ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७४ लाई फर्केर हेर्दा, एक समिक्षा


एबीसी न्यूज
बैशाख २, २०७५ आईतबार  २ : १९ बजे

वि सं. २०७४ लाई अन्तराष्ट्रिय जगतलाई फर्केर हर्दा विश्वमा ठुला ठुला घटना भएका छन् । यस वर्ष पनि धेरै उतार चढाव कायमै रह्यो । विश्वमा शक्तिशाली राष्ट्रहरु नै चर्चामा आउने कुरा नौलो होइन । २०७४ लाई विदा गर्दैगर्दा यस वर्षका मुख्य घटनाहरुलाई संक्षिप्त रुपमा स्मरण गर्ने प्रयास गरिएको छ ।

शक्तिशाली राष्ट्रहरु अमेरिका र चीन २०७४ को अन्त्यतिर व्यापार युद्धमा होमिएका छन् । मार्च २२ मा अमेरिकाले चीनबाट आउने ६० अर्ब डलर बराबरको सामानमा करको दर बढाउने र अमेरिकामा चिनिया“ लगानीलाई सीमित बनाउने घोषणा गरेपछि चीन पनि चीनले पनि अमेरिकाबाट आयात गरिने अमेरिकी सामग्रीहरूमा भन्सार दर बढाएको छ ।

विदेशी स्टील र एलुमिनियमा कर बढाउने डोनल्ड ट्रम्पको निर्णयपछि चीनले बङ्गुरको मासु र वाइनसहित अमेरिकाबाट आयात गरिने १ सय २८ बस्तु र सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाएको छ । यद्यपी नोभेम्वर ८ देखि १० सम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनको भ्रमण गरेका थिए । यो भ्रमणले दुवै देशबीचको बढ्दो दूरी घटाएको मात्र होइन उत्तरकोरिया विश्वकै लागि चिन्ताको विषय भएको साझा धारणा बनाउन सफल भएको मानियो ।
यसवर्ष अमेरिकी राष्ट्रपति ट्रम्प नै विवादमा आए । ट्रम्पको माफी माग्नेदेखि चेतावनी दिनेसम्मका घटनाले चर्चा पायो । उनीसँग जोडिएर उत्तर कोरिया र रुससंग विवाद भइरह्यो भने प्राकृतिक प्रकोप र आतङ्ककारी हमला पनि भए ।
फेवु्रअरी १० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाए । यी प्रतिवन्धमा पर्ने देशहरूमा इराक, इरान, लिविया, सोमालिया, सुडान, सिरिया र यमन रहेका छन्।

उत्तर कोरियाली परमाणु परीक्षणसँंगै त्यँहाका नेता किम जोन उनका बारेमा पनि विश्वको चासो रह्यो । नेता किम जोन उनका सौतेनी दाजु किम जोन नामको मलेसियाको क्वालालाम्पुर विमानस्थलमा १३ फेबू्रअरीमा हत्या गरिएको थियो । अक्टोबरको पहिलो साता उनले आफ्नी बहिनी किम योजङलाई वर्कर्स पार्टीको पोलिटब्यूरो सदस्य र पूर्व प्रेमिका होन सोङ वोनलाई केन्द्रीय समितीमा बढुवा गरेको कुरा चर्चाको शिखरमा रह्यो ।

अक्टोवर १० मा उत्तर कोरियाले ह्याकिङ प्रणाली मार्फत् दक्षिण कोरियाको महत्वपूर्ण दस्तावेजको चोरी गरेको कुराले विश्वभर सनसनी मच्चायो ।
म्यानमारमा सीमामा ९ जना म्यानमारका प्रहरी मारिएपछि यसको दोष अल्पसंख्यक रोहिंगामाथि थोपर्दै सरकारले सैनिक परिचालन गर्दा रोहिंगा वस्तीहरूमा आगजनी, सयौंको हत्या गरेपछि देश छाडेर भाग्न वाध्य भए । अहिले छिमेकी मुलुक बंगलादेशमा मात्र ६ लाखभन्दा बढी रोहिंगा शरणार्थीले नारकीय जीवन विताइरहेका छन् ।

न्यूयोर्कमा एक बन्दुकधारीको अन्धाधुन्द गोली प्रहारबाट ९ जना सर्वसाधारणको हत्या भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिट्ठा खारेज गर्ने भाषणले विश्वभर तरंग ल्यायो । ट्रम्पले डिभी चिट्ठाबाट काम नलाग्ने मान्छे मात्र अमेरिका आउने गरेको बताए ।

२१ नोभेम्बर २०१७ मा जिम्बाब्बेका राष्ट्रपति रोवर्ट मुगाब्बेले राजीनामा दिए । उपराष्ट्रपतिलाई हटाएर आफ्नी श्रीमतीलाई उत्तराधिकारी बनाउन खोजेकाले सेनाले त्यसलाई रोक्न कदम चालेको बताएको थियो । उपराष्ट्रपति सैनिकहरू माझ लोकप्रिय रहेको बताइन्छ ।

यसै वर्ष २७ सेप्टेम्वरमा साउदी राजा सलमानले महिलाहरूलाई पनि सवारी अनुमती पत्र दिनुका साथै घर बाहिरका कामसमेत गर्न दिने आदेश जारी गरे । यसअघि त्यहाका महिलालाई सवारी साधन मात्र होइन घर वाहिर एक्लै हिडडुल गर्न पनि बन्देज थियो।
७ डिसेम्वर २०१४ मा अष्टे«लियाको दुवै सदनले समंलिगी विवाहलाई कानुनी मान्यता दिनेसम्वन्धि विधेयकलाई पास गरेको छ । गर्भनरले त्यसलाई प्रमाणिकरण गरेपछि कानुनको रूपमा लागु हुनेछ ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले वर्तमान राष्ट्रपतिलाई थप शक्तिशाली बनायो । राष्ट्रपति शी जिङपिङलाई दोश्रो कार्यकालका लागि मात्र चुनेन माओत्सेतुङपछिको शक्तिशाली राष्ट्रपति टह¥यायो ।

१२ नोभेम्वर २०१७ मा इरानमा ७.३ रेक्टर स्केलको भूकम्पका कारण ४ सय ६० भन्दा बढीको मृत्यु भयो भने १२ हजार घर ध्वस्त भए ।
नोभेम्वरको पहिलो साता यमनी राष्ट्रपति अब्दुरावहु मन्सुर हदी साउदी अरेबियामा नजरबन्द भए । यमनको केही भूभाग साउदी नेतृत्वको सेनाको नियन्त्रणका कारण ८० हजारभन्दा बढी नागरिक प्रभावित छन् ।

६ नोभेम्वर २०१७ मा साउदी राजकुमार मन्सुर विन मुक्रिनको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो ।
यस वर्ष सम्मानित मानिएको बेलायती दरवार पनि विवादको घेरामा तानियो । ६ नोभेम्वरमा प्रकाशित समाचारमा ‘प्याराडाइज पेपर्स’ को हवाला दिदैं वेलायती महारानी कर छलिको आरोपमा परिन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य सेवामा तेस्रो लिङ्गीको प्रवेशमा रोक लगाउने प्रस्तावलाई वासिंगटन डिसीस्थित जिल्ला अदालतले खारेज ग¥यो ।

अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भए । २८ अक्टोवरमा फोब्र्स पत्रिकाले प्रकाशित गरेको सूचीमा जेफको सम्पति ९० अर्ब ६० करोड डलर छ ।
अक्टोवर ९ मा अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई अर्थशास्त्र तर्फको नोबल पुरस्कार विजेता घोषण गरियो भने ६ अक्टोवरमा नोबल शान्ति पुरस्कार अन्र्तराष्ट्रिय परमाणु हातहतियार निर्मुल पार्ने अन्तराष्ट्रिय संस्था ‘आइक्यान’ लाई दिइयो ।
चीनले दोक्लममा सडक बनाउन लागेपछि भारतले दोम्लम भुटानको भन्दै तीनहजार बढी सैनिक तैनाथ गरेपछि चुलिएको विवाद अगस्टमा २८ मा चीन र भारतबीच दोक्लम विवाद समाप्त पार्ने सहमति भयो ।
२५ सेप्टेम्वर २०१७ मा जर्मन चान्र्सलर एगेंला मर्केल चौथो कार्यकालका लागि निर्वाचित भइन् ।
२० सेप्टेम्वरमा मेक्सिकोमा ७ दशमलब १ रेक्टरस्केलको भूकम्प जाँदा सय बढीको मृत्यु भयो भने भने अर्बाैको नोक्सानी भएको भएको थियो ।
यसै वर्षको ५ जुनमा साउदी अरेबियाको नेतृत्वमा ६ मुलुकहरुले कतारमाथि आर्थिक नाकाबन्दीको घोषणा गरेका थिए ।
४ सेप्टेम्वर २०१७ मा जापानबाट एउटा सनसनी खोज समाचार विश्वभरी फैलियो । जापानी राजकुमारी माकोले एक सामान्य युवकसँग विवाहको घोषणा गरि शाही सुखभोगलाई तिलाञ्जली दिएको घोषणा गरेकी थिइन् ।

भारत, हरियाणाको हिसारमा मुख्य आश्रम रहेको ‘डेरा सच्चा सौदा’ का प्रमुख गुरमित रामरहिम सिंहलाई २५ अगस्तमा अदालतले बलात्कारी ठहर गर्दै काराबासको सजाय सुनायो । अदालतको फैसलापछि भड्किएको हिंसामा १० जनाको मृत्यु भयो ।
१७ अगस्टमा फोब्र्स पत्रिकाले एम्मा स्टोनलाई २०१७ का लागि सबैभन्दा महंगी कलाकार भएको तथ्यांक सार्वजनिक ग¥यो ।

८ अगस्टमा केन्यामा राष्ट्रपति निर्वाचनमा उहुरु केन्याटा विजयी भए । निर्वाचनमा धाँधली भएको भन्दै अदालतमा परेको मुद्दामा अदालतले बदर गरी सेप्टेम्वर २६ मा पुन ः निर्वाचनको आदेश जारी ग¥यो ।

भ्रष्टाचारको अभियोगमा अदालतले अयोग्य ठहर गरेपछि २८ जुलाईमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा दिए । सरिफपछि मुस्लिम लिगले सरिफकै भाई शहवाज सरिफलाई प्रधानमन्त्री प्रस्ताव र्गयो ।
उपमुख्यमन्त्री बनाइएको लालु यादवका कान्छा छोरा तेजश्वी यादवसंग राजनीतिक टसल बढेपछि भारत बिहारका मुख्यमन्त्री नीतिशकुमारले २६ जुलाईमा पदवाट राजीनामा दिए । भारतीय जनता पार्टीको समर्थनमा उनी भोलीपल्टै पुनः मुख्यमन्त्री भए ।
भारतको पश्चिम बंगाल सरकारले सबैका लागि बंगाली भाषा अनिवार्य गरेपछि नेपाली भाषी दाजिलिङवासीले सुरु गरेको आन्दोलनकै क्रममा गोर्खाल्याण्डको मागलाई दोर्होयाए । यस क्रममा दाजिलिङमा महिनौं कफ्र्यु लागेको थियो ।

८ मे मा भएको आम निर्वाचनमा फ्रान्सको राष्ट्रपतिमा सबैभन्दा कम उमेरका ३७ वर्षीय एम्मानुयल मार्कोन विजयी भएका थिए ।
इजरायलको राजधानी जेरुसेलमलाई अमेरिकाले मान्यतादिने निर्णय अकस्मात सार्वजनिक गर्यो । यसले विश्वका मुस्लिम देशहरुलाई आन्दोलित बनायो । पछि यस मुद्दामा राष्ट्रसंघीय महासभामा डिसेम्बर २१ म मतदान नै भयो ।

जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेको ३७ वर्षे एकछत्र शासनकालको राजनीतिमा बढी पत्नीमोह देखाएको कारण अन्त्य भएको छ । सेनाको नजरबन्दबाटै मुगाबेले राजिनामा बुझाएपछि सेनाको समर्थन प्राप्त पूर्वउपराष्ट्रपति इमर्सन मनङ्वा नयाँ राष्ट्रपति भए ।
चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सि चिनफिङलाई पार्टीको विधानमा माओ त्सेतुङ सरहको स्थान दिएको छ । पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारलाई ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सि चिनफिपिङको विचार’ भन्ने नारा समाविष्ट गरेको छ ।

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसको नेतृत्व १९ वर्षपछि अर्को पुस्तामा हस्तान्तरण भएको छ । गत १९ वर्ष देखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले उपाध्यक्ष राहुल गान्धीलाई नै अध्यक्ष बनाएको विषयले भारतमा चर्चा पायो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com