ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकारमा अस्वाभाविक ठूलो भयो, यो वास्तविक बजेट होइन : पूर्वअर्थमन्त्री पुन


एबीसी न्यूज
जेष्ठ १५, २०८३ शुक्रबार   ८ : ३६   बजे

काठमाडौं, १५ जेठ । पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट अस्वाभाविक रूपमा ठूलो आएको टिप्पणी गरेका छन् । नेपाली कम्यनिस्ट पार्टीका सांसद समेत रहेका पूर्वमन्त्री पुनले बजेट भाषणपछि संसद् परिसरमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

‘योजना आयोगले तोकेको सिलिङ २० खर्ब वरिपरि थियो । त्यसमा झन्डै डेढ खर्ब बढी बढाइएको छ,’ पुनले भने, ‘त्यसैले यो बजेटको आकार अस्वाभाविक रूपमा बढाइएको छ । यो वास्तविक होइन, अर्थमन्त्री स्वयंलाई पनि थाहा छ ।’

विगतमा १८र१९ खर्बको बजेट ल्याउने र पछि मूल्यांकन गरेर १५र१६ खर्बमा झार्ने आउने गरेको उनले स्मरण गराए ।

अर्कातिर सबैतिर छुट दिने, अनुदान दिने कुरा अर्थमन्त्री वाग्लेले गरेको बताउँदै उनले त्यो कुरा नराम्रो नभएको उनले बताए । ‘तर, के हाम्रो अर्थतन्त्रले धान्छ रु भन्दा धान्न सक्ने देखिँदैन,’ पूर्वअर्थमन्त्री पुनले भने ।

विगतमा कम्युनिस्ट अर्थमन्त्रीलाई वितरणमुखी बजेट भयो भन्ने आरोप लाग्ने गरेको स्मरण गर्दै उनले अगाडि भने, ‘स्वयं अहिलेकै अर्थमन्त्रीले धेरै पटक, धेरै बजेटमा यो अलि लोकप्रिय, कनिका छर्ने खालको भन्नुहुन्थ्यो । अहिले उहाँकै बजेट वितरणमुखी देखियो ।’

बजेटमा रास्वपाको स्थानीय तह निर्वाचनमुखी सोच देखिएको उनले टिप्पणी गरे । ‘अहिलेको जस्तो लोकप्रियता सधैं नरहनसक्छ भन्ने मनोविज्ञानले कहिँ न कहिँ वितरणमुखी बजेटले जनमत जुटाउन सकिन्छ कि भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

सम्बन्धित

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

कांग्रेसको प्रतिक्रिया– आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल आउँदैन

अब बिजुलीमा पनि भ्याट लाग्ने

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

नवीनताको नाममा अन्योलपूर्ण बजेट: एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group