ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सी जिनपिङसँग वार्तालगत्तै ट्रम्पको चेतावनी–ताइवानले आफूलाई स्वतन्त्र घोषणा नगरोस्


एबीसी न्यूज
जेष्ठ २, २०८३ शनिबार  ८ : २८ बजे

काठमाडौं, २ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि ताइवानलाई एकतर्फीरुप्मा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन्।

बीबीसीका अनुसार, ट्रम्पले ताइवानको विषयलाई “अत्यन्त संवेदनशील” भन्दै कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढाउन सक्ने बताएका हुन्। बेइजिङबाट फर्किएलगत्तै ट्रम्पले ताइवानबारे अमेरिकाको अहिलेसम्मको अडानविपरित अभिव्यक्ति दिएपछि संसारभर तरंग उत्पन्न भएको छ ।

ट्रम्प र सीबीच भएको शिखर बैठकमा व्यापार, प्रविधि, सुरक्षा र ताइवानको मुद्दा प्रमुख एजेन्डामा रहेको थियो । सीले ताइवाबारे कुनै हस्तक्षेप नगर्न र ताइवान विषयमा कुरै नगर्न ट्रम्पलाई चेतावनी दिएका थिए ।भेटपछि ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै ताइवानले औपचारिक स्वतन्त्रताको घोषणा नगर्नुपर्ने संकेत दिएका हुन् । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ र कुनै पनि स्वतन्त्रताको प्रयासलाई “रेड लाइन” बताउँदै आएको छ।बेइजिङले आवश्यक परे बल प्रयोग गरेर पनि ताइवानलाई नियन्त्रणमा ल्याउने चेतावनी पटक–पटक दिँदै आएको छ। ट्रम्पको अभिव्यक्तिले ताइवानमा राजनीतिक र सुरक्षा चासो बढाएको बीबीसीले जनाएको छ।विश्लेषकहरूका अनुसार, अमेरिकाले लामो समयदेखि ताइवानलाई सैन्य र राजनीतिक समर्थन गर्दै आए पनि ट्रम्पको पछिल्लो टिप्पणीलाई चीनसँग सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्याे-सरकार जनतामाथि क्रुर बन्याे

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

सम्बन्धित

अमेरिकामाथि नेपालको शानदार जित

असार १५ सम्मको संसदीय क्यालेन्डरमा परेन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ

संसद्‌मा निष्क्रिय प्रधानमन्त्री बालेन फेसबुकमा सक्रिय

विस्थापित परिवारका बालबालिकालाई एसईईसम्म आवासीय छात्रवृत्ति उपलब्ध गराउँदै कामनपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com