ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुलको ठेक्का लागेको झण्डै वर्ष दिनपछि सम्झौता


admin

खोटाङ, ९ जेठ । दिक्तेल–खोटाङबजार सडकखण्ड अन्तर्गतको तावाखोलाको सडक पुल निर्माणका लागि ठेक्का लागेको झन्डै वर्ष दिनपछि मात्र सम्झौता भएको छ ।

करिब रु चार करोडको लागतमा वर्ष दिनभित्र सम्पन्न गर्ने गरी नेशनल–सिद्धिसायी–महावीर निर्माण कम्पनी र जिल्ला प्राविधिक कार्यालय खोटाङबीच वर्षदिनपछि पुल निर्माणको सम्झौता भएको हो ।

अघिल्लो वर्षको जेठ अन्तिम साता बोलपत्र आह्वान गरी असारको तेस्रो साता सम्बन्धित निर्माण कम्पनीलाई आशयपत्र दिए पनि विभिन्न बहानामा सम्झौता हुन सकेको थिएन । कतिपयले भने ठेकेदार र कर्मचारीबीच कमिसनको मोलमोलाई नमिलेपछि सम्झौता हुन नसकेको आरोप लगाउँदै आएका थिए ।

ठेक्का लागेपनि सडक पुल नबन्दा दिप्रुङ चुइचुम्मा सडकसमेत अवरुद्ध छ । यसले यात्रुलाई मात्र नभई विकास निर्माणका काममा समेत बाधा पुगेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।

तावाखोलामा पुल नबन्दा वैशाख पहिलो साता आएको बाढीले बा २ ख ४८९६ नं को बस बगाएको थियो । त्यसो त यो सडकखण्डमै पर्ने साप्सुखोलाको पुल निर्माणसमेत दुई वर्षदेखि अलपत्र परेको छ । यसले नियमित यातायात संचालनमा समस्या भएको छ । पुल निर्माण कम्पनीको बेवास्ताले स्थानीयले सास्ती खेप्नुपरेको छ । यसबारेमा पटकपटक पहल गर्दासमेत निर्माणमा संलग्नले बेवास्ता गरेको जनप्रतिनिधिको भनाइ छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमको बीचमा पर्ने साप्सुखोलामा दुई वर्षअघि निर्माण थालिएको सडक पुल अलपत्र परेपछि निर्माण कम्पनी सम्बद्धमाथि कारबाहीको मागसमेत भएको छ । यद्यपि अहिलेसम्म त्यसको सुनुवाइ हुन सकेको छैन ।

दुई वर्षदेखि पुल अलपत्र परेपनि सम्बन्धित निकाय चुप लागेर बसेको नेकपा (माले)का केन्द्रीय सदस्य कुलप्रसाद फुयाँलले बताउनुभयो । जिल्ला प्राविधिक कार्यालयमार्फत सरकारको डेढ करोड लागतमा १८ महिनामा सक्ने गरी २०७३ वैशाखमा सम्झौता गरिएको यो पुल अहिलेसम्म पनि बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com