ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै


एबीसी न्यूज
असार २, २०८३ मंगलबार   ११ : १७   बजे

काठमाडौं, २ जेठ ।कानूनी तथा अन्तर्राष्ट्रिय मामिलाका लागि इरानी उप–परराष्ट्रमन्त्री काजेम गरिबाबादीले जानकारी दिएअनुसार इरानविरुद्धको अमेरिकी नौसैनिक नाकाबन्दी आज रातिदेखि हटाइनेछ र लेबनानसहित सबै मोर्चामा युद्ध तथा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य भएको घोषणा गरिएको छ । इरानको अर्ध–आधिकारिक तस्निम समाचार एजेन्सीकाअनुसार इरान र संयुक्त राज्य अमेरिकाले जुन १९ मा स्विट्जरल्याण्डमा शान्ति सम्झौताको समझदारी पत्रको अन्तिम मस्यौदामा हस्ताक्षर गर्ने गरिबाबादीले बताएका छन् । तस्निमले एक स्रोतलाई उद्धृत गर्दै स्विट्जरल्याण्डमा हुने हस्ताक्षर समारोहपछि रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज (हर्मुज जलडमरुमध्य) पुनः खोलिने जनाएको छ । यसैबीच, इरानको सरकारी टेलिभिजनले पनि गरिबाबादीलाई उद्धृत गर्दै इरानको आणविक कार्यक्रम र प्रतिबन्धहरू हटाउने विषयमा अमेरिकासँग ६० दिने वार्ताको अवधि सुरु हुनु अमेरिकाले आफ्ना प्रारम्भिक प्रतिवद्धताहरू पूरा गरेमा मात्र निर्भर रहने बताएको छ, जसको प्रमाणीकरण तेहरानले अहिलेदेखि हस्ताक्षर समारोहसम्म गर्नेछ । विशेषज्ञहरूका अनुसार यो सम्झौताले द्वन्द्व अन्त्य गर्न र क्षेत्रीय स्थिरता पुनःस्थापना गर्न आशा जगाएको छ, तर गहिरो मतभेदहरू अझै कायमै छन् । इजिप्टको क्यापिटल युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक मागेद बोट्रोस भन्छन्, “यदि यो सम्झौता सफल भयो भने, खाडी क्षेत्रको क्षेत्रीय अर्थतन्त्र बिस्तारै पूर्ववत अवस्थामा फर्किनेछ, तर यो प्रत्यक्ष वा अचानक सुधार हुने छैन किनभने यसलाई पुनरुत्थान हुन लामो समय चाहिन्छ । विस्तृत विवरणहरूमा कुनै सहमति भएको छैन र ती विवरणहरू अमेरिका र इरानद्वारा विरोधाभासपूर्ण रूपमा व्याख्या गरिन सक्छन्। अन्य संलग्न पक्षहरू, जस्तै इजरायल, लेबनान र यमनलाई स्पष्ट र स्थायी समाधानमार्फत सम्बोधन गरिएको छैन । यो सम्झौता केवल एक रूपरेखा सम्झौता (फ्रेमवर्क सम्झौता) हो। यो न त व्यापक छ, न त स्पष्ट छ, र यो दिगो हुने अपेक्षा पनि गरिएको छैन ।” 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिकाको एडवार्ड्स एयर फोर्स बेसमा बी-५२ बमवर्षक विमान दुर्घटना: ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group