ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुक्तिनाथमा उच्च सुरक्षा सतर्कता,


admin

मुस्ताङ, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणलाई दृष्टिगत गरी यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दिर दर्शनका लागि शनिबार बिहान मुस्ताङ आउने कार्यक्रम छ । भ्रमणलाई व्यवस्थित बनाउन स्थानीय प्रशासनले विशेष सुरक्षा योजना बनाएको छ । भारतीय सुरक्षाकर्मीको टोलीले पनि मुक्तिनाथ क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

जिल्लाको सुरक्षा प्रबन्ध मजबुत बनाइएको छ, प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलले भन्नुभयो, “जिल्ला प्रवेश गर्ने र बाहिरने सबै नाकामा सुरक्षा चेकजाँचमा कडाइ गरिएको छ ।”

जिल्ला सुरक्षा समितिको बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सुरक्षाका लागि मुक्तिनाथ मन्दिर परिसरमा २० घण्टा आवातजावतमा रोक लगाउने निर्णय गरेको छ । शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार मध्याह्न १२ बजेसम्म मुक्तिनाथ मन्दिर परिसरमा आवातजावत बन्द गरिएको हो ।

“मन्दिरदेखि ८०० मिटर आसपासको क्षेत्रमा मात्र आवातजावत रोक लगाइएको छ,” प्रजिअ पौडेलले भन्नुभयो । मनाङ हुँदै थोरङ्लापास भएर मुस्ताङ छिर्ने र मुक्तिनाथ हुँदै मनाङ निस्कने पर्यटकलाई वैकल्पिक पदमार्गको व्यवस्था मिलाइएको छ । मुस्ताङका अन्य गन्त्व्यमा हुने पर्यटकीय गतिविधिलाई भ्रमणले कुनै असर नगर्ने प्रजिअ पौडेलले बताउनुभयो ।

विशिष्ठ विदेशी पाहुनाको भ्रमणलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकायका उच्च अधिकारी पनि मुक्तिनाथ आइपुगेका छन् ।

नेपाल प्रहरीको प्रदेश कार्यालय पोखराबाट प्रहरी उपरीक्षक वीरेन्द्र बस्याल, प्रहरी नायब निरीक्षक श्यामकुमार महतोलगायत सुरक्षा अधिकारी मुस्ताङमा खटिएका छन् । गत आइतबार रक्षामन्त्री ईश्वर पोखरेलले पनि मुस्ताङको भ्रमण गरी सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको थियो ।

मुक्तिनाथ मन्दिर परिसरमा तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ पौडेलले बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना मोदीको सुरक्षार्थ खटिने उहाँको भनाइ छ । नेपाली सेना र भारतीय सुरक्षाकर्मीको समन्वयमा विशेष सुरक्षा ९क्लोज प्रोटेक्सन० को व्यवस्था मिलाइएको छ ।

मुस्ताङ छिर्ने कोरला, थोरङ्लापास र घासा नाकासहित जिल्लाका १५ वटै सुरक्षा जाँच केन्द्रमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताउनुभयो । सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन सबै उपाय अवलम्बन गरिएको उहाँको भनाइ छ । भारतीय सुरक्षाकर्मी र सरकारी अधिकारीको टोलीले पनि मुक्तिनाथ क्षेत्रको निगरानी बढाएका छन् । बिहीबार प्राविधिक टोलीसहित बन्दोबस्तीका सामान बोकेको हेलिकप्टर तीनपटक जोमसोम विमानस्थलमा अवतरण गरेको छ ।

भारतीय प्रम मोदी आउने हेलिकप्टर अवतरणका लागि मुक्तिनाथ मन्दिर परिसरमा पाँच वटा हेलिप्याड बनाइएको छ । हेलिप्याडबाट मन्दिर पुग्न गाउँपालिका कार्यालयले ६ सय मिटर लामो रातो कार्पेट विछाउने तयारी गरेको छ । हेलिप्याडदेखि मन्दिरको मूल ढोकासम्म ६ वटा स्वागतद्वार बनाउँदै छ । मन्दिरकै आडैमा विश्रामस्थलका रुपमा विशिष्ठ अतिथि कक्षसमेत तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले बताउनुभयो ।

नेपालस्थित भारतीय दूतावास र सञ्चार माध्यमका प्रतिनिधि पनि मुस्ताङ आउने क्रम बढेको छ । शनिबार बिहान ७ बजे भारतीय प्रम मोदी सवार हेलिकप्टर मुक्तिनाथ अवतरण गर्ने जनाइएको छ । मन्दिरमा विशेष पूजाआजापश्चात भारतीय प्रम मोदी मुक्तिनाथबाट सिधै काठमाडौँ फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com