ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन विकासका लागि सरकारलाई १६५ सुझाव


admin

काठमाडौँ, २ वैशाख। पर्यटन क्षेत्रको समग्र विकास, प्रवद्र्धन तथा आगामी रणनीतिका लागि नेकपा (एमाले) पर्यटन प्रवद्र्धन विभाग र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सरकारलाई आफ्ना मागसहित सुझाव पेश गरेको छ ।

विभागका इन्चार्ज सूर्य थापाको नेतृत्वमा गएको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई भेटी सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नका लागि राष्ट्रियस्तरका २४ र प्रदेश तहका १४२ वटासहित १६५ वटा सुझाव र माग बुझाएको हो ।

दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालय स्थापनाको आवश्यक प्रक्रिया अविलम्ब अघि बढाउनुपर्ने, पर्यटन क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिन पर्यटनमैत्री नीति निर्माण गरिनुपर्ने माग गरिएको छ ।

यस्तै, काठमाडौँको ठमेल, पोखराको लेकसाइड, चितवनको सौराहा र लुम्बिनीमा २४ घण्टा नै पर्यटकीय गतिविधि खुला गरिनुपर्ने तथा काठमाडौँलाई धुलो र प्रदूषणमुक्त बनाउन प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल–निजगढको निर्माण कार्य शीघ्र अघि बढाई निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम चाँडो पूरा गरेर भारत र चीनका विभिन्न शहरमा सिधै हवाई उडानको व्यवस्था मिलाउन सुझाव पत्रमा भनिएको छ ।

साथै, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनलाई प्रभावकारी तुल्याई उपयुक्त नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धनलाई जोड दिई सम्पदा पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्ने सुझाइएको छ ।

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा खुला गरी अन्तर्राष्ट्रिय उडान व्यवस्थापनलाई सहजीकरण गरिनुपर्ने मागपत्रमा जनाइएको छ ।

मागसहितको सुझावपत्र ग्रहण गर्दै पर्यटनमन्त्री अधिकारीले प्राप्त सुझावलाई अध्ययन गरी कार्ययोजना बनाएर पेश गर्न सम्बन्धित महाशाखालाई आजै निर्देशन दिने बताउनुभयो ।

कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रले दिएको योगदानलाई कम्तीमा २५ प्रतिशत पु¥याउन र पर्यटनमा व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार लागिपरेको भन्दै यो लक्ष्यमा पुग्न निजी क्षेत्रको सक्रिय साझेदारी अपरिहार्य भएको उहाँको भनाइ थियो ।

पर्यटनमन्त्री अधिकारीले न्यूनतम पर्यटकीय पूर्वाधार विस्तारमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै पर्यटन प्रवद्र्धनका लागि प्रदेश र स्थानीय सरकारसँग साझेदारी गरिने उल्लेख गर्नुभयो ।

उहाँले सम्पदा पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढिरहेको र आगामी आर्थिक वर्षभित्र ८० प्रतिशत सम्पदा पुनःनिर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई पूर्ण क्षमताका साथ सञ्चालन गरिने र त्यसमा केही कमजोरी देखिए कारबाहीको दायरामा ल्याइने अठोट व्यक्त गर्नुभयो । सबै प्रदेशमा सरोकार भएका विज्ञसँग छलफल गरी सुझाव ल्याइएको एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका पर्यटन प्रवद्र्धन विभागका इन्चार्ज सूर्य थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com