ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्धले नफेरिएको जीवन व्यवसायले फे¥यो


एबीसी न्यूज

सुर्खेत, ३ वैशाख ।  स्वैच्छिक अवकाश रोजेका माओवादीका पूर्व लडाकु अहिले आर्थिक क्रान्तिमा जुटेका छन् । वैच्छिक अवकाश रोजेका कर्णाली प्रदेशका उनीहरुले विभिन्न व्यवसायमा लागेर आर्थिक समृद्धिको बाटो रोजेका हुन् ।
माओवादी सशस्त्र द्वन्द्वको उद्गम थलोका रुपमा रहेको कर्णाली प्रदेशबाट करीब तीन हजार २०० को हाराहारीमा क्यान्टोनमेन्ट छिरेकामध्ये अधिकांश लडाकुले स्वैच्छिक अवकाश रोजेका थिए ।

स्वैच्छिक अवकाश रोजेकामध्ये कुनै समय हतियार खेलाउने सुर्खेत वीरेन्द्रनगरका ओमप्रसाद पौडेल (रमेश) हातहरु अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–६ बुद्धपथमा मोटरसाइकलका सामग्री बेच्न व्यस्त हुनुहुन्छ ।

रमेशले स्वेच्छिक अवकाशवापत रु सात लाख पाउनुभएको थियो । रमेशमात्र होइन उहाँकी पत्नी आशा पौडेल (कल्पना) पनि पूर्व लडाकु नै हुनुहुन्छ । उहाँले पनि स्वैच्छिक अवकाश रोज्नुभएको थियो । श्रीमानले रु सात लाख र श्रीमतीले रु सात लाख गरेर उहाँहरुले रु १४ लाख स्वैच्छिक अवकाशवापत पाउनुभएको थियो ।

उहाँहरू दुबैले रु १३ लाखको लगानीमा २०६९ फागुनमा वीरेन्द्रनगरमा मोटरसाइकलको अटोपार्टस पसल स्थापना गर्नुभएकामा अहिले करिव रु ४० लाख बराबरको सामान छ । अटोपार्टस पसलबाट मासिक खर्च कटाएर रु एक लाख ३० हजारसम्म आम्दानी हुने रमेशको भनाइ छ ।

दिनरात नभनी खटिने रमेश र कल्पनाको पसलमा दुईजना मजदूर पनि छन् । विसं २०५५मा पार्टीमा छापामार दलको सदस्यबाट राजनीति शुरु गर्नुभएका रमेश बिग्रेडियर कमाण्डरसम्म हुनुभयो भने उहाँकी पत्नी पनि बिग्रेडियर सहकमाण्डरसम्म बन्नुभएको थियो । त्यसबखत रमेशले सुर्खेतको दशरथपुरमा छैटौँ डिभिजनअन्तर्गत जित स्मृति बिग्रेडको कमाण्डरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नुभएको थियो भने कल्पना पनि छैटौँ डिभिजनअन्तर्गत बिग्रेड सहकमाण्डरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नुभएको थियो ।

उहाँहरूको जोडीले दाङ घोराहीमा सेनाको क्याम्पबाट हतियार लुट्नेदेखि अछाम, साँफेबगर, अर्घाखाँची, जुम्ला, गण्डक क्षेत्रका विभिन्न कारवाही र कालीकोटको पिलीलगायतका ठाउँको आक्रमणमा नेतृत्वदायी भूमिका निर्वाह गरेकोे थियो । अहिले रमेश र कल्पना जोडी पार्टीको शुभचिन्तकका रुपमा रेहेकोे छ । उहाँहरु दुवैजनाको शरीरमा अहिले पनि बन्दुकका गोली छन् । जति क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने रमेश बताउनुहुन्छ । नेताहरुले आफ्नो स्वार्थका लागि सोझा, सिधा नागरिकलाई प्रयोग गर्ने गरेको छन् भन्दै उहाँले मानिसको सोच र व्यवहारमा परिवर्तन नआएसम्म जतिसुकै क्रान्तिका कुरा गरे पनि केही नहुनेमा जोड दिनुहुन्छ ।

त्यस्तै स्वैच्छिक अवकाश रोज्नेमध्येका सर्केगाड गाउँपालिका–५ (साविक गोठी–९) हुम्लाका टक्कबहादुर शाही (आजीवन) त्यसबखत युद्धका हतियार र बम बनाउन व्यस्त हुनुहुन्थ्यो । सेना समायोजन हुँदा स्वैच्छिक अवकाश रोज्नुभएका टक्कले रु पाँच लाख पाएर कर्णाली प्रदेशको राजधानीमा २०६९ फागुनमा एञ्जल मोबाइल पसल स्थापना गर्नुभएको थियो । उहाँको पसलमा अहिले रु १२ लाख बराबरको मोबाइल तथा अन्य इलेक्ट्रोनिक्स सामान छन् । मोबाइल पसलबाट मासिक खर्च कटाएर रु ५० हजारदेखि रु ८० हजारसम्म आम्दानी हुने टक्कबहादुर बताउनुहुन्छ ।

त्यस्तै तिला गापा–१ रारा जुम्लाका मंगल नेपाली (डेन्जर) छैटाँै डिभिजनको जित स्मृति बिग्रेडको स्वास्थ्य विभागमा रहेर थुप्रै घाइते लडाकुको उपचार गर्नुहुन्थ्यो । स्वेछिक अवकाशबाट पाएको रू पाँचलाखबाट वीरेन्द्रनगरको मंगलगडी चोकमा कोल्ड स्टोर सञ्चालन गर्नुभएका उहाँको पसलमा अहिले रु १७÷१८ लाखबराबरको सामान छ भने मासिक रु ५० हजारभन्दा बढीको आम्दानी हुँदै आएको छ ।
आफ्नो टाउको र खुट्टामा गोली लागेर अपाङ्ग जीवन बिताइरहनुभएका मंगल भन्नुहुन्छ, “विगतमा आफूले जनसेना भएर निर्वाह गरेको भूमिकाकै कारण देशमा राजनीतिक परिवर्तन भएको हो ।”

उतिबेला क्रान्तिमा होमिए पनि अब आर्थिक क्रान्ति गर्ने बेला आएको नेपालीको बुझाइ छ । जे गरे पनि आखिर चाहिने पैसै रहेछ । जुम्ला, अर्घाखाँची, अछाम, दाङ, सतवरिया, खारा, पिलीलगायतका ठूला आक्रमणमा स्वास्थ्यकर्मीको भूमिका निर्वाह गर्नुभएका उहाँ अहिले आर्थिक समृद्धिको बाटोमा लाग्नुभएको छ ।

स्वैच्छिक अवकाश रोजेका पूर्वलडाकुमध्ये केही विदेश गएका छन् भने बाँकीले विभिन्न ठाउँमा केही न केही व्यवसाय गरेर आर्थिक उपार्जनको काम गरिरहेका छन् । राज्यकोषबाट प्राप्त रकम कुनै पनि पेशा व्यवसायमा लगानी गर्नु राम्रो भएको माओवादी केन्द्रका युवानेता रामदीप आचार्य बताउनुहुन्छ ।

स्वैच्छिक अवकाश पाएका लडाकुलाई विभिन्न व्यवसाय गर्न सजिलो भए पनि अनमिनको प्रमाणीकरणमा पर्न नसकेका घाइते तथा अपाङ्ग पूर्व लडाकुलाई भने जीवन निर्वाहमा निकै समस्या परेको आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com