ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइजीपी खनालद्वयसामु अवसरको चाँङ, चुनौतिको पहाड : विकास र समृद्धिसँगै सुरक्षा !


admin
चैत्र २८, २०७४ बुधबार  ११ : १० बजे

विगतको तुलनामा यसपटकको प्रहरी महानिरीक्षक विवादरहित अवस्थामा सरकारले नियुक्ति गरेको छ । चुनावी प्रतिस्पर्धामा उत्रिएजसरी आइजीपीका दावेदारहरु सतहमा यसपटक कमै देखिए पनि । यसैले पनि विवाद कम पक्कै भयो । सरकारमा सहभागी नेता र दलहरुले पनि आइजीपी नियुक्तिमा त्यति सारो चासो र चिन्ता देखाएनन्, जसका कारण शक्तिकेन्द्रहरुको धेरै चलखेल हुन पाएनन् । तथापि विचौलीया र दलालहरुको सक्रियता भने यसपटक पनि कमी थिएन ।

सरकारले मंगलबार बिहान आइजीपी नियुक्ति गर्ने करिब तयारीमा थियो । बिहानको मन्त्रिपरिषद बैठकमा यो विषयमा सामान्य छलफल त भयो निचोडमा पुग्न सकेन । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको आन्तरिक परामर्श हुनुपर्ने स्थिति देखिएपछि मंगलबार बिहानको बैठकले आइजीपी नियुक्त गर्न सकेन । तथापि, दिउँसो वा साँझ बैठक बसेर टुंगो लगाउनेबारेमा भने प्रधानमन्त्रीले जानकारी दिएकै थियो ।

मंगलबारको साँझ, दुवै ‘स’ र ‘ख’ लाई साथ
मंगलबार बिहानको बैठकले निष्कर्ष निकाल्न नसकेको आइजीपी नियुक्ति मंगलबार साँझ बसेको बैठकले टुंगो लगायो । बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलको आइजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय ग¥यो । यो निर्णयसँगै दुवै प्रहरी संगठनले नयाँ नेतृत्व पायो ।

नेपाल प्रहरीमा खनाल एक नम्बर बरियतामै थियो । दोस्रोमा रमेश खरेल र तेस्रोमा पुष्कर कार्की । यी तीनजनामध्येबाट नेतृत्व छान्नुपर्ने स्थिति सरकारलाई थियो । सरकारले डीआइजीमध्येमा बरियता मिचेर आफू अनुकूलका निर्णय गर्न पनि सक्दथ्यो । किनकि प्रहरी नियमावलीमा दिएको मापदण्ड प्रतिस्पर्धी सबै डीआइजीमा लागू हुन्थ्यो । तर, सरकारले त्यसो गरेन । सरकारले विगतको पाठ सिक्दै हाल रहेको बरिष्ठम एक नम्बरकालाई नै दुवै संगठनको नेतृत्व सुम्पने काम ग¥यो । यसले कम्तीमा पनि संगठनभित्र सिष्टमको विकास हुने अपेक्षा गर्न सकिन्छ ।

डण्ड गुरुङ

विगतमा प्रहरी संगठनको नेतृत्वका लागि झगडियाहरु जस्तै गरी अदालतसम्म आफू अब्बल रहेको भन्दै धाउने क्रम नजिर बसिसकेकै थियो । त्यसैले पनि यो विवादबाट मुक्त गर्दै सरकारले वरियतालाई ध्यान दियो । जसका कारण कम विवाद हुने सरकारको अपेक्षा पनि रह्यो । सरकार प्रमुख स्वयम पनि गृह मन्त्री भइसकेका व्यक्तित्व भएकाले पनि यो सुझबुझपूर्ण ढंगले यो निर्णय गरेको अनुमान लगाउन सकिन्छ ।

यसपटकको आइजीपी नियुक्ति प्रकरणमा संयोगले दुई अक्षर भाग्यमानी कहलिए । ‘स’ अर्थात सर्वेन्द्र र शैलेन्द्र । ‘ख’ अर्थात दुवै खनाल । यो संयोग पनि हो । दुवैजना एकले अर्कालाई दाजुभाइ भन्छन् । विशेषतः शैलेन्द्रले सर्वेन्द्रलाई दाइ भनेर सम्बोधन गर्छन् । खासमा उनीहरु दाजुभाइ चाहिँ होइनन् ।

आकर्षण र आकर्षक दुवै आइजीपी
मिजासिला स्वभावका दुवै आइजीपी सबैलाई समान व्यवहार गरेकै कारण अहिले निर्विवाद आइजीपी बन्न सफल भएका छन् । सामान्यतः विगतमा विवादमा नमुछिएका कारण पनि अहिले सरकारलाई निर्णय लिन सजिलो भयो । हुन त आइजीपीका दावेदारहरु सबैलाई एउटा राजनीतिक दलका नजिकका भएको आरोप नलागेको भने होइन । त्यसैका आधारमा सशक्त दावेदारलाई पछि पार्ने कुरा पनि सरकारले गरेन । पारिवारिक पृष्ठभूमि र सम्बन्धका आधारमा उनीहरुलाई यो अवसरबाट बञ्चित गर्न उपयुक्त पनि ठानेन् । यदि त्यसो गरिएको भए यो सरकारप्रति गम्भीर आरोप लाग्ने थियो ।

नेतृत्वमा पुग्नका लागि कुनै पनि संगठनमा सबैले धेरै किसिमका त्याग गरेको हुन्छ । संघर्ष गरेको हुन्छ । सर्वेन्द्र र शैलेन्द्रले पनि संघर्ष र त्याग गरेकै हो । यसको अर्थ अन्य अधिकृतहरु काबिल थिएन भन्ने होइन । अन्य अधिकृतहरुको संघर्ष र त्याग नभएको भए अहिलेको प्रतिस्पर्धात्मक स्थितिमा आउने थिएन । तथापि सरकारले जुन किसिमको निर्णय गर्न पुग्यो, संगठनका लागि आवश्यक देखे, उचित ठाने ।

खनालद्वय दुवै विगतदेखि नै आकर्षण बन्दै आए । सर्वेन्द्र जनआन्दोलनका बेला काठमाडौं प्रहरीका कमाण्ड सम्हाले । त्यसबेलादेखि नै सर्वेन्द्रले सबै नेतासामु आफ्नो परिचय प्रष्ट्याउने मौका पायो । शालिन व्यक्तित्व, सबैसँग समदूरीमा व्यवहार गर्नसक्ने खुबी सर्वेन्द्रको छँदैथियो । उनले कमाण्ड गर्दाका युनिटहरुमा उनी विवादमा परेनन् । त्यसले पनि उनलाई अहिले अब्बल ठह¥यायो ।

सशस्त्रका आइजीपी शैलेन्द्र भावुक स्वभावका पनि छन् । उनी साहित्यिक व्यक्तित्व पनि हो । शैलेन्द्रकै अनुसार, स्तम्भकारसँग नै हो उनले पहिलोपटक टेलिभिजनका लागि अन्तर्वार्ता दिएको । उनी सशस्त्रको प्रवक्ता थिए । त्यसबेला उनी एसएसपी थिए । मन्द मुस्कानका साथमा टेलिभिजन अन्तर्वार्तामा सशस्त्र प्रहरीलाई अगाडि बढाउन गर्दै आएको प्रयत्नबारे खुलेर कुरा गरेका थिए । भद्र स्वभाका शैलेन्द्र अति मिजासिला पनि छन् ।

अवसरको चाँङ, चुनौतिको पहाड : विकास र समृद्धिसँगै सुरक्षा
दुवै प्रहरी संगठनका दुवै आइजीपीका सामु यो नेतृत्व अति महत्वपूर्ण अवसर पनि हो । सरकारको नेतृत्व गर्ने बाम गठबन्धनले ल्याएको विकास र समृद्धिको नारा सफल पार्नका लागि यी दुवै आइजीपीको महत्वपूर्ण भूमिका हुन्छ । यो अवसरलाई उनीहरुले सरकारको योजनालाई कार्यान्वयन गर्नका लागि महत्वपूर्ण अवसरका रुपमा लिन सक्नुपर्छ । सरकारको एजेण्डालाई सफल पार्नु राज्यको हरेक अंगको दायित्व हो । यो दायित्व पूरा गर्नका लागि सुुरक्षा निकायको महत्वपूर्ण भूमिका पनि हुन्छ ।

यो अवसरलाई विगतका आइजीपीहरुले जस्तै निरीक्षण, उद्घाटनमा मात्र सीमित नराखेर नयाँ भिजन दिनसक्नुपर्छ । नयाँ नेपालमा दुई तिहाई मत प्राप्त सरकार छ । यो सरकारले महत्वकांक्षी योजनाहरु अघि सारेको छ । बजेट भाषणबाट अझ स्पष्ट नीति र कार्यक्रम आउने नै छ । यो कार्यक्रम कार्यान्वयनका लागि सुरक्षा निकायको जोडबल हुनैपर्छ । त्यसका लागि अहिलेको सुरक्षा नेतृत्वको अहम भूमिका हुन्छ नै । प्रहरी संगठनको गिर्दै गएको साख जोगाउनु पनि उत्तिकै चुनौती हो ।

शक्तिशाली सरकार छ । बलबान सरकारको क्षमतावान सुरक्षा नेतृत्वका रुपमा आफूहरुलाई स्थापित गर्नु नै अहिलेको चुनौती र अवसर हो । विगतमा जस्तो एक वर्ष नपुग्दै सरकार गिर्ने स्थिति रहेन अब । यस्तो अवस्थामा सुरक्षा निकायको नेतृत्व गर्ने जिम्मेवारी बिरलै पाइन्छ । जुन सर्वेन्द्र र शैलेन्द्रले पाएका छन् । यो अवसरलाई गुम्न नदिनेतिर उनीहरुले ध्यान दिनैपर्छ । यो अवसरलाई सदुपयोग गर्न सकियो भने पक्कै पनि सफल हुनेमा दुइमत छैन ।

प्रहरीको आन्तरिक गुटबन्दीको अन्त
प्रहरी संगठन फौजी÷अर्धफौजी नै हो । सो संगठन कमाण्डमा चल्छ । चल्नुपर्छ । विगत २०÷२२ को अवधिलाई हेर्ने हो भने प्रहरी संगठनलाई राजनीतिक दलहरुले आफ्नो भ्रातृ संगठन जस्तो बनाउँदै आएको छ । आफूले चाहेको व्यक्तिका लागि जे पनि निर्णय गर्ने, दरवन्दी सिर्जना गर्ने, सरुवा गर्ने बढुवा गर्ने गैरजिम्मेवारीपूर्ण हर्कतहरु हुँदै आए । यो स्थिति आउनुमा राजनीतिक दल र नेताहरुको मात्र दोष होइन, यो स्थिति निम्त्याउने स्वयम प्रहरी अकिृतहरु नै हुन् ।

नातागोता, भाइबन्दी, गुटबन्दीको जञ्जाल प्रहरी संगठनमा जगडिएकै छ । यो गम्भीर रोग बनेको छ । आफ्नो संगठनको हित भन्दा पनि आफ्नो हितमा सोच्नेहरुको संख्या बढी छ । त्यसका कारण पनि प्रहरीले चुस्त, दुरुस्त सेवा प्रवाह गर्न सकेको छैन । आन्तरिक रुपमा देखिएको गुटबन्दी डरलाग्दो छ । मानौं, प्रहरी संगठन एउटा राजनीतिक दल जस्तो । कुनै पनि अधिकृतले कुनै पनि हाकिमलाई खुलेआम चुनौती दिने स्थिति छ । कोही फेसबुके सेलिव्रिटी बनिरकेकै छन् । भनसुन र पावर सेन्टर पुग्न नसक्नेहरु खुम्चिनुपर्ने स्थिति छ ।

प्रहरी संगठन यस्तो संगठन बन्नपुग्यो, आफन्तहरु शक्तिकेन्द्रमा छ भने जुनसुकै कमजोरी भएपनि नेतृत्वमा पुग्ने क्षमता राख्दछ । कुनै समय तरुनीसँग मस्ती गरेर फर्केका इन्स्पेक्टर दुर्घटनामा बालाजुमा दुर्घटनामा परे । उनको आँखा गुम्यो । मापसे गरेर दुर्घटना परेका तिनै अफिसरलाई कारवाही होइन, उपचारका लागि तत्काल एक लाख अमेरिकी डलर खर्च गरेर उपचार गरियो । उपचार मात्र होइन, प्रहरी संगठनको नेतृत्व गर्ने अवसरसमेत प्रदान गरियो । यो सबै शक्तिमा नातागोता थियो, सम्भव भयो । यो एउटा गुटबन्दीको नराम्रो उदाहरण थियो ।

प्रहरी संगठनभित्र रहेको गुटबन्दीको अन्त गर्नका लागि पनि अबको नेतृत्व सक्षम हुनैपर्छ । एसएसपीसम्म आइजीपीले बढुवा गर्न पाउने अधिकार छ । तर कुन आइजीपीले त्यो गर्न सक्यो ? दिनभर फाइल च्यापेर गृहको ढोकामा कुर्नुबाहेक अहिलेसम्मका आइजीपीसँग अरु अनुभव के छ ? गृहमन्त्री र शक्तिकेन्द्रहरुको सिफारिसबाहेक आइजीपीले पाएको अधिकार प्रयोग गर्न सकेको छैन । अबका आइजीपीहरुले त्यो गर्न सक्नुपर्छ, होइन भने प्रहरी जवानदेखि एआइजीसम्म किन आइजीपीप्रति उत्तरदायी हुने ? प्रहरी महानिरीक्षक भनेको प्रहरी संगठन पनि हो । नेतृत्व हो । त्यसैले अहिलेसम्म पाएको अधिकार सदुपयोग गर्नसक्यो भने सक्षम आइजीपी हुनेमा शंका छैन । विगतमा जस्तो आइजीपीलाई आफ्ना घरमा काम गर्ने नोकर चाकर जस्तो व्यवहार गर्ने प्रवृत्ति गृह प्रशासनमा रह्यो भने पक्कै पनि नयाँ नेपालको नयाँ सुरक्षाको अनुभूति गर्न सक्ने छैन ।

इन्काउन्टर कति होला आइजीपी साप ?
गुण्डा तह लगाउन प्रहरीका लागि सधै हम्मेहम्मे नै पर्छ । कतिपय प्रहरी अधिकृतहरु नै गुण्डाहरुसँग मिलेर आफ्ना धन्दा चलाउनेहरु पनि छन् । गुण्डाहरुलाई नै संरक्षण गर्ने र कुम्ल्याउने प्रहरीहरु नभएका पनि होइनन् । प्रहरीको नयाँ सरुवाको पहिलो मन्तव्यमै भनिन्छ– ‘गुण्डागर्दी तह लाउँछु ।’ गुण्डा तह लाउने उपाय के होला भन्ने सबै प्रहरीका चिन्ताको विषय नै बनेको थियो । अपराध महाशाखा प्रमुख पुष्कर कार्कीले सुरुवात गरेको इन्काउन्टर सिलसिला सर्वेन्द्रले पनि दोहो¥याए । कांग्रेस नेताहरुको संरक्षणमा रहेका कुमार घैंटे इन्काउन्टरमा मारिए ।

समाजमा आपराधिक गतिविधि सञ्चालन गर्ने गुण्डाहरु राजनीतिक संरक्षणमा नै छ । विगतमा एकाध गुण्डाहरु इन्काउन्टरमा मारिए पनि अहिले पनि गुण्डाहरु विभिन्न राजनीतिक दल र आवरणमा छँदैछ । सर्वेन्द्र खनाल प्रहरीको प्रमुख नै भएका छन् । अब झन इन्काउन्टर गर्ने मनोवल बढ्ला कि घट्ला भनेर चर्चा भएकै छ । त्यसैले पनि इन्काउन्टर गर्ने क्रम कत्तिको होला ? भनेर प्रश्न गर्नेहरु पनि उत्तिकै छ ।

इन्काउन्टर गर्दै गुण्डा सिध्याउने अभियानप्रति पनि सबैको एउटै धारणा छैन । मानिसले गलत गर्न सक्छ । उसलाई सुध्रिने मौका दिनुपर्छ । इन्काउन्टरको नाममा मानिसको ज्यानै मार्ने काम हुनु पनि राम्रो होइन । मानवअधिकारको रक्षा गर्नु पनि प्रहरीको कर्तव्य नै हो । यो कर्तव्यबाट विमुख कदापि हुनु हुँदैन । विगतमा म्याच फिक्सिङ प्रकरण होस वा इन्काउन्टर, सबैमा काविल दरिँदै आएका सर्वेन्द्र र शैलेन्द्र नेतृत्वमा पुगेपछि कत्तिको सफल हुने हो त्यो भने समयले नै पुष्टि गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com