ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रत्नपार्क बिहान शान्त, दिउँसो भद्र, साँझ व्यस्त र राति उत्तेजक


एबीसी न्यूज


राजधानीको परिचित र व्यस्त ठाउँ हो– रत्नपार्क । पार्कको नाम फेरिएको धेरै भइसक्यो तर यसको चरित्र अझै उस्तै छ । पहिले पार्कभित्र हुने ‘सेक्स डिल’ अहिले ‘बाहिरै’ भइरहेको हुन्छ ।
रत्नपार्क क्षेत्र अहिले ‘सदाबहार सेक्स स्पट’का रुपमा परिचित हुँदैछ । यसको बदनाम चरित्रका कारण त्यहाँ ओहोरदोहोर गर्ने सर्वसाधारणले समेत सास्ती खेप्नुपरिरहेको छ ।  नयाँ–नौलो केटी यहाँ देख्नै हुँदैन, ‘जाने हो ?’ भनेर सोधिहाल्छन्,’ ‘दिउँसोभन्दा पनि बेलुका यहाँ तमासा हुन्छ । एकछिन यहाँ बस्नुभयो भने जो कोहिलाईपनि ‘जाने हो?’ भन्न बेर छैन ।’
पुराना मात्रै होइन, दिनहुँ गाउँबाट राजधानी छिर्ने नयाँ–नयाँ अनुहार यहाँ फेला पर्छन् । कामबाट फर्किएका यात्रुहरुका लागि बस चढ्ने स्थल यही हो । सस्तो मूल्यमा किनमेल गर्न चाहने निम्नवर्गका मान्छेहरुको बजार पनि हो यो । नाउँमा रत्नपार्क भनिए पनि यसको परिचय थुप्रै छन् ।
२०२१ सालमा तत्कालीन राजा महेन्द्रले रानी रत्नको नाममा निर्माण गरिदिएको यो पार्क लामो समय अव्यवस्थित रह्यो । २०७१ साल वैशाखमा काठमाडौं महानगरपालिकाले अव्यवस्थित रत्नपार्कलाई व्यवस्थित गर्ने हेतुले पूर्ण रुपमा बन्द ग¥यो । २०७१ मंसिरमा सम्पन्न सार्क शिखर सम्मेलनलाई लक्षित गर्दै महानगरपालिकाले यसको पुनर्निर्माण गरेको थियो । झन्डै १५ महिना बन्द भएपछि खोलिएको रत्नपार्कको नामै अहिले बदलिएको छ– शंखधर उद्यान (पार्क) ।

करिब ४२ रोपनी जग्गाभित्र फैलिएको यो पार्कको भित्री स्वरुप पनि बदलिएको छ । सानो पोखरी, रक गार्डेन, पिङ, चिप्लेटी र स–साना विश्राम स्थल फेरिएका छन् तर अझै पनि यस क्षेत्रको चरित्र फेरिएको छैन । न माइक्रो र बसका सहयोगीले ‘रत्नपार्क, रत्नपार्क’ भन्न छाडेका छन्, न यहाँ चलिआएको यौन व्यवसाय रोकिएको छ । पहिला पार्कभित्र हुने काम अहिले बाहिर भइरहेको छ तर रोकिएको भने छैन । ‘यो त सदाबहार सेक्स स्टेसन हो,’ एक साँझ रत्नपार्कमा यौनकर्मी खोज्दै हिँडिरहेका एक युवक भन्दै थिए, ‘ म वर्र्षैपिच्छे काठमाडौं आउँदा यहाँ आएकै हुन्छु । यहाँको धन्दा सधैँ उस्तै हो, कहिल्यै सुध्रिएन । यतिसम्म कि यहाँ पाइने केही केटीहरु त दुइवर्षअघि आउँदा पनि यहीँ थिए, अहिले पनि यहीँ छन् ।’

सदाबहार यौन बजार

रत्नपार्कको मुखैअघि महानगरीय प्रहरी आयुक्तको कार्यालय छ । तीन वटा वृत्तका प्रहरी यस क्षेत्रमा दिनहुँ गस्ती गर्छन् । जनसेवा वृत्तले रत्नपार्क क्षेत्र, सिहंदरबार वृत्तले रणोद्दीप पुलदेखि भृकृटीमण्डप (रत्नपार्कको बीच रोडसम्म) क्षेत्र र दरबारमार्गले रणोद्दीप पुलको आधा भाग हुँदै त्रिचन्द्र, रानीपोखरी घण्टाघर लगायतका क्षेत्र हेर्छ । तैपनि यो क्षेत्रले आफ्नो परिचय बदल्न सकेको छैन । थुप्रै ठाउँमा यौनधन्दा बन्द भए तर यहाँ हुन सकेन । पहिले पार्कभित्रै खुलेआम अश्लील हर्कत र सेक्स डिल हुन्थे तर पार्क पुनःनिर्माणपछि यो धन्दा पार्कवरिपरि चौतर्फी (पार्क बाहिर) सरेको छ ।

यस क्षेत्रले आफ्नो परिचयलाई बदल्नुको सट्टा झन् फैलाउँदै छ– सदाबहार यौनबजारका रुपमा । देख्नेरभोग्नेहरु भन्छन्, ‘काठमाडौंको मुटु मानिने रत्नपार्क बिहान, दिउँसो र बेलुकी गरी तीन समय छेपारोले झैँ रङ फेर्छ ।’ हुन पनि हो । यो क्षेत्र बिहान शान्त, दिउँसो भद्र, साँझ व्यस्त र राति बढी उत्तेजक देखिन्छ । आइतबारको दृश्य पनि त्यस्तै थियो । पार्क वरिपरि पसल फिँजाएकाहरु आफ्नो सामान बेच्न तल्लिन थिए, यौनकर्मीहरु भने ग्राहक खोज्न । तेश्रोलिङ्गी र महिला यौनकर्मी ग्राहकसँग मोलमोलाइमा व्यस्त भएका देखिन्छन साझको समयमा ।

धेरैजसो संख्यामा तेश्रोलिङ्गी यौनकर्मीको उपस्थिति निकै बाक्लो देखिन्छ । उनीहरु ग्राहकलाई फकाउन अनेक हर्कत गरिरहेका हुन्थे । कतिपय टाउकोमा हेल्मेट लगाएर ‘डिल’ गरिरहेका हुन्छन त कोही अनुहारमा ‘मास्क’ लगाएर । २० देखि ५० वर्ष उमेर समूहका ‘युवा–युवती’ त्यहाँ देखिन्थे ।

त्यस क्षेत्रमा भेटिने थुप्रै तेश्रोलिङ्गी यौनकर्मीले लाजिम्पाटको आफ्नै कोठामा लाने बताउ छन् भने महिला यौनकर्मीहरु होटल भनिरहेका हुन्छन ।

रत्नपार्क क्षेत्रमा कति जति यौनकर्मी दिनहुँ भेटिएलान् ? त्यसको यकिन तथ्यांक त कसैसँग छैन् तर त्यहाँ लामो समयदेखि फुटपाथमा व्यापार गर्दै हिँड्ने एक जनाले बताए अनुसार करिब ६०/ ७० को संख्यामा यहाँ यौनकर्मी रत्नपार्कमा रहेका हुन्छन् ।

प्रहरीका अनुसार रत्नपार्क क्षेत्र पहिलेदेखि नै यौनकर्मीको ग्राहक खोज्ने ‘जक्सन’ हो । ‘यहाँबाट ग्राहक खोजेर उनीहरु आसपासका होटल, कोठामा लाने गर्छन्,’।


रत्नपार्क क्षेत्रमा यौन प्यास मेट्न आएका ग्राहक लुटिने पनि गरेका छन् । विशेषगरी तेश्रोलिङ्गी यौनकर्मीले ग्राहक लुट्ने गरेका हुन्छन् । ‘प्रहरीले देख्छ कि भनेर उनीहरु ग्राहकलाई सामान्य बार्गेनिङ गरेर रत्नपार्क क्षेत्रबाट बाहिर लान्छन् अनि बीच बाटोमा थप बार्गेनिङ गरेर लुट्ने गर्छन्,’ उनले भने, ‘बरु प्राकृतिक रुपमै महिला रहेका यौनकर्मीले ठग्दैनन्, वरिपरिको सामान्य होटलमा लगेर सन्तुष्टि दिन्छन् तर अधिकांश तेस्रोलिङ्गी यौनकर्मीले ठग्ने र लुट्ने गरेको उजुरी पाइएको छ ।

ग्राहक यौनकर्मीबाट मात्रै लुटिँदैनन्, रत्नपार्क क्षेत्रमा भेटिने दलालबाट पनि ठगिन्छन् । दलालहरुले केटी मिलाइदिन्छु भन्दै ग्राहकहरुलाई ठमेल आसपासका डान्सबार लिएर जान्छन् अनि उता केटीसँग खान बसाएर बिल उठाइदिन्छन् । बिल तिर्ने बेलासम्म त्यो दलाल टाप ठोकिसकेको हुन्छ ।

प्रहरीका अनुसार साँझ ५ बजे देखि ८ बजेसम्म बढी तेस्रोलिङ्गी यौनकर्मी रत्नपार्क क्षेत्रमा देखापर्ने र उनीहरुले ग्राहकअनुसार पैसा असुल्ने गरेका छन् । मान्छेको चहलपहल र भिडभाड बढी हुने ठाउँमा उनीहरु ग्राहक खोज्न उभिने गरेको उनले बताए ।

बस चढ्न र किनमेल गर्न भनेर रत्नपार्क वरिपरि आउने सर्वसाधरण यस क्षेत्रको ‘बदनाम चरित्र’का कारण अति पीडित बनेका छन् । ‘यहाँ छोरीचेलीलाई एक्लै हिँड्न र उभिन निकै गाह्रो छ, उभियो कि यौनकर्मी ठानिहाल्छन्, ‘जाने हो ?’ भनेर सोधिहाल्छन्,’ रत्नपार्क क्षेत्रमा व्यापार गर्दै आएकी एक महिलले गुनासो पोखिन् ।

को यौनकर्मी, को सर्वसाधारण, छुट्याउने कसरी? यसमा प्रहरीका अनुसार, ‘यौनकर्मीलाई छुट्याउने आधार भनेको उनीहरु ओभर मेकअप गर्ने, अप्राकृतिक देखिने, केटाहरुलाई बोलाउने, जिस्काउने, केटालाई आकर्षित गर्न खोज्ने, केटाको ध्यान केन्द्रित गर्न खोज्ने व्यवहार देखाउँछन् र उनीहरुको ड्रेसअप पनि हिपहप र केटा आकर्षित गर्ने खालका हुन्छन् ।’

त्यसो त रत्नपार्क क्षेत्रमा भेटिने तेश्रोलिङ्गी यौनकर्मीलाई कतिपयले साँच्चिकै युवती ठानेर जाने गर्छन् । तेश्रोलिङ्गी यौनकर्मी बढी ओपन तथा खुल्ने स्वभावका हुन्छन्, देख्दा केटीको स्वरुप भए पनि स्वर केटाजस्तो हुन्छ, छेउमा गाडी, बाइक आउनसाथ ‘जाने हो ?’ भनेर सोध्न पुगिहाल्छन् ।

काठमाडौंका ५ सय यौनकर्मी महिलामा गरिएको उक्त सर्वेक्षणअनुसार ६६ प्रतिशतभन्दा बढी यौनकर्मी विवाहित    छन् । सर्वेक्षणमा उनीहरूमध्ये कतिपयले श्रीमान् पनि आफूसँगै रहेको र कतिपयले वैदेशिक रोजगारीमा रहेको जवाफ दिएका थिए । सर्वेक्षणमा संलग्न करिब १७ प्रतिशतले आफू अविवाहित रहेको जवाफ दिएका थिए भने १४ प्रतिशतले पारपाचुके गरी बसेको बताएका थिए ।

५ सयमध्ये ३ दशमलव ४ प्रतिशतले आफू विधवा भएको बताएका थिए । सर्वेक्षणमा संलग्नमध्ये ६६ प्रतिशत महिला विवाहित देखिए पनि सबै विवाहित खुलेर अगाडि नआउने हुँदा यो संख्या अझ बढी हुन सक्ने अनुमान सर्वेक्षकहरूको छ ।

होटल तथा रेस्टुराँमा हुने यौन व्यवसायमा प्रहरीले बढी निगरानी गर्न थालेपछि अहिले यौनकर्मीहरू व्यवस्थित रूपले कोठा वा फ्ल्याट भाडामा लिएर व्यवसाय गर्न थालेका छन् ।

राम्रो कमाइ हुने अधिकांशले एक्लै वा सामूहिक रूपमा फ्ल्याट नै लिएर व्यवसाय गरिरहेको एक यौनकर्मी बताउँछिन् । सुरु–सुरुमा तारे होटलमा कलगर्लका रूपमा सेवा उपलब्ध गराउने ती यौनकर्मी अहिले तीन जना साथीसँग मिलेर एउटा फ्ल्याटलाई यौन ब्यवसायको थलो बनाएको कुरा बताउँछिन् । ती यौनकर्मीको भनाइलाई स्वास्थ्य मन्त्रालयको सर्वेक्षणले समेत पुष्टि गरेको छ ।

सर्वेक्षणका क्रममा ५ सय जनामध्ये ४ सय १० जनाले व्यवस्थित रूपमा कोठा वा फ्ल्याट लिएर आफैं व्यवसाय चलाइरहेको बताएका थिए ।

१० जनाले भने आफ्नै घरमा तथा ८० जनाले सडकमा ग्राहक खोजेर होटल वा रेस्टुराँ पुग्ने गरेको बताए । यसरी फ्ल्याट लिएर व्यवसाय गर्ने यौनकर्मीलाई नै प्रयोग गरेर कम्पनी नै दर्ता गरी यौन ब्यवसाय सञ्चालन गर्नेहरूको सञ्जाल ठूलो रहेको प्रहरी बताउछ । स्वेच्छाले यो व्यवसायमा लागेका भन्दा पनि उनीहरूलाई बाध्यतामा पारेर नाफा कमाउनेहरूको हैकम बढ्दै गएको छ, हामी स्वेच्छाले यस्तो काममा लाग्नेहरूलाई भन्दा पनि जबर्जस्ती लगाउनेहरूलाई कारबाही गर्न अघि बढेका छौं ।

वरिपरि प्रहरीको गस्ती भए पनि रत्नपार्क क्षेत्रमा यौनकर्मीको उपस्थिति रोकिन सकेको छैन । ‘यहीँ अगाडि पुलिस चौकी छ तर वास्ता गरेको देखिँदैन । यस्ता विकृतिले समाज देश सवैलाई नराम्रो छाप पर्नजान्छ त्यसै यस्ता विकृतिलाई उन्मूलन गर्न आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com