काठमाडौ, जेठ, ६ गते । कृषि विज्ञ डा. रत्न कार्कीले कृषि क्षेत्रको उत्पादनको अवस्था नाजुक रहेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने नेपालले वार्षिक १० देखि १२ अर्ब रुपैयाभन्दा बढीको धान चामल आयात गरेको छ । चामलको बढ्दो आयात रोक्न आधुनिक कृषि खेती प्रणालीमा किसानलाई जोडनुपर्ने उनको भनाई छ । मल , विउँ विजन तथा बजारको ग्यारेन्टी सरकारले नगर्दा किसान निरास भएको उनले बताए । जिरा मसिनो र बासमती जस्ता चामल नेपालमै उत्पादन हुने उनको भनाई छ । स्वदेशमै यस्ता उन्नत जातका धानको बीउ विकास र वितरणमा सरकारले ध्यान दिन सके कृषिबाट आर्थिक समृद्धी हासिल हुने उनको भनाई छ ।



















प्रतिक्रिया दिनुहोस्