ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७४ मा खेलकुद क्षेत्रमा भएका उपलब्धिहरु


एबीसी न्यूज
बैशाख २, २०७५ आईतबार  २ : ४८ बजे


यस बर्ष खेलकुद क्षेत्रत्रलाई फर्केर हेर्दा यस क्षेत्रमा निकै उतार चढाव आएका छन् । चर्चित खेल फुटबल र क्रिकेट दुबै क्ष्ँेत्र नेतृत्व बिहीन देखीए । तर खेलाडीको उत्साह र दृढताले यस बर्ष यी क्षेत्रमा ऐतिहासीक उपलब्धी भएका छन् ।

बि.सं २०७४ मा नेपाली क्रिकेट जगतले एउटा इतीहास रच्न सफल भयो । इतिहासमै पहिलोपटक नेपाली टोलीले अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) मा एक दीवसीय मान्यता पाएको छ । बि.सं.२०५३ मा आईसीसीले एसोसीएट राष्ट्रको मान्यता दिएको २२ बर्ष पछि नेपाली क्रिकेट टिमले अर्को ठुलो उपलब्धि हाँसिल ग¥यो ।

यस्तै आइपिएलमा सन्दीप लामिछानको समावेशिता पनि यस बर्षको उपलब्धीमा गन्न सकीन्छ । यस बर्षबाट नेपाली क्रिकेट खेलाडीले पनि अन्तर्राष्ट्रीय कल्बको हिस्साबन्ने मैका पाएका छन् । तर अभिभावकको भूमिका निर्वाह गरेको क्यानको भने निलम्बन यो बर्ष पनि फुकुवा भइसकेको छैन । २०७३ बैशाखमा आइसीसी बोर्ड बैठकले क्यानमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष र स्वतन्त्र निर्वाचन हुन नसकेको जस्ता कारणले निलम्बन गरेको थियो ।

फुटबल तर्फ भने सालको अन्तमा एन्फा आफ्नै बिबादमा चुलीएको छ । चैत १४ गते हुने भनिएको एन्फाको निर्वाचन रोकीएपछी विवाद फिफाको हेडक्वार्टर स्वीजरल्याण्डको ज्यूरिचसम्म पुगेको थियो ।

निर्वाचन रोकिए, एन्फालाई कारवाही गर्ने सम्मको चेतावनी फिफाले एन्फालाई दिएको छ । नेतृत्वमानै राजनैतीक किचलो भएर होला २०७४ सालमा यस क्षेत्रमा खासै उल्लेख्य उपलब्धी भने हुन सकेनन् ।

यस बर्ष मफसल्को प्रतीयोगीता बाहेक घरेलु लिग भने एन्फाले गर्न सकेन । अन्तराष्ट्रीय म्याचहरुमा पनि नेपालको प्रदर्शनी ज्यादै फीतलो रहयो । कतारमा भएको एसीयन कपको छनोट चरणबाटै नेपाल बाहीरीएको थियो । तर मलेसियामा भएको यू १९ एसिया कपमा भने नेपाल च्यम्पीयन बन्न सफल भएको थियो । यो २०७४ सालको फुटबल क्षेत्रको ठूलो उपलब्धी रहयो । यद्यपी खेलकुद क्षेत्रलाई राज्य प्राथमिकता नराखेको अखिल नेपाल फुटबल महासंघका महासचिवले गुनासो गरेका छन् । नेपालका खेलाडीहरुले अहिले ४० वर्ष पुरानो पूर्वाधार खेल खेलिरहेको भन्दै नया“ पूर्वाधारको विकासको आवश्यकता औल्याए ।

यता सरकारले राष्ट्रीय खेलको मान्यता दिएको भलीबल भने खासै चर्चामा आउन सकेको छैन । देशलाई विश्वसामू चिनाउने खेलकुद क्षेत्र पनि हो । अल्पविकास राष्ट्रहरुको चिनारी रुपमा रहेको खेलकुद क्षेत्रको विकास हुनु जरुरी छ । नेतृत्वविहिन हुदा“ पनि खेलाडीको देखाएको मेहेनत प्रशंसायोग्य छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com