ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकै वर्षमा ३ प्रधानमन्त्री (भिडियो सहित)


एबीसी न्यूज
बैशाख २, २०७५ आईतबार  ५ : ३१ बजे


नयाँ संविधानलाई कार्यान्यन गर्ने प्रक्रियामै वित्यो २०७४ साल । संवैधानिक व्यवस्था बमोजिम संघीय संरचनामा पहिलो पटक स्थानीय तहको निर्वाचन सुरु भयो, वर्षको पहिलो महिनाबाटै । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको कांग्रेससहितको सरकारले पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र कर्णाली प्रदेशमा बैशाख ३१ गते निर्वाचन सम्पन्न गर्यो । निर्वाचनमा तत्कालिन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल बने ।

पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गरेलगत्तै प्रचण्डले पुरानो बाचा पालनाकै लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता सुम्पिए, जेष्ठ २३ गते । देउवा सरकारले दोस्रो चरणमा गर्ने भनिएको १, २, ५ र ७ प्रदेशका स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न भने सकेन्न । किनकी, २ नम्बर प्रदेशमा मधेशवादी दलहरु संविधान संशोधनको माग गर्दै निर्वाचनमा सहभागी नुहने घोषणा गरि नै रहेका थिए । पहिला जेठ ३१ र त्यसपछि असार १४ गते तोकिएको ४ वटा प्रदेशको स्थानीय तह निर्वाचन मध्ये मधेशवादी दलहरुको असहतिकै कारण २ नम्बर प्रदेशमा सम्पन्न हुन सकेन । १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै निर्वाचन सम्पन्न भयो । २ नम्बर प्रदेशको निर्वाचन भने असोज २ गते मात्र सम्पन्न भयो ।

२०७२ असोज ३ गते संविधान जारी पछि, ७५३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएर संविधान कार्यान्यवयनको पहिलो चरण पुरा भयो ।
२०७० साल माघ ८ गते गठन भएको संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेपछि व्यवस्थापिका संसदमा रुपान्तरित भएको संसद् असोज ३० गते विधिवत रुपमा अन्त्य भयो । ६ सय ६६ दिन बैठक बसेर नयाँ संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ५६ विधेयक पारित ग¥यो ।

सरकारले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुई चरणमा निर्वाचन सम्पन्न ग¥यो । पहिलो चरणमा ३४ जिल्लामा मंसिर १० गते निर्वाचन भयो भने ४३ जिल्लामा मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन भयो । एमाले माओवादीसहितको वाम गठबन्धनले बहुमत हासिल ग¥यो । प्रतिनिधिसभाका लागि कूल १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमा नेकपा एमालेले ८०, माओवादी केन्द्रले ३६ र नेपाली कांग्रेस २३ सिटमा विजयी भए । समानुपातिकमा नेकपा एमालेले ४१ सिट, कांग्रेसले ४० र माओवादी केन्द्रले १७ सिट प्राप्त गरे । प्रदेशमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दलका रूपमा स्थापित भए । मधेस केन्द्रित दल दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी चोथौ र पाचौं दल बने । देउवाकै पालामा माथिल्लो सदन राष्ट्रिय सभाको पनि निर्वाचन भयो ।

यता राजनीतिक रुपमा आफ्नै नेता, कार्यकर्ता र विभिन्न शक्तिकेन्द्रलाई समेत चक्मा दिंदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच असोज १७ गते पार्टी एकता गर्ने उद्देश्यसहित वाम गठबन्धन बन्यो । एमाले माओवादीसहित ६ बुंदे सहमतिपत्रमा हस्ताक्षर गर्दै वाम गठबन्धनमा सहभागी भएको नयाँ शक्ति भने केहीदिनमै त्यहांबाट बाहिरियो । भट्टराईले कांग्रेससँग चुनावी तालमेल गरे । एमाले माओवादी एकताका लागि पार्टी एकता संयोजन समिति बन्यो । एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ र मार्गनिर्देशक सिद्धान्त ‘माक्र्सवाद लेनिनवाद’ र एकतामहाधिवेशनसम्म दुई अध्यक्ष प्रणाली राख्न सहमत भएका दुई पार्टीबीचमा अझै पनि एकता हुन भने सकेको छैन ।
सत्ता बाहिरको दल र सत्तामा रहेको दलबीचको चुनावी एकतालाई स्वीकार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले असोज मसान्तमा राप्रपासहितका अन्य साना दललाई साथमा दिई माओवादी मन्त्रीलाई विना विभागीय बनाइदिए । देउवाले माओवादी मन्त्रीलाई कामविहिन मात्र बनाएनन् प्रजातान्त्रिक शक्तिहरुलाई एक ठा“उमा ल्याउन लोकतान्त्रिक गठबन्धन नै गरे ।
उता, मधेशमा क्ष्ँेत्रीय दलको रुपमा राजनीति गरिरहेका विभिन्न ६ मधेशवादी दलहरुले राष्ट्रिय जनता पार्टी घोषणा गरी निर्वाचनमा सहभागी भए ।

अर्कोतिर संवैधानिक व्यवस्था बमोजिममै दलहरुलाई थे्रसहोल्ड सर्त पुरा गर्नैपर्ने भएकाले दर्जनौं दलहरु एक आपसमा विलय भए । बाम गठबन्धन लोकतान्त्रिक गठबन्धन र केही अन्य क्षेत्रीय पार्टीहरु निर्वाचनमा होमिए । निर्वाचनमा बाम गठबन्धलले स्पष्ट बहुमत प्राप्त ग¥यो । नेपाली कांग्रेस उसको इतिहासमै सबैभन्दा कमजोर र रक्षात्मक बन्यो ।
राष्ट्रिय मान्यता प्राप्त दलको रुपमा प्रमुख तीन पार्टीसहित संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले मात्र निर्वाचन थ्रेस होल्ड पुरा गरी संसदमा सहभागी भए । थ्रेसहोल्ड पार गर्न नसक्दा नया“ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदमा स्वतन्त्र सांसदको सहभागी छन् ।
यसै वर्ष मुलुकमा तीन वटा प्रधाननमन्त्रीले सत्ता चलाए । वर्षको पूर्वार्धमा माओवादी अध्यक्ष प्रचण्ड थिए भने जेठको अन्तिमसातादेखि फागुन २ गतेसम्म कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने ।

सबै तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन ३ गते प्रधानमन्त्री बने । संसदबाट दुई तिहाई भन्दा बढि सांसदको समर्थन पाएको ओली सरकार २०१५ साल पछिकै शक्तिशाली सरकारको रुपमा स्थापित भयो ।
प्रधानमन्त्री ओलीले भारतस“गको सम्बन्ध सुधारकै लागि भन्दै चैत २३ गते देखि २५ गतेसम्म तीन दिने भारत भ्रमण गरे । यही वर्ष तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले समेत भदौं ७ गते ५ दिने भारतीय भ्रमण गरेका थिए ।

संविधान कार्यान्वयनकै चरणमा भएका विभिन्न विशिष्ट र उच्च ओहोदामा समेत नया“ व्ययवस्थाकै आधारमा प्रतिनिधि चयन भए । राष्ट्रपति र उपराष्ट्रपतिको निर्र्वाचन भए पनि पुरानै अनुहार क्रमशः विद्यादेवि भण्डारी र नन्दबहादुर पुन दोहोरिए । सभामुखमा माओवादीका कृष्णबहादुर महरा र उपसभामुखमा एमालेकी डाक्टर शिवमाया तुम्माहाम्फे चयन भए । यस्तै राष्ट्रिय सभाको सभाध्यक्षमा एमालेका गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्षमा माओवादीकी शसिकला दाहाल निर्वाचित भए । सातै प्रवेशमा मुख्य मन्त्री, मन्त्री, सभामुख उपसभामुखलगायतका प्रतिनिधिहरु चयन भए ।

यता युरोपियन युनियन (ईयू)को निर्वाचन मिसनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणबारे ६ चैतमा नेपालका खस आर्यहरूलाई आरक्षणको सूचीबाट हटाउनुपर्ने धारणासहित प्रतिवेदन सार्वजनिक गरेपछि नेपालको राजनीतिमा ठूलै तर देखियो ।२०७४ सालमा राजनीतिक उपलब्धी धेरै र सम्झना लायकका भए ।

राजनीतिक रुपमा उथपलपुथल भयो । अब वर्ष २०७५ लाई राजनीतिक स्थायित्वको वर्ष बनाउन आवश्यक छ । तर, राजनीतिले यौटा लय पक्रे पनि अर्थतन्त्रले भने देशलाई साथ दिन सकेन । अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्यो भनेर सरकार स्वयंले स्वेतपत्र जारी गर्न बाध्य भयो । प्रतिपक्षी दलले स्वेतपत्रलाई कम्युनिष्टले देशै कब्जा गर्ने भय व्यक्त गर्दै लालपत्रको संज्ञा दियो । साउनको अन्तिम साता परेको भारी वर्षका कारण तराई मधेश र पहाडी क्ष्ँेत्रमा बाढि पहिरोले सयौं मानिसको मृत्यु हुनुका साथै धनजनको क्षति भयो । वर्ष २०७४ संविधान कार्यान्वयनको वर्षको रुपमा रह्यो । २०७४ मा भएका राजनीतिक उपलब्धीलाई २०७५ सालमा संस्थागत गर्दै दैनिक कार्यमा लैजानुपर्ने निकै चुनौतीको रुपमा खडा भएको छ । जे होस् २०७४ ले एक खालको राजनीतिक कोर्ष पुरा गरि २०७५ साललाई त्यसको उपल्बधीमा परिणत गर्ने प्रेरणा मिलोस ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com