ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोहरबाट मोहोर कमाउँदै


admin

स्याङ्जा, २ वैशाख ।  देशका विभिन्न शहरमा फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहरमैला बिक्रीबाट आम्दानी लिँदै आएको छ ।

उक्त नगरपालिकाले संकलन गर्न थालेकोे चार वर्षको अवधिमा रु १७ लाख ३५ हजार २१८ फोहरमैला बिक्रीबाट आम्दानी गरेको हो ।

आर्थिक वर्ष २०७१÷७२ मा रु एक लाख ७९ हजार, २०७२÷७३ मा रु तीन लाख ४९ हजार ९९०, आव २०७३÷७४ मा रु सात लाख २४ हजार ८१५ र चालू आवको हालसम्म रु चार लाख ८१ हजार ४१३ फोहरमैला बिक्रीबाट आम्दानी गरेको दिदीबहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाका अध्यक्ष यामप्रसाद भण्डारी (कृष्ण)ले बताउनुभयो ।

उक्त नगरपालिका र स्थानीय दिदीबहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाबीच फोहरमैला व्यवस्थापनको चारखम्बे अवधारणाअनुसार २०७१ असोजमा सम्झौता भई फोहर संकलन गर्न थालिएको थियो ।

“हामीले दैनिक बजारबाट कुहिने, नकुहिने र शिशाजन्य वस्तु वर्गीकरण गरेर संकलन गर्ने गरेका छौँ” अध्यक्ष भण्डारीले भन्नुभयो, “संकलित वस्तुलाई सरसफाइ केन्द्रमा लगेर कुहिनेलाई कम्पोष्ट मल बनाउने र नकुहिने वस्तुलाई पुनः सूक्ष्म वर्गीकरण गरी बिक्री वितरण गर्नु नै हाम्रो सवल पक्ष हो ।”

फोहरमैला बिक्रीबाट पाँचजनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने सरसफाइ केन्द्रको खर्च व्यवस्थापन, कर्मचारीलाई मास्क, पञ्जा, एप्रोन, स्वास्थ्योपचार, सरसफाइ केन्द्रमा कार्यरत पाँच कर्मचारीको स्वास्थ्य बीमा तथा रु पाँच लाख बराबरको दुर्घटना बीमामा खर्च गर्ने गरिएको छ ।

“नमूनाका रुपमा रहेको हाम्रो फोहरमैला संकलन केन्द्र अवलोकनका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधि आउने गर्नुहुन्छ ।” नगरप्रमुख दिलीपप्रताप खाँणले भन्नुभयो, “यहाँ आएर अवलोकन गरेर फर्केपछि आ–आफ्नो ठाउँमा यही नमूना बमोजिम फोहर संकलन गर्न थालेको जानकारी प्राप्त भएको छ जसले गर्दा पनि हामीलाई यस कार्यमा थप ऊर्जा मिलेको छ ।”

संघीय सरकारको ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८’ अन्तर्गत रहेर उक्त नगरपालिकाले ‘फोहरमैला व्यवस्थापन तथा सरसफाइ कार्यविधि, २०७५’ निर्माण गर्न लागेको जनाइएको छ ।

“फोहरमैलाको क्षेत्रमा गरेको उदाहरणीय कार्यको प्रशंसा गर्दै हाम्रो नगरपालिका उत्कृष्ट घोषित हुँदै आएको छ”, नगर प्रमुख खाँणले भन्नुभयो, “अहिलेको सरसफाइ प्रणालीलाई अझै व्यवस्थित र प्रभावकारी रुपमा टोल टोलमा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरी अगाडि बढ्ने छौँ ।”

उक्त नगरपालिकाको सरसफाइ केन्द्रमा विभिन्न संरचना निर्माणका लागि सम्बद्ध मन्त्रालयअन्तर्गतको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले फोहरमैला संकलन केन्द्रसम्म पुग्नका लागि झण्डै २.५ किमी ट्र्याक तथा स्टोर निर्माणका साथै ३३ रोपनी जग्गामा तारबार गरी करीब ५०० विभिन्न जातका फलफूलका बिरुवा रोपिएको छ । फोहरमैला व्यवस्थापनबाट शहरको सौन्दर्य बढेको र स्वास्थ्य तथा वातावरणलगायतका क्षेत्रमा प्रत्यक्ष लाभ हुनाका साथै पर्यटकीय हिसाबले पनि कार्यक्रमले राम्रो प्रभाव पारेको छ ।

दिनहुँ नगरका विभिन्न भागमा कुहिने र नकुहिने गरी छुट्टाछुट्टै दुई वटा टिपर फोहर संकलनका लागि जाने गरेका छन् भने प्रत्येक दुई महिनामा शिशा संकलन गर्ने गरिएको छ ।

सरकारी तवरबाट र सरोकारवालाले नियमन कार्यलाई प्रभावकारी बनाउने, काम गर्ने संस्था र संलग्न व्यक्तिलाई प्रोत्साहन गर्ने, जनस्तरमा फोहरको वर्गीकरण तथा व्यवस्थापनमा क्षमता अभिवृद्धि गरेमा यस नगरपालिका फोहरमैला व्यवस्थापनमा उत्कृष्ट बन्ने स्थानीय बासिन्दाको मत छ ।

“वालिङ नगरपालिकाले फोहरमैला संकलनका क्षेत्रमा उदाहरणीय कार्य गरेको छ”, आँबु खैरेनी गाउँपालिका तनहुँका अध्यक्ष गिरबहादुर थापाले भन्नुभयो, “त्यसको अवलोकन गरी हामीले पनि २०७४ पुसदेखि सोही बमोजिम फोहर संकलन गर्न थालेका छौँ ।”

हालसम्म विभिन्न नगरपालिका, विद्यालय, अन्य सरकारी तथा गैरसरकारी निकायबाट ३२० भन्दा बढी समूहले उक्त नगरपालिकाले गर्दै आएको फोेहरमैला व्यवस्थापनबारे अवलोकन गरिसकेका छन् ।

“वालिङ नगरपालिकाले त्यति ठूलो बजारको फोहरलाई पनि गाई गोठको फोहरमैला व्यवस्थापन गरे जसरी सजिलो तरिकाले व्यवस्थापन गरी आर्थिक लाभ गरेको देखियो”, बेनी नगरपालिकाका कार्यकारी अधिकृत तेजराज शर्माले भन्नुभयो, “हाम्रो क्षेत्रमा फोहर संकलन केन्द्र निर्माण गर्नका लागि प्रभावित क्षेत्र (वन समूह) का बासिन्दालाई वालिङमा लगेर देखायौँ र उहाँहरु सहमत हुनुभयो तर अर्को समुदायले फेरि विरोध गरेकाले हामी अझै छलफलमा छौँ ।”

फोहरमैला व्यवस्थापन केन्द्र राख्न विवाद भएका र स्थानीय जनताबाट अवरोध गरी व्यवस्थापन केन्द्र सञ्चालन गर्न नसकेका नगरपालिकाले प्रभावित क्षेत्रका आफ्ना स्थानीय बासिन्दालाई वालिङ नगरपालिकाको सरसफाइ केन्द्रमा ल्याई देखाएर विवाद समाधान गर्ने गरेको अध्यक्ष भण्डारीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com