ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकास र समृद्धि पहिलो प्राथमिकताः अध्यक्ष दाहाल


admin
बैशाख १७, २०७५ सोमबार  ७ : १२ बजे

काठमाडौँ, १७ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा राजनीतिक स्थिरता कायम भएको हुँदा अब विकास र समृद्धि नै पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकमा अब आर्थिक समृद्धि कायम गरी सामाजिक रुपान्तरणको अनुभूति नेपाली जनतालाई दिनुपर्छ भन्नुभयो ।

अध्यक्ष दाहालले जनताको लामो संघर्षपछि प्राप्त भएको अहिलेको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जनताका अधिकारलाई संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकमा रगतको अभाव हुन नदिन स्वयंसेवी रक्तदाताले सञ्चालन गरेका विभिन्न अभियानको सरहाना गर्दै उहाँले ग्रामीण भेगमा समेत उक्त समाजको सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले रगतको अभावमा मानिसले मृत्युवरण गर्नुपरेकामा चिन्ता व्यक्त गर्दै रगतको संकलन र वितरण प्रणालीलाई व्यवस्थित बनाइनुपर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्खा र डा युवराज शर्मालगायतले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने रक्त सञ्चार कार्य तथा त्यससम्बन्धी चेतनालाई देशका विभिन्न भागमा प्रवद्र्धन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले राज्यले गुणस्तरीय रगत परीक्षण र बिरामीलाई निःशुल्क रगतको सुविधाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

‘कम्तीमा एक परिवार एक स्वयंसेवी रक्तदाता अभियानमा सहभागी हौँ’ भन्ने मूल नाराका साथ शुरु भएको उक्त महाधिवेशनमा मुलुकका २३ जिल्लाबाट ११५ प्रतिनिधिको सहभागिता रहेको छ ।

नयाँ नेतृत्व चयन गर्ने समाजको महाधिवेशन मंगलबारसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

झापा-५ : ओलीको विरासत जोगाउने लडाइँ कि बालेनको उभार? ‘म्याच फिक्सिङ’ आरोपबीच पेचिलो बन्दै चुनाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com