काठमाडौ, जेठ ६ गते । पूर्व महान्यायाधिवक्ता डा. मुक्ति प्रधानले न्यायपालिकाको गरिमा, शक्ति पृथकीकरण र नागरिक न्यायमा पहुँच रोक्ने कार्य भएको भन्दै बारले सर्वोच्च अदालत परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गरेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने यस्ता कदमले स्वतन्त्र न्यायपालिकाको अवधारणामा गम्भीर आचँ पुराएको छ । कार्यपालिकाले अन्य वा राजनीतिक स्वार्थले न्याय प्रशासनलाई आफनो प्रभावमा पार्न खोजेको उनले बताए । न्यायिक सुधार भन्दा पनि सरकारले गलत थिती बसाउन खोजिएको उनको भनाई छ ।



















प्रतिक्रिया दिनुहोस्