ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् सेवा विस्तारले जीउ धन बचाउन सजिलो


एबीसी न्यूज

 

 

कञ्चनपुर, ५ जेठ।  वर्षौदेखि टुकीको सहारामा उज्यालो गर्दै आएका कञ्चनपुरको लालझाडी गाउँपालिका– ६ चानदेउका तीन दर्जन बढी परिवारले विद्युत् सेवा पाएका छन् ।

जनप्रतिनिधि आएपछि गाउँमा पहिलो पटक विद्युत् सेवा विस्तार भएको हो । विद्युत् सेवा विस्तारका लागि गाउँपालिकाले विद्युत् पोल खरिद, तार जडान र ट्रान्सफर्मर राख्नका लागि  दुई लाख ९० हजार बजेट प्रदान गरेपछि गाउँमा विद्युत् पुगेको छ ।

गाउँपालिकाले प्रदान गरेको रकमले नपुगेपछि स्थानीय बासिन्दाले घर÷घरबाट चन्दा संकलन गरी रु ७० हजार जम्मा गरी विद्युत् विस्तारमा खर्चेका छन् । वर्षौदेखि विद्युत् सेवा विस्तारका लागि गाउँपालिकादेखि जिल्ला सदरमुकामसम्म पुग्यौं तर कसैले पनि कुरा सुनेनन् स्थानीय हर्कनारायण जोशीले भन्नुभयो, “स्थानीय तहको चुनावमार्फत चुनिएर आएका जनप्रतिनिधिले विद्युत् सेवा विस्तारलाई पहिलो प्राथमिकतमा राखी बजेट उपलब्ध गराएपछि विद्युत्को सेवा पाएका छौं ।”

टुकी बाल्ने ठाउँमा विद्युत्का बल्व बाल्न पाउँदा विगतको जस्तो मट्टितेल खरिद गरिनुपर्ने अवस्था हटेको छ स्थानीय अर्जुन बोहराले भन्नुभयो, “रातिका बेला बालबालिकाले टुकिको सहारामा पढन बस्दा खोकी लाग्ने र स्वाशप्रश्वासको समस्या थियो । अब त्यो समस्या हटेर गएको छ ।”

विद्युतबाट घर उज्यालो भएकै छ उहाँले भन्नुभयो, “खेतमा सिँचाइका लागि मोटर जडान गरेका छौँं । जंगलबाट आउने जंगली हात्तीको झुण्ड भगाउनसमेत विद्युत् आएपछि निकै सहज भएको छ ।”

उज्यालो देखेपछि हात्ती बस्तीमा नछिर्ने र टाढैबाट हात्ती आउन थालेको देखिने भएकाले जीउ धन बचाउन सजिलो भएको मानबहादुर चौधरीले बताउनुभयो । अझै दश परिवारसम्म विद्युत्को सेवा नपुगेकाले त्यसका लागि पहल गरिनुपर्ने स्थानीयवासी बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com