ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयको लागि वृद्ध दम्पत्तीबाट एक रोपनी जग्गा प्रदान


admin
बैशाख २८, २०७५ शुक्रबार  १२ : १९ बजे

नुवाकोट, २८ वैशाख।  पञ्चकन्या गाँउपालिका–३ घलेगाँउमा रहेको पञ्चकन्या माध्यामिक विद्यालयमा उच्च शिक्षा अध्ययनको लागि भौतिक संरचना निर्माण गर्न वृद्ध दम्पत्तीले एक रोपनी जग्गा उपलब्ध गराउनुभएको छ ।

घलेगाँउमा जन्मेर हाल काठमाडौँ बस्दै आउनुभएका ७५ वर्षीय मानबहादुर कार्की (भरत) र उहाँको श्रीमती सीता कार्कीले विद्यालयसँगै जोडिएको भीमबहादुर पराजुलीको एक रोपनी जग्गा रु पाँच लाखमा खरिद गरी विद्यालयलाई प्रदान गर्नुभयो ।

आफू जन्मेको स्थानका बालबालिका उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नदिन तथा शिक्षा मार्फत सामाजिक सुधार गर्ने उद्देश्यले विद्यालयलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराएको भरतले बताउनुभयो ।

सांसद तामाङबाट पाँच लाखको अक्षयकोष स्थापना 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले दाताको सहयोगबाट प्रभावित हुँदै आफ्नो बुबाआमा माइते तामाङ र श्रीमाया तामाङ ंएवं शहीदहरुको सम्झनामा अक्षय कोष स्थापना गर्न रु पाँच लाख उपलब्ध गराउने घोषणा गर्नुभयो ।

कोषमा उपलब्ध रकमको ब्याजले गरिब, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराएर शिक्षाको अवसरबाट कोही पनि वञ्चित हुने अवस्था आउन नदिन र विद्यार्थीलाई प्रोत्साहन जगाउन सहयोग पुग्ने विश्वास लिएको सांसद तामाङले बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका उहाँले सोही विद्यालयको कक्षा २ का छात्रा जुना विश्वकर्मा र कक्षा ३ का सम्झना तामाङको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई विद्यालयमा अध्ययनरत रहुञ्जेल आवश्यक सबै खर्चको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पञ्चकन्या गाउँपालिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका समेत अध्यक्ष रहनुभएका तेजबहादुर तामाङ (रमेश)ले आफूले जिम्मेवारी बहन गरेपछि सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षकलाई विद्युतीय हाजिरीकापी, अंग्रेजी माध्यमबाट अध्यापन, नियमित विद्यालय आउने तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाएर गुणस्तरीय शिक्षा प्रवाह गर्न सक्रिय रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ः पूर्व गर्भनर, डा. नेपाल भिडियो

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नीति तथा कार्यक्रम कस्तो आउनुपर्छ ः पूर्व गर्भनर, डा. नेपाल भिडियो

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

विद्युत व्यापार र प्रशारण लाइनमा निजी क्षेत्रलाई ढोका खोल्न इप्पानको माग

ऊर्जा विकास विना समृद्धिको कल्पना गर्न सकिँदैन, १० वर्षका लागि विशेष कानून चाहियोः इप्पान अध्यक्ष कार्की

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

रविलाई पदबाट हटाउन र बालेनमाथि अनुसन्धान थाल्न जेनजीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com