ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७४ मा शिक्षा क्षेत्रमा के के उपलब्धि भए एक समिक्षा


एबीसी न्यूज
बैशाख २, २०७५ आईतबार  २ : ३५ बजे

२०४६ सालपछि अपनाइएको आर्थिक उदारीकरण र खुला बजार अर्थनीतिपछि मुलुकका हरेक क्षेत्रमा निजी क्षेत्र प्रवेश ग¥यो । निजीकरण ऐन २०५० ले सबै क्षेत्रमा बाटो खुला गरेपछि शिक्षामा पनि निजि क्षेत्रले प्रवेश पायो । ७४ साल निजी बिद्यालयको लागि पैसा कमाउने माध्यम बन्यो भने सरकारी बिद्यालयको अवस्था दिन प्रतिदिन कमजोर बन्दै गयो ।

सबैका लागि शिक्षा अनिवार्य संबिधानमै व्यवस्था भएपनि सामान्य परिवारको लागि शिक्षा पहुच सहज हुन सकेको छैन । सरकारी विद्यालयमा भएको व्यापक राजनीतिकरणका कारण मुलुकको शिक्षा अवस्था जर्जर बन्दै गएको बेला शिक्षामा निजी क्षेत्र दबदवा बढिरहेको छ । ७४ सालमा शिक्षामा सरकारी भन्दा निजी बिद्यालयहरुका लागि कमाउने माध्यम बन्यो । सरकारी विद्यालयको शिक्षा गुणस्तरीय नहुनु एवं लगानीको अनुपातमा उपलब्धी एकदमै कमजोर रहंदै गर्दा निजी क्षेत्रले आक्रमक रुपमा शिक्षा क्षेत्रमा लगानी गर्यो । अभिभावकहरूको जसरी भए पनि आफ्ना बालबालिकालाई स्तरीय शिक्षा दिने चाहनाले गर्दा निजी विद्यालयहरू खोल्ने होड बढ्दै गएको छ । नया“ नीति निर्देशन र पहलकदमीहरू हावाका महलजस्ता देखिएका छन् । तर, समस्या झन जटिल बन्दै गएको छ ।

निजी विद्यालयहरुमा चर्को भर्ना शुल्क भएकाले निधारण गरिएको मापदण्डमा रहेर विद्यालयले काम गर्न जरुरी रहेको छ । स्थानिय सरकारले बनाएका मापदण्डका आधारमा नियमलाई पालना गर्नुपर्ने र नियम विपर्रीत गएका विद्यालय खारेज सम्म हुने शिक्षा सचिव खगराज बराल बताउ“छन् ।

दुईदशक अघिदेखिको अस्थायी शिक्षक समस्या समाधान हुने भएको छ । अब अस्थायी शिक्षकहरुले मागेजस्तै परीक्षामा असफल भएपनि सुविधा पाउने भएका छन् । व्यवस्थापिका संसदले शिक्षा ऐन २०२८ लाई संसोधन गर्न बनेको शिक्षा ऐनको नवौं संशोधनको विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव बहुमतद्धारा गत भदौमा पारित गरेको छ ।

व्यवस्थापिका संसदमा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐनको नवौं संशोधनको विधयेक २०७४ माथि विचार गरियोस भनी दर्ता गरेको प्रस्ताव छलफलका लागि बहुमतले स्वीकृत गरेको हो । अब २०७३ साल असार १५ गते अगाडि कार्यरत शिक्षकहरु परीक्षामा अनुत्तीर्ण भए पनि सुविधा पाउनेछन् । परीक्षामा अनुत्तीर्ण हुनेलाई कम्तीमा ५ वर्षदेखि १० वर्षसम्म सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको अन्तिम महिनाको तलब बराबर रकम उपलब्ध गराइने छ ।

नेपालको संविधान २०७२ ले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ’ भनेको छ । त्यसरी हक प्रदान गर्ने जिम्मेवारी सरकारको सबैभन्दा तल्लो तह अर्थात स्थानीय तहमा गाउँपालिका–नगरपालिकालाई प्रदान गरिएको छ ।

नेपालको संविधान २०७२ को स्थानीय सरकारको क्षेत्राधिकार सम्बन्धी अनुसूचि ६ को बुदा ८ आधारभूत तह र माध्यमिक तहको शिक्षा सम्बन्धी सम्पूर्ण व्यवस्थापन स्थानीय सरकारको जिम्मामा दिइएको सन्दर्भमा र सोही संविधानको अनुसूची ९ को बु“दा ४ मा शिक्षालाई केन्द्र, प्रदेश र स्थानीय क्षेत्रको साझा सूचीमा समावेश गरेको कुराले स्थानीय सरकारले शिक्षाको जिम्मेवारी राम्ररी वहन गर्न नसक्ने ठानी केन्द्र र प्रदेशले हस्तक्षेप गर्न सक्ने अवस्था छ ।

विद्यालय क्षेत्र विकास योजना नेपाल सरकारले विद्यालय शिक्षामा सबैको समतामूलक पहु“च सुनिश्चित गर्नका साथै गुणस्तर सुधारका निमित्त विगतमा ७ वर्षे विद्यालय क्षेत्र सुधार योजना कार्यान्वयनमा ल्याएको थियो । यस योजनाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न र विद्यालय शिक्षाका विविध सकारात्मक प्रयासलाई निरन्तरता दिन तथा शिक्षाका नवीन कार्यक्रमहरूको प्रस्तावसहित २०७३ साउनदेखि २०८० असार ७ वर्षे विद्यालय क्षेत्र विकास योजना निर्माण गरिएको छ । योजनाको प्रथम ५ वर्ष २०७३ साउनदेखि २०७८ असार (सन् २०१६ देखि २०२१) सम्मका लागि स्रोतसहितको कार्ययोजना तयार गरिएको छ ।

नया“ सरकार बनेपछि संघ, प्रदेश र स्थानिय तहमा अधिकारका काम बा“डफा“ड भएकाले सहजता भएको छ । तिनै तहमा शिक्षा संरचना बने पछि कर्मचारी व्यवस्थापन गरिएको छ । विशेष गरी आधारभुत र माध्यमिक तहको जिम्मेवारी स्थानिय सरकारको हातमा हुने भएकाले आफ्नो जिम्मेवारीको काम प्रारम्भ गर्नु नै २०७४ सालको उपलब्धी भएको शिक्षा सचिव खगराज बराल बताउ“छन् ।
यसै वर्ष त्रिभूवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रका लागि नया“ भर्ना शुल्क निर्धारण गरेको छ । त्रि.विले क्लिनिकल तर्फको एमडी र एमएस र एमडीएस तर्फको लागि २२ लाख रुपैया“ शुल्क निर्धारण गरेको छ । त्यसैगरी, बेसिक साइन्स तर्फका विषयहरुको अधिकतम शुल्क १० लाख निर्धारण गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकलाई समृद्ध बनाउने संकल्प पूरा गर्ने भन्दै ५ वर्षे शैक्षिक मार्गचित्र सार्वजनिक गर्यो । विगतको पाठ, वर्तमानको धरातल र भविष्यको अपेक्षालाई समेत सम्बोधन हुने गरी शैक्षिक मार्गचित्र तय गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बताउंछन् ।

सरकारले ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ नया बर्षबाट सुरु गरेको छ । स्थानीय निकाय शिक्षा सम्बन्धी आफ्नो क्षेत्राधिकारको विषय जिम्मेवार रूपमा लिन सक्ने अवस्थामा पु¥याउन राजनीतिक दल, शिक्षा क्षेत्रका सरोकारवालाहरू, सामाजिक संघ संस्था, शिक्षकका पेशागत संगठनहरू, आम जनसमुदाय लाग्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com