ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति


एबीसी न्यूज
असार ७, २०८३ आईतबार   १० : २१   बजे

चितवन, ७ असार । प्रधानमन्त्री बालेन शाहले गत १७ जेठमा प्रतिनिधिसभा रोस्ट्रममा उभिएर नेपालको सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिका कारण अहिलेसम्म तरंगित भइरहेको राष्ट्रवादी कित्तालाई बल्ल उनले आज चितवनबाट जवाफ दिएका छन् । उनले सीमा विवादबारे आफूले दिएका दुई अभिव्यक्तिको रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्ने क्रममा जवाफ दिए ।

१७ जेठमा बालेनले के भनेका थिए ?

प्रधानमन्त्री बालेन शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए । प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा उनले यो विषय समाधानका लागि कोसिस भइरहेको उल्लेख गरेका थिए । त्यही क्रममा उनले विवादित भनाइ आयो- ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । यो विषयमा दुई पक्ष बसेर हेर्नुपर्नेछ ।’

उनले योसँगै अर्को अभिव्यक्ति पनि दिएका थिए । ‘भूमि सम्बन्धी टेबल टक गर्ने कुरा भएको छ’ उनले भनेका थिए,’ यो बारेमा इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं । यसबारेमा टेबल टक गर्नुपर्छ ।’

प्रधानमन्त्री बालेनका यी दुवै भनाइ विवादमा परे । विपक्षीहरूले लगातार यो विषयमा संसद्मा प्रधानमन्त्रीको बोली रेकर्डबाट हटाउनुपर्ने माग गरे । प्रधानमन्त्रीको यो भनाइ आए लगत्तै त्यही दिन साँझ परराष्ट्र मन्त्रालयले भनाइको आसय के हो भन्ने स्पष्टीकरण सहितको विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइ क्रेस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको उल्लेख गरियो ।

तर विपक्षीहरूले यो कुरा चित्त बुझाएनन् । बेलायतसँग पनि कुरा गर्नुपर्छ भन्ने अभिव्यक्ति परराष्ट्रमन्त्री शिशिर खनालले भारतमा पुगेर सच्चाइदिए । भारतले पनि दुई देशको मामिलामा तेस्रो मुलुकको मध्यस्थकर्ता आवश्यक नरहेको भन्दै यो विषयमा आफ्नो धारणा बाहिर ल्यायो ।

तर प्रधानमन्त्री बालेन संसद्मा आएर आफ्नै भनाइको आसय स्पष्ट पार्न चाहेनन् । संसद् निरन्तर अवरुद्ध भएपछि समाधान खोज्ने सिलसिलामा परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा प्रधानमन्त्रीतर्फबाट जवाफ दिए । त्यसपछि संसद् खुलेको छ । तर प्रधानमन्त्रीको अभिव्यक्तिप्रतिको सदन र सडकको आपत्ति हटिसकेको थिएन ।

तर आज चितवनबाट प्रधानमन्त्री बालेनले आफ्नो अभिव्यक्तिको आसय  स्पष्ट पारेका छन् ।

चितवनमा के भने ?

प्रधानमन्त्री बालेनले सीमाबारे प्रश्न उठाउनेहरूलाई कालापानी र लिपुलेकको विषयमा नेपालसँगै प्रमाण रहेको उल्लेख गरे ।

‘हामीले सीमाको विषयमा बोल्दा आपत्ति जनाइयो । मलाई अचम्म लाग्यो । तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस, हामीसित त प्रमाण छ । कालापानी लिपुलेकको प्रमाण छ । ब्रिटिसले राज गर्दा कालापानी लिपुलेकको त्यो प्रमाण ल्याउँछौँ भनेका हौँ । ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ । हामी हाम्रो छिमेकीसित आफैँ कुरा गरेर मिलाउँछौँ ।’

प्रधानमन्त्री बालेले सीमामा मध्यस्थकर्ताको हिसाबले कसैलाई पनि ल्याउन नचाहेको उल्लेख गरे ।

उनले नेपालले भारतको सीमा मिचेको भन्ने विषयमा भारतीयहरूसँग नै प्रमाण मागेको उल्लेख गरे  । उनले यो विषय उठाउँदा उनको राष्ट्रियताप्रतिको प्रतिबद्धतामा पनि प्रश्न उठाएका थिए । जुन कुराको बालेनले खण्डन गरे ।

उनले भने, ‘मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group