ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लाको नेप्का गाउँमा बाढीपहिरोको कहर: विद्यालय, गोठ र खेतीयोग्य जमिनमा व्यापक क्षति


एबीसी न्यूज
जेष्ठ ६, २०८३ बुधबार  ६ : ५० बजे

Image
Image
Image
Image
Image
Image


हुम्ला : हुम्लाको दुर्गम चंखेली गाउँपालिका–५ अन्तर्गत पर्ने नेप्का गाउँमा गएराति आएको भीषण बाढीपहिरोले ठूलो भौतिक क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार असिना र भारी वर्षासहित आएको बाढीले गाउँको संरचना, कृषि र पशुपालन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ।

सबैभन्दा ठूलो क्षति डाँफे आधारभूत विद्यालयमा पुगेको छ, जसलाई बाढीले पूर्ण रूपमा बगाएको बताइएको छ। यससँगै गाउँका विभिन्न स्थानमा रहेका गोठहरू पनि पहिरोले पुरिँदा भेँडाबाख्रामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीय बासिन्दा छक्कबहादुर तामाङका अनुसार, “राति अचानक आएको बाढीले गाउँलाई तहसनहस बनायो। विद्यालय, गोठ र खेतीयोग्य जमिन सबैमा ठूलो क्षति पुगेको छ।”

वडाध्यक्ष हर्कधन तामाङले आफ्नो र धनसिंह तामाङको गोठ पहिरोले पुरिएको पुष्टि गर्दै क्षतिको यकिन विवरण अझै आउन बाँकी रहेको जानकारी दिए।
उनले भने, “म गाउँपालिकाको केन्द्रमा छु। राति गोठ पुरिएको खबर आएको छ, भेँडाबाख्रा पनि पुरिएका छन् भन्ने सुनेको छु, थप विवरण संकलन भइरहेको छ।”

गाउँमा मुख्य रूपमा कोदो खेती हुने जमिनमा पनि बाढीले गम्भीर क्षति पुर्‍याएको छ। स्थानीयका अनुसार धेरैजसो खेतबारी बगाएर नष्ट भएको छ।
“जग्गा पूरै तहसनहस भएको छ, के बाँकी छ भन्ने पनि थाहा छैन,” वडाध्यक्ष तामाङले भने।

हालसम्म मानवीय क्षतिको कुनै पुष्टि भएको छैन। तर घटनाको पूर्ण विवरण आउन अझै समय लाग्ने देखिएको छ, किनकि नेप्का गाउँ अत्यन्त दुर्गम क्षेत्रमा पर्छ।

घटनाको जानकारी पाएलगत्तै मेल्छाम प्रहरीचौकीबाट प्रहरी टोली आज बिहान घटनास्थलतर्फ प्रस्थान गरेको छ। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले भने, “बाढीपहिरोबाट क्षति भएको सूचना आएको छ। स्थानीय र सुरक्षाकर्मीमार्फत् विस्तृत विवरण संकलन भइरहेको छ।”

नेप्का गाउँ हुम्लाको सदरमुकाम सिमकोटबाट उत्तर–पूर्वमा पर्ने चंखेली गाउँपालिकाको एक दुर्गम बस्ती हो। यहाँसम्म मोटरबाटो नपुगेकोले गाउँपालिकाको केन्द्रसम्म पुग्नसमेत करिब पाँच घण्टा जोखिमपूर्ण पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

यस प्राकृतिक विपत्तिले दुर्गम क्षेत्रका बासिन्दाको असुरक्षित जीवनशैली र पूर्वाधार अभावलाई पुनः उजागर गरेको छ। स्थानीयले तत्काल राहत, पुनर्स्थापना र दीर्घकालीन विपद् व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काभ्रेमा सैनिक ब्यारेक वरपर मरेका कागमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

मतदाता नामावली र निर्वाचन ऐन संशोधनका विधेयक आज संसद्मा प्रस्तुत हुने

सम्बन्धित

नेपाल आएको एपिजीको समूहका कस्ता छन् चासो, के छ सरकारको जबाफ ?

हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय र गोठमा क्षति

गर्मी बढेसँगै तराई क्षेत्रमा जनजीवन प्रभावित

मतदाता नामावली र निर्वाचन ऐन संशोधनका विधेयक आज संसद्मा प्रस्तुत हुने

ओलीको ‘डिफेन्सिभ’ चाल: पुनर्गठनको मुद्दालाई ‘वाम एकता’ को आवरणमा ‘डिल’ गर्ने रणनीति

ट्रम्प र पुटिनको भ्रमण: सी चिनफिङको कूटनीतिक चाल (एक्प्लेनर)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com