ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“रातो चुरा पोते लगाउँछु”


एबीसी न्यूज

 


अछाम, २६ चैत ।  साँफेबजारको प्रभागाउँ जाने साँघुरो बाटोमा सेतुदेवी कुँवरको सानो चिया पसल छ । पसलमा आएका ग्राहकसँग भलाकुसारीसँगै चिया र चाउचाउ पकाएर उहाँको दैनिकी बित्ने गर्छ । रातो चुरा, पोते, रातो लुगा लगाएको देख्दा उहाँको श्रीमान् छैनन् भन्दा धेरैलाई पत्याउन गाह्रो हुन्छ ।

सेतुको श्रीमान् बितेको करीब १३ वर्ष भयो । उनले श्रीमान् बितेको दुई÷तीन वर्षसम्म रातो चुरा पोते लगाइनन् तर त्यसपछि भने रातो कपडा, चुरा पोते लगाउन छोडिनन् । “मैले रातो लगाएको देखेर गाउँघरमा धेरैले कुरा काटे, पसलमा आउने ग्राहकले पनि श्रीमान् बितिसक्दा पनि रातो लगाउने भनेर उल्टो प्रश्न गर्थे उनले भनिन् गाउँघरमा किन लगाएको भनेर सोध्नेहरु पनि आए तर मैले आफ्नो र छोराछोरीको खुशी हेरेँ ।

रातो चुरा पोते लगाएको देखेर बारम्बार शंकाको दृष्टिले हेर्ने समाजले सेतुलाई दुःख पर्दा समस्या के छ, के सहयोग गर्नुपर्छ भनेर सोध्न कहिल्यै आएनन् ।

विधुवाले सिन्दूर, पोते, टीकालगायतका शृङ्गार गर्न र रातो पहिरन लगाउन नहुने सामाजिक मान्यता आज पनि छ । एकल महिलाको पुनर्विवाहको कुरा त झनै परको विषय हो ।

पुरुषले श्रीमतीको निधन भएकै दिनदेखि अर्काे विहेको कुरा गर्दा कुनै अनौठो नलाग्ने त्यही समाज, एकल विधुवा महिलाको पुनर्विवाहबारे छलफल गर्नसमेत हिच्किचाउँछन् ।

सेतुलाई घरपरिवारबाट पनि सहयोग छैन । श्रीमान् बितिसकेपछि उहाँले आफ्नै घरमा बस्नका लागि निकै संघर्ष गर्नुप¥यो । तर अन्ततः घरबाट नै निकालियो । सेतु एउटा प्रतिनिधि पात्र मात्र हुन् । उहाँजस्ता श्रीमान् मरेर एकल बनेका थुप्रै महिलाले जीवन जिउन र आफ्ना सन्तानको पालनपोषणमा निकै संघर्ष गर्नुपरेको छ ।

चिया र चाउचाउ पकाएर सेतु आफूमात्र होइन, ग्राहकलाई पनि सन्तुष्ट बनाउनुहुन्छ । उनको हातको चिया र चाउचाउ खान पसलमा मानिसको निकै भीड लाग्छ । एकपटक पसलमा खाएर जाने मान्छे बारम्बार उहाँले पकाएको चाउचाउ र चियाको प्रशंसा गर्न र खान पसलमा पुग्छन् ।

त्यो सानो पसलमा उहाँका छोराछोरीको भविष्य पनि जोडिएको छ । उहाँका एक छोरा र एक छोरी छन् । छोरी साँफेबगरमा रहेको किण्डर गार्डेन बोर्डिन स्कूलमा कक्षा ७ मा पढ्छिन् । छोरा गाउँको प्रभाधम्कोट उच्च माविमा कक्षा १० मा पढ्छन् । छोरीलाई राम्रोसँग पढाएर आत्मनिर्भर बनाउने सोच सेतुकोे छ ।

छोरीलाई पढाउनुहुन्न भन्ने सोचबाट अलि माथि उठेको हाम्रो समाज छोरीलाई पढाउनुपर्छ भन्दै सरकारी विद्यालयमा पढाउने अभिभावकका लागि पनि गतिलो उदाहरण हुनुहुन्छ सेतु । “छोरीलाई बलियो बनाउने भनेकै पढाइ हो, त्यसैले राम्रोसँग पढाएर आफ्नो खुट्टामा उभिएको हेर्ने मन छ उहाँ भन्नुहुन्छ आफूले पाएको जस्तो दुःख छोरीले पाउन नपरोस् ।”

पसलबाट भएको केही आम्दानी र आफ्नो दिदीको सहयोगबाट उनले चार कोठाको पक्की घरसमेत बनाइसकेकी छन् । उहाँले भन्नुभयो, “श्रीमान्को कमाइमा बाँच्नु पर्दा हामीजस्ता महिलाले धेरै दुःख पाउनुपर्छ त्यसैले महिलाले आत्मनिर्भर हुन जरुरी पनि छ ।

श्रीमान् बितिसकेपछि धेरै दुःख भयो खान र बस्नलाई केही थिएन, अहिले यही व्यापारबाट छोराछोरीलाई पढाएको छु, चार कोठाको पक्की घर पनि बनाएँ, अहिलेसम्म कसैसँग हात थापेर खानुपरेको छैन । व्यापारबाट दैनिक एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुन्छ ।”

पसलको काममा छोराछोरीले पनि सघाउने गर्छन् । “महिलामा हिम्मत आँट अनि निडर हुनुपर्छ अनिमात्र यो समाजमा टिक्न सकिन्छ, दिनरात रक्सी खाएर श्रीमती कुट्ने श्रीमान् किन नहोस् त्यो महिलाको समाजमा मान सम्मान इज्जत हुन्छ । उहाँ भन्नुहुन्छ ‘‘तर श्रीमान् नभएको महिलाले जतिसुकै राम्रो काम गरेर समाजमा बस्न खोजे पनि चरित्रमाथि औँला उठाउँछन् ।” उहाँको व्यापार देखेर रिस गर्ने पनि धेरै छन् । उनीहरुको रिसले आफूलाई थप गरी खाने ऊर्जा मिलेको बताउनुहुन्छ ।

एकातिर एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोणका विरुद्ध लड्नुपर्ने चुनौती छ भने अर्काेतर जीवनसाथी गुमाउँदाको पीडा र सन्तानप्रतिको जिम्मेवारी बहन गर्नुपर्ने बाध्यताले एकल महिलाको जीवन संघर्षपूर्ण छ ।

अछाम जिल्लामा एकल महिलाको संख्या कति छ भन्ने यकिन तथ्याङ्क भने छैन । विसं २०६८ को जनगणनाअनुसार नेपालमा एकल महिलाको संख्या करीब छ लाख रहेको छ ।

एकल महिलालाई सम्पत्तिमा अधिकार, पुनर्विवाहको अधिकार, आकस्मिक कोषको स्थापना, राष्ट्रपति उत्थान कार्यक्रममा उद्यमशीलताको अवसरलगायत थुप्रै नीतिगत व्यवस्था लागू भएको छ । तर यस्ता नीति नियमले ग्रामीण भेगका एकल महिलालाई भने समेट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com