ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बिस्केट जात्राः नागनागिनीको कथा भ्रम मात्र’


एबीसी न्यूज
चैत्र २७, २०७४ मंगलबार   १ : ४१   बजे

भक्तपुर, २७ चैत ।  सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा आजदेखि शुरु हुँदैछ ।
नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै शुरुआत गरिन्छ । काठैकाठले प्यागोडा(छाने)शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्रााङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार र निशान राखिन्छ ।
बिस्केट जात्राको पहिलो दिन टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट भैरवनाथ र भद्रकालीको रथ क्वने र थनेका बासिन्दाले रथको अगाडि र पछाडिबाट तानातान गरेर आआफ्नो टोलतर्फ लैजाने परपम्परा छ । जात्राको मुख्य आकर्षण रथ तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याई त्यहाँबाट फर्काएर गःहिटीमा रथ पु¥याइएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ ।

त्यसैगरी पहिले क्वनेतर्फ तानेर लानसके टेखापुखुसम्म ल्याइने र त्यहाँबाट पुनः टौमढी हुँदै दत्तात्रय पु¥याएर त्यहाँबाट फर्काई गःहिटीमा रथ पु¥याउनुपर्ने परम्परा छ । जात्रामा रथ तान्ने परम्परागत मार्ग क्वनेतर्फ टौमढी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल र तेखापुखुसम्म तथा थनेतर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो र दत्तात्रयसम्म छ ।

विसं २०७२ को भूकम्पले रथ तान्ने मार्गका घरमा क्षति पु¥याएको र ती संरचना पुनःनिर्माणका चरणमा रहेकाले यस वर्ष टौमढीबाट क्वनेतर्फ बुलुँचा र थनेतर्फ साकोठासम्म मात्र रथ तान्ने तयारी भएको प्रजिअ द्रोण पोखरेलले जानकारी दिनुभयो ।

तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रुपमा लाकुलाछेवासीलाई बाँडिन्छ, जसलाई नेपाल भाषामा ‘स्याक्वः त्याक्वः’ भनिन्छ । जात्राकोे चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसीं(हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ ।

पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने मान्यता छ ।

लिङ्गो उभ्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । लिङ्गो उठाएको हेर्नाले शत्रु नाश हुन्छन् भन्ने मान्यतानुसार यसलाई ‘शत्रुहन्ता जात्रा’ पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पु¥याइन्छ । लिङ्गो उठाइनासाथ स्थानीय बाराहीदेवीको तिंप्वाः जात्रा मनाइन्छ ।

जात्राको पाँचौंँ दिन वैशाख १ गते लिङ्गो ढालिन्छ । त्यसलगत्तै खँला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाइने परम्परा छ जसलाई नेपाल भाषामा ‘द्यः ल्वाकिगु जात्रा’ भनिन्छ । साँझपख दुमाजुदेवीको जात्रा गरिन्छ । अन्तिम दिन भैरवनाथको रथ गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरिन्छ ।

थिमीमा प्राप्त नेसं ५०० को तमसुकपत्रमा विश्वकेतुलाई सम्झाउने पर्यायका रुपमा ‘बिसिक’ शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पटक जात्रालाई सम्बोधन गर्दा ‘विश्वजात्रा’ भनी उल्लेख गरिएको छ ।

त्यसैगरी भक्तपुरको राजदरबारमा नेसं ८०८ र ८१८ को राजा जीतामित्र र भूपतीन्द्र मल्लका पालामा लिखित अभिलेखमा ‘बिस्क्यात’ शब्द उल्लेख छ । “तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ”, उहाँ भन्नुहुन्छ, “यी प्रमाणका आधारमा ‘विश्वकेतु’ भनेको संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामकरणअनुसार ‘बिसिक’, ‘बिस्क’, ‘बिस्का’ हुन पुगेको हो । त्यसैको अपभ्रंश भएर ‘बिस्केट’ हुन पुगेको हो । नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ ।”

प्रा डा श्रेष्ठले बिस्का जात्रा भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसमा प्रचलित सर्प मारिएको र नागनागिनीसँग जोडिएको किंवदन्ती भ्रम मात्र रहेको बताउनुभयो । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतीक लिङ्गोमा फहराइने एकजोडी हलिपत(ध्वजा) साक्षात् भैरव र भद्रकालीको हो । यसलाई जबर्जस्ती बिको अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट चल्दै आएको भम्र छ”, उहाँले भन्नुभयो, “नवदुर्गा गणलाई ‘वि त्वंकेगु’ भनी तान्त्रिक विधिपूर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म छ । अहिलेसम्म चलेका प्रमाण, अभिलेख र मल्लकालीन राजा जगत्प्रकाशदेखि शाहवंशीय राजा त्रिभुवन र ज्ञानेन्द्र तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फेरेका हलिपत हेर्ने हो भने विश्वकेतु, वीरध्वजा लेखिएको छ । विश्वनाथको ध्वजा विश्वध्वजा हो । वीर भनेर भैरवको बाहन वीर बेताललाई भनिएको हो । यो ध्वजा विश्वध्वजा र वीरध्वजा मान्न सकिन्छ । यसमा नागनागिनी भन्नु गलत हो ।”

बिस्केट जात्रामा पहिलो र अन्तिम दिन रथ तान्ने र लिङ्गो उठाइने बेलामा हुने सम्भावित झडप रोक्न यस वर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी भएको प्रजिअ पोखरेलले बताउनुभयो । यस वर्ष जात्रामा नेपाल प्रहरीका पाँच सय र सशस्त्र प्रहरीका तीन सय जनशक्ति परिचालन गरिने छ । जात्रामा उच्छृङ्खल गतिविधि गर्नेको पहिचान गर्न सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिनेछ । रथमा अनियन्त्रित तरिकाले अत्यधिक मानिस चढ्ने गर्दा रथबाट खसेर घाइते हुनाका साथै किचेर ज्यानसमेत जाने गरेकाले रथमा भैरव नाइके, गुथी र स्थानीय क्लबका पदाधिकारी मात्र चढ्ने व्यवस्था गरिनेछ ।

जात्रामा हुलदंगा गर्नेको पहिचानका लागि चोकचोकमा सिसी क्यामेरा जडान गरिने छ । सुरक्षा व्यवस्थामा खलल पु¥याउनेलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group