ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मसला बेचेरै तीर्थयात्रा


एबीसी न्यूज
चैत्र २७, २०७४ मंगलबार  २ : ०४ बजे

झापा, २७ चैत ।  आर्थिक अभावका कारण धेरै व्यक्तिले चाहेर पनि इच्छाअनुसार तीर्थयात्रा गर्न सकेका छैनन् । मेचीनगरकी एक वृद्धा भने स्थानीय बजारमा घरेलु मसला बेचेर भएको आर्जनले विदेशसम्मका विभिन्न धार्मिकस्थलको दर्शन गर्दै आउनुभएको छ ।

मेचीनगर–१० धुलाबारीकी ५८ वर्षीया दिनो राजवंशी विगत एक दशकदेखि घरेलु मसला बेचेको कमाइले तीर्थयात्राको इच्छा पूरा गर्दै आउनुभएको हो । वर्षमा दुईपटक तीर्थ यात्रामा निस्कने गर्नुभएकी राजवंशी एकपटकको यात्रामा रु ५० हजारदेखि रु ६० हजारसम्म खर्च हुने गरेको बताउनुहुन्छ ।

गत माघ महिनामा उहाँ भारतको मायापुरी, वृन्दावन, जगनाथपुरीलगायत धार्मिकस्थलको दर्शनमा जानुभएको थियो । अब चाँडै अर्को तीर्थस्थलको भ्रमणमा जाने उहाँको तयारी छ । तीन छोरी र एक छोराकी आमा राजवंशी सीमावर्ती भारतको नक्सलबाडीबाट सुकेको खुर्सानी, जिरा र धनियाँ किनेर ल्याउनुहुन्छ । मसलामा प्रयोग हुने बेसार भने गाउँघरबाटै जुटाउनुहुन्छ ।

परम्परागत रुपमा घरमै प्रयोग हुँदै आएको काठको ओखलमा मुसलले कुटेर उहाँ मसला बनाउनुहुन्छ । यसरी खुर्सानी, बेसार, जिरा तथा धनियाँको मिश्रित र अलग अलगसमेत मसला बनाएर राजवंशी स्थानीय धुलाबारी बजारमा दैनिक बिक्री गर्नुहुन्छ ।

“मेसिनमा भन्दा ओखलमा पिसेको मसला बढी स्वादिलो हुन्छ,” उहाँले भन्नुभयो । घरमै पिसेको मसला बढी स्वादिलो हुने र अखाद्य पदार्थ मिसावट नहुने भएकाले स्थानीयवासी मसला किन्न आउने गरेका छन् । उहाँले बनाउने मसला बजारमा निकै लोकप्रिय छ ।

उहाँ मसला बोकेर आफै बजार धाउनुहुन्छ । नगरपालिकाले बनाएको एउटा टहरामा बसेर राजवंशीले मसला बिक्री गर्दैआउनुभएको छ । दैनिक करिब पाँच किलोसम्म मसला बिक्री हुन्छ । “रु एक हजारदेखि रु एक हजार ५०० सम्म मुनाफा हुन्छ,” उहाँले भन्नुभयो । मसलाको कमाइले घरपरिवारको भरणपोषणमा खर्च गर्ने गरेको राजवंशी बताउनुहुन्छ ।

“आम्दानीको अधिकांश हिस्सा तीर्थयात्रामा खर्च हुन्छ,” उहाँले भन्नुभयो । तीर्थयात्रामा जान अहिलेसम्म कसैसँग पैसा माग्नु नपरेको उहाँको भनाइ छ । घरमा एक्लै बस्दा दिग्दारी लाग्ने हुँदा सानोतिनो काममा लाग्दा आम्दानी पनि हुने भएकाले उहाँ अरुलाई मसला बेच्न सल्लाह दिँदै आउनुभएको छ । राजवंशीको सल्लाहमा गाउँका अरुदे पनि मेचीनगरका विभिन्न बजारमा मसला बेच्न थालेका छन् ।

राजवंशीलाई घर परिवारबाट पर्याप्त सहयोग पाइएको छ । “हजुरआमाको तीर्थयात्रामा गइरहने बानी छ”, बिर्तामोडको मनकामना कलेजमा स्नातक अध्ययन गर्दैआउनुभएकी नातिनी मनिषाले भन्नुभयो, “हामीले उहाँलाई मसला व्यापारमा सहयोग गर्दैआएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com