ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपा(प्र)ले प्रजातान्त्रिक पक्षधरको गठबन्धन बनाउने


admin
बैशाख २७, २०७५ बिहीबार  ६ : २३ बजे

काठमाडौँ, २७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रजातान्त्रिक मूल्यमान्यतालाई अवलम्बन गर्ने समान विचारधारा राख्ने अन्य पार्टी र पक्षसँग एकताको प्रयास भइरहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको निर्णय आदज सार्वजनिक गर्दै अध्यक्ष राणाले दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि प्रजातान्त्रिक गठबन्धन निर्माण गर्न पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

यातायात क्षेत्रमा विद्यमान एकाधिकार अन्त्यका लागि सरकारले हालै गरेको निर्णय र कार्यान्वयनका लागि भएको प्रयासको सराहना गर्दै उहाँले संगठित क्षेत्रमा पूर्ण प्रतिस्पर्धात्मक बजार तथा असंगठित र पिछडिएका क्षेत्रमा राज्यले संरक्षण दिने लोककल्याणकारी राज्यका अवधारणालाई पार्टीले अंगीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यही वैशाख २५ गतेदेखि शुरु भई आज सम्पन्न बैठकले राष्ट्रियता, धर्म, संस्कृति, परम्परागत संस्थाको संरक्षण गर्दै समावेशी समानुपातिक विकासका लागि निरन्तरतासहितको रुपान्तरण अर्थात् संवद्र्धनवाद र आर्थिक समुन्नति कायम गर्न उदारवादलाई अवलम्बन गर्ने निर्णय गरेको छ ।

संगठनको सुदृढीकरणका लागि मुलुकको संघीय संरचनानुरुप पार्टीको संगठनलाई समायोजन गर्दै वडासम्म संगठन सशक्त पार्ने निर्णय बैठकले गरेको छ । अध्यक्ष राणाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीत्रय राजाराम श्रेष्ठले प्रस्तुत गरेको सचिवालयसम्बन्धी, सुनीलबहादुर थापाको निर्वाचन समीक्षा र धु्रवबहादुर प्रधानको संगठन प्रतिवेदन तथा कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक प्रतिवेदन बैठकले परिमार्जनसहित पारित गरेको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com