ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलको आक्रमणबाट लेबनानमा १९ जनाको मृत्यु


एबीसी न्यूज
जेष्ठ ६, २०८३ बुधबार   ९ : ०७   बजे

काठमाडौँ, ६ जेठ । इजरायलको हवाई आक्रमणबाट दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार डेइर कानौन शहरमा तीन बालबालिका र तीन महिलासहित १० जना एकैठाउँ मारिएका छन् । यसबाहेक नाबाटिएह र टायर जिल्लामा पनि भएका आक्रमणबाट थप नौ जनाको मृत्यु भएको र २९ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।पछिल्लो घटना अमेरिकाले लेबनान र इजरायलबीच युद्धविराम ४५ दिनका लागि थप गर्न सहमति भएको घोषणा गरेको एक साता पनि नपुग्दै यो घटना भएको हो ।

युद्धविराम कायम रहेको भनिए पनि इजरायल र हिजबुल्लाहबीच विशेषगरी दक्षिणी लेबनान क्षेत्रमा निरन्तर गोली हानाहान भइरहेको छ ।इजरायलले आफूले हिजबुल्लाहलाई मात्र लक्षित गरेको बताउने गरेको छ । तर आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारण पनि मारिने गरेका छन् । हिजबुल्लाहले पनि उत्तरी इजरायलका बस्ती तथा दक्षिणी लेबनानका केही क्षेत्रमा तैनाथ इजरायली सैनिकमाथि रकेट र ड्रोन आक्रमण गरिरहेको छ । मंगलबार हिजबुल्लाहको आक्रमणबाट एक जना इजरायली सेना मारिएका थिए ।

इरान समर्थित सशस्त्र शिया इस्लामवादी समूह हिजबुल्लाहले अमेरिकी–इजरायली हमलाको प्रतिशोधस्वरूप इजरायलमाथि रकेट प्रहार गरेपछि मार्च २ मा लेबनान पनि युद्धमा तानिएको थियो । अमेरिका र इजरायलले गरेको संयुक्त हमलामा इरानका सर्वोच्च नेता अलि खामेनी लगायतका शीर्ष नेताहरु मारिएका थिए ।लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्चयता इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ ।यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकुहरू दक्षिणी लेबनानको हद्दाथा नगर क्षेत्रतर्फ अघि बढ्न खोजेको र इजरायली सेनासँग भिडन्त जारी रहेको जनाएको छ ।

इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना लडाकुहरूले एउटा इजरायली ट्यांक ध्वस्त पारेको दाबी पनि गरेको छ ।हिजबुल्लाहले दक्षिणी लेबनानमा इजरायली फौजमाथि र उत्तरी इजरायलको सीमा नजिक रहेको ‘आइरन डोम’ हवाई प्रतिरक्षा प्रणालीमाथि पनि आक्रमण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group