ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल आएको एपिजीको समूहका कस्ता छन् चासो, के छ सरकारको जबाफ ?


एबीसी न्यूज
जेष्ठ ६, २०८३ बुधबार  ८ : ५९ बजे

काठमाडौँ, ६ जेठ । नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले सबै उपाय अपनाउने प्रतिबद्धता जनाएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले यसमा कुनै कसर बाँकी नराखिने बताए।मंगलबार अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपिजी) अन्तर्गत इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजि) को कार्ययोजनाबारे छलफल भएको थियो।

एपिजी प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता दोहोर्‍याए।

उनले प्रधानमन्त्रीको नेतृत्वमा सरकार सुशासन स्थापना र विकासमा केन्द्रित रहेको बताए। जनताको जनमतको मुख्य सन्देश पनि सुशासन नै रहेको उनको भनाइ थियो।‘अहिलेको ग्रे लिस्टको अवस्था पछिल्लो ३० वर्षको कुशासनको परिणाम हो,’ उनले भने। नयाँ सरकार बनेपछि सुशासनका क्षेत्रमा भएका काम नागरिकले अनुभूति गर्ने खालका रहेको पनि उनले बताए।ग्रे लिस्टबाट बाहिरिन तत्काल र नियमित रूपमा गर्नुपर्ने काममा सरकारी निकाय सक्रिय रहेको उनले बताए। ती कामको निरन्तर मूल्यांकन भइरहेको पनि उनले उल्लेख गरे। पछिल्लो समीक्षा अवधिभन्दा अहिले नेपालको अवस्था धेरै फरक रहेको उनको दाबी थियो।कार्यक्रममा एपिजीका उपकार्यकारी सचिव डेभिड स्यान्नन ले नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको बताए।

छलफलमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, नेपाल राष्ट्र बैंक लगायतका निकायका अधिकारी सहभागी थिए।एफएटीएफले २०८१ फागुन ९ मा नेपाललाई दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो। नेपालले सूचीबाट बाहिरिन १५ बुँदे आइसिआरजि कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काभ्रेमा सैनिक ब्यारेक वरपर मरेका कागमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

मतदाता नामावली र निर्वाचन ऐन संशोधनका विधेयक आज संसद्मा प्रस्तुत हुने

सम्बन्धित

विभिन्न ब्राण्डका नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

परीक्षा अगावै कक्षा १२ को प्रश्नपत्र सार्वजनिक गर्ने २ युवक पक्राउ

हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय र गोठमा क्षति

गर्मी बढेसँगै तराई क्षेत्रमा जनजीवन प्रभावित

मतदाता नामावली र निर्वाचन ऐन संशोधनका विधेयक आज संसद्मा प्रस्तुत हुने

ओलीको ‘डिफेन्सिभ’ चाल: पुनर्गठनको मुद्दालाई ‘वाम एकता’ को आवरणमा ‘डिल’ गर्ने रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com