ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालबाट कर्नाटकको चुनावी प्रसार गर्नेछन् प्रधानमन्त्री मोदीले !


admin
बैशाख २६, २०७५ बुधबार  ७ : ४८ बजे

काठमाडौं, २६ वैशाख । १२ मे मा कर्नाटकमा विधानसभा निर्वाचन हुँदैछ। ठीक त्यतिखेर कर्नाटकका मदाताबीच प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका हिन्दु मन्दिरहरुको दर्शन गरिरहेको खबर सञ्चार माध्यमबाट प्रमुखताका साथ प्रसारित हुनेछ।

प्रधानमन्त्रीको ११ मे देखिको नेपाल यात्राका बारेमा नेपालका गृहमन्त्री रामबहादुर थापाले स्पष्ट रुपमा भनेका छन् कि मोदीको यो भ्रमण धार्मिक र सांस्कृतिक यात्रा हो।

भारतको चुनाव आयोगले देशको कुनै पनि क्षेत्रमा मतदान हुने दिनको दुई दिन पहिलेदेखि नै चुनाव प्रचार बन्द गर्ने नियम बनाएको छ। यद्यपि, भारतीय जनता पार्टीले चुनाव आयोगको यो प्रावधानलाई निष्प्रभावी बनाउनका लागि आफ्नो अलग्गै चुनावी प्रचारको मोडल बनाएको छ। यो मोडल सन् २०१४ को चुनावका बेला समेत देखिएको थियो।

मतदान अगाडि प्रधानमन्त्रीको भाषण

७ अप्रिल २०१४ को असम र त्रिपुराको लोकसभाका ६ वटा सिटमा मतदान चलिरहेको थियो। त्यति नै बेला भारतीय जनता पार्टी ९भाजपा०को चुनावी घोषणापत्र जारी गर्ने कार्यक्रमको सिधा प्रसारण टेलिभिजनका समाचारहरुमा भइरहेको थियो।

टिभी च्यानलमा प्रत्यक्ष प्रसारणका साथमा घोषणापत्रका मुख्य बुँदा र प्रतिवद्धताहरुलाई ब्रेकिङ न्यूजको रुपमा देखाइँदै थियो।

मुरली मनोहर जोशीले घोषणापत्रलाई विस्तृतमा राख्ने क्रममा उत्तर पूर्वी राज्यका बारेमा आफ्ना प्रतिवद्धताहरु समेत बताएका थिए।

‘मोदीमय र कमलमय’

जनसत्ताका पत्रकार प्रियरञ्जन लेख्छन्, ‘विज्ञापनको आडमा आचारसंहिताको तीब्ररुपमा उल्लंघन्। कैयौं बुथमा मतदाताहरुलाई सहयोग गर्न भन्दै राखिएका टेबल र कुर्सीमा कार्यकर्ताहरुले पत्रिका पढ्ने होड नै देखियो। हद त त्यतिबेला देखियो जब पत्रिकाको पहिलो पाना खोलेको देखिन्थ्यो। जब कि चुनाव आयोगको चुनाव चिन्ह प्रदर्शन गर्न रोक लगाएको नियममा अखबारहरुले धज्जी उडाएका थिए।’

‘किनकि बुधबार दिल्लीबाट निक्लिने अधिकांश पत्रिकाका पहिलो पाना ‘मोदीमय र कमलमय’ ९मोदीमयको अर्थ मोदीको तस्विर र कमलमयको अर्थ भाजपाको चुनाव चिन्ह’ थियो। टोपी–ब्यानर–पर्चामा चुनाव चिन्ह रोक्न सकिन्थ्यो तर अखबार पढ्न कसरी रोक लगाउनेरु त्यसैले पनि ‘कमल’ खुब देखियो। सुकुम्बासी बस्तीहरुमा समेत कैयौं कार्यकर्ताहरु अंग्रेजी अखबारहरु घण्टौं पढिरहेका देखिए। सर्वविदितै छ कि १० अप्रिलमा देशको कुल ९२ वटा संसदीय क्षेत्रमा मतदान भयो।’

चुनाव आयोगले लगाउनुपर्‍यो रोक

मतदानको समय पत्रिकाहरुमा भारतीय जनता पार्टीको सुनौला विज्ञापनले पुरै पाना भरिन थालेपछि चुनाव आयोगमा पटक पटक उजुरी पर्‍यो। त्यसपछि आयोगले ४ मे २०१८ मा यस्तो विज्ञापनमाथि समेत रोक लगाउन निर्देशन जारी गरेको छ।

चुनाव आयोगले राजनीतिक पार्टीका अध्यक्षहरुलाई मतदानको पूर्वसन्ध्यामा चुनाव प्रचारको हेतुले विज्ञापन प्रकाशित गर्न नसक्ने निर्देशन दिएको छ।

भाजपाले निकाल्यो उपाय

कर्नाटकको विधानसभा चुनावलाई मध्येनजर गर्दै ११ र १२ मे मा समाचारपत्रमा चुनाव प्रचारको उद्देश्यले विज्ञापन प्रकाशन गर्न चुनाव आयोगले रोक त लगायो तर चुनाव प्रचारको दुषित पार्ने हरेक मनसायलाई रोक्ने प्रभाधान भने चुनाव आयोगसँग छैन।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा हिन्दु मन्दिरहरुको दर्शन गरेको समाचार मिडियाले आफ्ना लागि समाचार मान्छन्। तर यसको पछाडि रहेको मतदानको समय चुनाव प्रचारको मनासयलाई रोक्ने चुनाव आयोगसँग कुनै प्रावधान भने छैन।

नरेन्द्र मोदी हिन्दुको पौराणिक ग्रन्थ रामायणका मर्यादा पुरुषोत्तम रामकी पत्नी सीताको जन्मस्थान जनकपुर जाने कार्यक्रम छ। नेपालका गृहमन्त्रीका अनुसार जनकपुरदेखि मोदी अन्य धार्मिकस्थल मुक्तिनाथ र पशुपतिनाथ पनि जानेछन्।

फरक किसिमको प्रचार फरक रणनीति

जानकारी दिउँ कि कर्नाटकमा भारतीय जनता पार्टीमाथि हिन्दुत्वलाई लिएर आक्रमक प्रचार गरेको आरोप लागेको छ। उत्तर प्रदेशको विधानसभाको पछिल्लो चुनावमा ८ मार्च २०१७ को अन्तिम चरणको मतदानको समय प्रधानमन्त्री गुजराताको सोमनाथ मन्दिरको दर्शन गर्न पुगेका थिए।

प्रधानमन्त्रीको देशका कुनै पनि क्षेत्रको मतदानको निकट समय मन्दिरहरुको यात्रामा निस्किन सक्ने रोचक अध्ययन गर्न सकिन्छ। भारतीय जनता पार्टी मतदानको समय मतदाता प्रभावित गर्न प्रचारात्मक रणनीतिको अध्ययन गर्न लाग्छ कि पार्टीले कैयौँ स्तरमा प्रचरणको रणनीति पनि बनाउँछ।

१७ अप्रिल २०१४ को लोकसभा निर्वाचनको छैटौं चरणको मतदानमा सबैभन्दा बढी १२२ संसदीय क्षेत्रमा निर्वाचन हुँदै थियो। त्यसको दुई दिन अगाडि एक प्रतिष्ठित च्यानलमा ओपनियन पोलको नतिजा सार्वजनिक भयो।

दास्रो दिन कैयौँ अग्रणी समाचारपत्रको हेडलाइन छापियो। पहिलोपटक कुनै ओपनियन पोलले भाजपा नेतृत्वको एनडीए गठबन्धनले लोकसभा निर्वाचनमा बहुमत हासिल गर्ने अनुमान सार्वजनिक गरेको थियो।

जब प्रधानमन्त्रीले दर्ता गराए उम्मेदवारी

सर्वेको नतिजा अनुसार ५४३ सिटमा एनडीएको २७५ सिट प्राप्त हुने छ। भाजपा एक्लैले २२६ सिट प्राप्त गर्ने छ। एक अर्को प्रचारात्मक रणनीति त्यतिबेला देखिन्छ जब २४ अप्रिलमा ११७ संसदीय क्षेत्रमा मदतान हुँदै थियो। त्यही दिन नरेन्द्र मोदीले वनारस क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गर्ने योजना बनाए।

भाजपाका प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीको उम्मेदवारी दर्ता समारोहलाई दिनभर टिभी च्यानलहरुले प्रसारण गरेका थिए। दुनियाभरमा सायदै कुनै एक उम्मेदवारको उम्मेदवारी दर्ता गर्ने कार्यक्रमको प्रसारणलाई यति धेरै समय दिइएको थियो।

यस्तो लाग्छ कि मतदानको समय मन्दिरमा जाने कार्यक्रम चुनाव क्षेत्रको आवश्यकताले मध्यनजर गर्दै तय हुन्छ। कर्नाटकमा चुनाव प्रचारको केन्द्र साम्प्रदायिकता हो।

बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com