ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनको अभ्यास कार्यकारी राष्ट्रपतिको अमेरिकी मोडेलको जस्तो भयो– शंकर पोखरेल


एबीसी न्यूज
जेष्ठ ७, २०८३ बिहीबार  ८ : २४ बजे

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाह शासकीय प्रणाली विपरीत प्रत्यक्ष शासन संचालन गर्न उद्यत रहेको बताएका छन्।

दाङको तुलसीपुरमा बिहीबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले मुलुकको शासन प्रणाली संसदीय लोकतन्त्रको भए पनि प्रधानमन्त्री शाहको अभ्यास अमेरिकाको जस्तो प्रत्यक्ष राष्ट्रपतिको जस्तो देखिएको बताएका हुन। लोकतन्त्र भनेको जनता प्रति जबाफदेहीताको शासन व्यवस्था हुने र संसदीय लोकतन्त्र भनेको संसदप्रति प्रधानमन्त्री जबाफदेही हुने प्रणाली हुने भन्दै उनले चुनाव पछि दुई वटा संसद अधिवेशन बसिसकेको भए पनि दुवै अधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन नगरी सकिएको बताएका हुन्।

‘अर्थात संसदप्रति प्रधानमन्त्रीको जबाफदेहीता छैन। यति सम्मकी आफ्नै नीति कार्यक्रम वाचन भइरहँदा, सम्माननीय राष्ट्रपतिले नीति कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्रीलाई संसदमा बस्नु पर्ने आवश्यकता पनि महसुस हुँदैन। र त्यसमा पश्चाताप बोध पनि हुँदैन। प्रधानमन्त्रीलाई पनि हुँदैन प्रधानमन्त्रीको पार्टीलाई पनि हुँदैन,’ पोखरेलले भने ‘हामी के साँच्चै संसदीय लोकतन्त्रको बाटोमा हिडिरहेका छौं तरु हिडिरहेका छैनौं।’ संसदीय लोकतन्त्रको विशेषता सरकार अविछिन्नन अधिकार संस्थाको रुपमा मान्ने गरिने भए पनि तर यो सरकारले अध्यादेशका माध्यमबाट पुरानो सरकारले गरेका सबै नियुक्तिहरूलाई बदर गर्ने काम गर्दै आएको भन्दै महासचिव पोखरेलले त्यसको विरोध गरे।

‘यो संसदीय लोकतन्त्रको दुनियाँमा काहीँ हुँदैन,’ उनले भने ‘ प्रणाली संसदीय लोकतन्त्रको अभ्यास कार्यकारी राष्ट्रपतिको अमेरिकी मोडेलको। यो संगति मुलक हो त ? यो लोकतान्त्रिक हो त ?’प्रधानमन्त्री बालेनको यस्तो शैलीले भविष्यमा गलत परम्पराको सुरुवात गर्ने उनले चिन्ता व्यक्त गरे।‘अहिले त एउटा दलको बहुमतको सरकार छ,’ उनले भने ‘ भविष्यमा हङ पार्लियामेन्ट भयो र ६–६ महिनामा ९–९ महिनामा सरकार बदलिन थाल्यो भने र यसै गरी राजनीतिक नियुक्तहरु बदर हुन थाल्यो भने मुलुकको हालत के होला ?’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सत्ताभित्रको असन्तुष्टि संसद्‌मा छताछुल्ल

कांग्रेसको आरोप: सभामुख अर्यालले संसदीय मर्यादा उल्लंघन गरेको दाबी

सम्बन्धित

हर्कराज राईको कडा अभिव्यक्ति: बालेन्द्र साहको राजीनामा माग

इजरायलको आक्रमणबाट लेबनानमा १९ जनाको मृत्यु

फेसबुकमा सिनियर अफिसरको तस्बिर राखेर ‘तिमीहरूले मलाई मारेउ’ लेखेका बैंकर मृत भेटिए

आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदरावाद प्लेअफमा

संसदमा हर्कराज राईको प्रश्नः के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?

थाइल्याण्डद्वारा कम्बोडियासँगको सामुन्द्रिक सम्झौता खारेज; अब ‘युनक्लस’ ढाँचाअनुसार वार्ता अघि बढाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com