ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पबाट क्षतिग्रस्त चैत्यको पुनः निर्माण सम्पन्न


एबीसी न्यूज
जेष्ठ ५, २०७५ शनिबार  ३ : ५० बजे

 

काठमाडौँ, ५ जेठ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले ‘बहु मंगलद्वार चैत्य’ पुनःनिर्माण सम्पन्न गरेको छ ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिम बढेपछि पुनःनिर्माण गरिएको हो ।
पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्वार कार्य चालु आवमा शुरु गरी हालै सम्पन्न गरिएको हो । त्यस चैत्यलाई नयाँ प्रविधिको प्रयोग गरी पुनःनिर्माण पूरा गरिएको र अब रंगरोगन गर्न बाँकी रहेको महासमितिले जनाएको छ ।

प्राचीन चैत्य मानिने उक्त सम्पदा करिब रु ४० लाखको लागतमा महासमितिले निर्माण गरेको भए पनि विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका केही सम्पदा समयमै जीर्णाेद्वार हुन सकेका छैनन् । महासमितिले विभिन्न माध्यमबाट संकलन गरेका आर्थिक स्रोत खर्च गरेर पुनःनिर्माण कार्य सम्पन्न गरेको हो ।

पुरातत्व विभाग र महासमितिको समन्वयमा अन्य सम्पदास्थलको मर्मत तथा पुनःनिर्माणका लागि अध्ययन भइरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो ।

यसअघि स्वयम्भू महाचैत्यदेखि करीब एक किलोमिटरको दुरीमा रहेको विश्वबन्धु चैत्य (शान्ति चैत्य) पनि महासमितिले बनाएको थियो । स्वयम्भूको प्राचीन सम्पदा शान्तिपुरको मर्मत तथा जीर्णोद्वारको ९० प्रतिशत कार्य महासमितिले नै गरेको छ ।

महाचैत्य आसपास क्षेत्रमा भत्किएका सम्पदा तथा पूजारीका केही घर निर्माण भएका छन् भने केही निर्माण हुने क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सगरमाथाको चुचुरोमा कूटनीतिक ‘पावर-प्ले’: उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै

प्रतिनिधिसभा बैठक बस्दै, मतदाता नामावली विधेयक पारित गर्ने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सगरमाथाको चुचुरोमा कूटनीतिक ‘पावर-प्ले’: उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई सहर छोड्न आग्रह

प्रधानमन्त्री शाहले युरोपेली संघका राजदूतहरूसँग आज छलफल गर्दै

प्रतिनिधिसभा बैठक बस्दै, मतदाता नामावली विधेयक पारित गर्ने तयारी

शान्ति वार्ताको ओझेलमा सैन्य कारबाही: इरानमाथि अमेरिकाको नयाँ आक्रमण

आजको मौसम पूर्वानुमानः पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com