ।

एउटा प्राथमिक विद्यालयमा हुनुपर्ने सम्पूर्ण भँैतिक संरचना र शैक्षिक वातावरण हुँदा हुँदै पनि विद्यालयको उचित व्यवस्थापन र राजनीतिक चहलखेल अत्याधिक भएकोले विद्यालय नामको मात्र बन्न पुगेको छ । यस विद्यालयमा ६ वटा कक्षा कोठाहरु रहेका छन् । तर, कक्षा कोठाहरु सधै बन्द नै रहने गर्दछ ।

ती कक्षा कोठा मध्ये दुई वटा कोठा जोखीमपूर्ण अवस्थामा र अन्य कोठा गोदामका रुपमा प्रयोग भएको छ भने एउटा कोठा खुल्ने तर विद्यार्थी आउन छाडेपछि एउटै कोठामा कक्षा १ देखी ५ सम्मका विद्यार्थीहरु पढ्न बाध्य छन् । विद्यालयमा कक्षा १ मा २४, २ मा २२, ३ मा १२, ४ १८ र ५ मा १० गरि कुल ८६ विद्यार्थी छन् । तर, विद्यालयको लथालिङ अवस्थाका कारण नियमित विद्यालय आउने विद्यार्थीको संख्या ११ मात्र छन् ।

विद्यालय कम्पाण्ड भित्र चारवटा नयाँ शौचालय पनि छ । तर, बनाएको पाँच महिना वितिसक्दा पनि विद्यार्थी र शिक्षकले सेफ्टी टैंकी निर्माण हुन नसम्दा शैचालय प्रयोग गर्न पाएका छैनन् । पेन्टरलाई लेखे वापतको पारिश्रमिक दिन नसक्दा विद्यालयको पहिचान खुल्ने साइन बोर्ड समेत राखिएको छैन् । २०७४ माघ १० गते विद्यालयका प्रअ बिन्देश्वरी मण्डल सेवा निबृत भएपछि अहिले विद्यालय अभिभावक विहीन समेत भएको छ ।

एउटै कक्षा कोठामा राखेर यसरी पढाई संचालन गर्दा विद्यार्थी र शिक्षक दुबैलाई असहज हुने गरे पनि बाध्यताका कारण पढाई संचालन गर्नु परेको शिक्षक हरेकृष्ण पैकराले बताए । प्रअ मण्डल सेवा निबृत भएको पाँच महिना बितिसक्दा पनि अन्यलाई जिम्मेवारी नदिएको, खाता संचालन हुन नसकेको र वडा अध्यक्ष रामनाथ मण्डलले विद्यालयलाई राजनीतिक गर्ने थलोको रुपमा प्रयोग गर्न थालेपछि विद्यालयमा एक पछि अर्को समस्या थपिँदै गएको उनको भनाई छ । विद्यार्थीहरु विद्यालय आउन नमानेपछि शिक्षक मण्डलले चकलेट खरीद गरेर दिएपछि पढ्न आउने दाबी समेत गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर कुमार मण्डल र वडा अध्यक्ष रामनाथ मण्डल सहोदर दाजुभाई हुन् । जसका कारण वडा अध्यक्ष मण्डललाई विद्यालयमा मनपरी गर्न सहज भएको उनको आरोप छ । वडा अध्यक्ष मण्डलकै हस्तक्षेपका कारण लामो समयदेखी विद्यालय प्रअविहीन भई नयाँले जिम्मेवारी नपाएको तथा शैक्षिक गतिविधि लथालिङ भएको शिक्षक यादव बताउछन् ।

यता विद्यालयका अर्का सिनियर शिक्षक हरेकृष्ण पैकराले पाठ्य पुस्तक, हाजिरी रजिष्टर र स्टेश्नरी लगायतका आवश्यक सामाग्रि किन्न नसकिएको बताउँदै वडा अध्यक्ष र व्यवस्थापन समितिकै कारण बैंक खाता समेत संचालन नभएको जानकारी दिए । विगत चार महिनादेखी विद्यालयमा कार्यरत दुई शिक्षक र एक जना कार्यालय सहायकले तलब खान र संचयकोष दाखिला गर्न पाएका छैनन् ।

नयाँ शैक्षिक सत्र लागु भएको दुई महिना पुग्न लागेको छ । सरकारले बैशाख पहिलो साता भित्रै विद्यार्थीको हात हातमा निशुल्क पाठ्यपुस्तक पु¥याइसक्ने दाबी पनि गरेको छ । तर, यस विद्यालयमा अध्ययनरत एउटै पनि विद्यार्थीको हातमा सो पुस्तक पुग्न सकेको छैन् ।

यस विद्यालयमा दुई शिक्षक र एक कार्यालय सहयोगि हाल कार्यरत छन् । कहिले काही कार्यालय सहयोगि समेत कक्षा लिने गर्दछन् । कार्यालय सहयोगि शिवनारायण मण्डलले आफू नियमित विद्यालय खोल्ने गरेको तर, विद्यार्थी कम आउने गरेका कारण चाडै नै बन्द गर्ने गरेको स्वीकार गर्छन् ।

यता विद्यालय हाताभित्रको मैदान र कक्षा कोठा प्रवेश गर्ने द्वार नै छेक्ने गरि वडा अध्यक्ष मण्डलले आफ्नो टोलको सडक कामका लागि झिकाएका बालुवा, गिटी र माटो थुपारेकाले पठनपाठ्न प्रभावित बनेको छ ।

यसैबीच सो विद्यालयमा देखिएको समस्यालाई लिएर शिक्षक पैकराको नेतृत्वमा एक टोलीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई निवेदन बुझाएका छन् । निवेदन पढेर चकित परेका प्रजिअ पौडेलले तत्कालै समस्या समाधानका लागि प्रक्रिया अघि बढाउन जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समितिलाई पत्राचार गरेको छ ।

यता वडा अध्यक्ष मण्डलले टोलमा सडक ग्राभेलका लागि सो बालुवा, गिटी र माटो ल्याएको बताएका छन् । उनले तत्काल ठाउँ नहुँदा विद्यालयमा राखिएको र दुई चार दिनमै हटाउने बताएका छन् । विद्यालयमा राजनीति र हस्तक्षेपको कुरा भने उनले अस्विकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

एमालेले देश बनाउने र राष्ट्रियताको पक्षमा अडान लिएको छ : ईश्वर पोखरेल

प्रचण्डको कार्यकर्तालाई निर्देशन– यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

एक्लै चमत्कार हुँदैन, प्रणालीले परिणाम दिन्छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com