ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन् २०३० सम्म लैङ्गिक विभेद अन्त्य गर्ने लक्ष्य


admin
जेष्ठ ९, २०७५ बुधबार  ७ : ०४ बजे

काठमाडौँ, ९ जेठ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सन् २०३० सम्म सबै किसिमका लैङ्गिक विभेद अन्त्य गर्ने लक्ष्य राखेको छ ।

वर्तमान सरकार गठन भएयता भएका कार्यप्रगति तथा भावी कार्ययोजना सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा हिंसा पीडित महिलाको दीर्घकालीन पुनःस्थापनाका लागि काठमाडौँमा मंगला–सहाना पुनःस्थापना केन्द्र सञ्चालन गरिएको जानकारी दिइयो ।

कार्यक्रममा मन्त्रालयले भविष्यमा अवलम्बन गर्ने ३५ बुँदे कार्ययोजना पनि बाहिर ल्याएको छ । राष्ट्रिय लैंगिक समानता नीति २०७५ को मस्यौदा अन्तिम चरणमा पुगेको, बालबालिकाको सुरक्षा, विकास तथा सहभागिता अभिवृद्धि गर्न बालबालिकासम्बन्धी ऐन, २०४८ प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा गरी सम्बन्धित मन्त्रालयमा पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले आफूले पदभार ग्रहण गरेपछि हालसम्म अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी १० वर्षे राष्ट्रिय नीति तथा कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार गरेको, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावलीको मस्यौदामा विभिन्न निकायसँग राय तथा प्रतिक्रिया लिने काम सम्पन्न गरेको तथा विभिन्न १४ जिल्लाका एक हजार एकसयलाई स्वरोजगार तालीम दिएको जानकारी दिनुभयो ।

लैङ्गिक हिंसा निवारण कोषबाट हिंसाबाट पीडित ३७ महिलालाई रु ३५ लाख ५० हजार क्षतिपूर्ति दिएको पनि उहाँले बताउनुभयो ।

कैलालीको घोडाघोडीका २० वर्षीया पार्वती चौधरीमाथि बोक्सीको आरोपमा कुटपिटबाट घाइते भएको घटनामा मन्त्रालयको टोलीले स्थलगत अध्ययन गरी पीडितलाई जिल्ला राहत कोषबाट रु २० हजार उपलब्ध गराएको थियो ।

मानव बेचबिखन तथा ओसारपसारबाट पीडित ७८५ व्यक्तिलाई १० वटा पुनःस्थापना केन्द्रमा सेवा प्रदान गरिएको छ । एकल महिलाको क्षमता वृद्धिका लागि सुरक्षा कोषबाट नुवाकोटमा रु दुई लाख १८ हजार तथा बाजुरामा रु दुई लाख ३० हजार बजेट मन्त्रालयले पठाएको छ ।

उनानतीस बुँदे प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री थापाले सानोथिमि, कास्की तथा मोरङमा सञ्चालित बाल सुधारगृहमा २८८ जना बालबालिका रहेको, कोलम्बो प्लानअन्तर्गत २७ देशका लैङ्गिक सम्पर्क व्यक्तिको क्षेत्रीय सम्मेलन सम्पन्न गरेको, सार्क घोषणापत्रलाई सम्बोधन गर्दै सामाजिक संरक्षण कार्ययोजना मस्यौदा तयार भइसकेको बताउनुभयो ।

त्यस्तै, देशका कूल ६५ वृद्धाश्रममा एक हजार ३५७ जेष्ठ नागरिकलाई संरक्षण गरिएको तथा समाज कल्याण परिषद्बाट सिफारिश भई आएकामध्ये अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको २२ वटा सम्झौताका लागि मन्त्रालयले सहमति प्रदान गरेको पनि उहाँले बताउनुभयो ।

उहाँका अनुसार अपाङ्गता भएका तथा जेष्ठ नागरिकको गुनासो सुन्न हेल्प डेस्क र सातवटा प्रदेशमा सुविधा सम्पन्न जेष्ठ नागरिक आश्रम स्थापना गने उल्लेख गर्नुभयो ।

मन्त्रालयअन्तर्गतको महिला सशक्तीकरण महाशाखा प्रमुख राधिका अर्यालले काठमाडौँको सडकबाट ९०० बालबालिकालाई उद्धार गरिएको, ४०० बालबालिकाको पुनःस्थापना गरिएको र ३० जनालाई रोजगारी दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

रविलाई गगनको जवाफ – एउटा साथी मञ्चमा प्वाक्क बोलिदिन्छ, यत्रो वर्ष के गरिस् भन्छ

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com