भक्तपुर, १ जेठ । प्रदेश नं ३ का प्रदेश सदस्य एवं चाँगुनारायण नगरपालिका– ६ नगरकोट, तेलकोट निवासी हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउँदै जिल्लाका स्थानीय तह अन्तर्गतका कार्यालय बन्द गरिएको छ ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुखसहितको सोमबार बसेको बैठकको निर्णयानुसार स्थानीय तह बन्द भएको हो । जिसस र भक्तपुरका नगरपालिकाबाट आधा झण्डा झुकाइएको एवं जिसस तथा नगरपालिका र वडा कार्यालय बन्द गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।



















प्रतिक्रिया दिनुहोस्