ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आत्मसमिक्षा सहित नया शिराबाट सम्बन्ध जोड्दै भारत


एबीसी न्यूज
चैत्र २६, २०७४ सोमबार   १० : १९   बजे

पछिल्लो समय भारतले लगाएको नाकाबन्दी र नेपालको संविधान विरुद्ध भारतको अन्तर्राष्ट्रिय लबिङलाई नेपालीले बिर्सन सक्दैनन् । तर, भारतले अब भने आत्मसमिक्षासहित नया“ शिराबाट सम्बन्धन सुधारको आभास दिन थालेको छ । जसको बलियो प्रमाण हो यसपटक दुईपक्षीय औपचारिक अनौपचारिक वार्ताहरुमा नेपालको आन्तरिक राजनीतिक मामिलाले प्रवेश नपाउनु नै । सबै तहका निर्वाचन सम्पन्न भएर नेपालमा बलियो सरकार बनिसेको छ । जुन सरकारका शक्तिशाली प्रधानमन्त्री अर्को मुलुक भारतका प्रधानमन्त्रीस“ग विशेष भलाकुसारी नै गरे ।

नेपाललाई सधैंभर दबाएर र निमोठेर राख्न सकिन्छ भन्ने सोच बोकेको भारत यतिबेला नेपाल नीतिको सवालमा आत्मसमीक्षाको चरणमा पुगेको हुनसक्छ । नरेन्द्र मोदी नेतृत्वको भारतले प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल सरकारस“ग विश्वासका साथ नया“ चरणबाट अघि बढ्न चाहन्छ भन्ने अनुभूति हुने गरि विभिन्न वार्ताहरु भएका छन । देशको पक्षमा बलियो अडान लि“दा कुनै न कुनै स्टेजमा पुगेर त्यो अडान स्थापित गर्न सकिने बुझाई नेपाली पक्ष्ँको छ ।

दुवै मुलुकमा दुरदर्शी र निर्णायक नेतृत्व छ । अनि दुबै प्रधानमन्त्री जनताबाट अनुमोदन बलिया कार्यकारी प्रमुख छन । नेपाल भारतबीच राजनीतिक नेतृत्वका तहमा अनुकुल वातावरण बनेको परराष्ट्र मामिला जानकारको बुझाई छ । यता नेपालमा पनि राजनीतिक अस्थिरता र सरकार बलियो भएकाले यतिबेला प्रधानमन्त्री ओलीलाई बलियोस“ग आफ्नो कुरा गर्ने आट आएको बताउ“छन् पूर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डे ।

नोकरशाही र खुफिया एजेन्सीहरुमार्फत नेपाललाई हेर्दा ‘क्षति भोगेको’ अनुभूति भारतीय राजनीतिक नेतृत्वले गरेको विभिन्न अनौपचारिक भेटघाटहरुबाट ओलीले पनि बुझेका हुनुपर्छ । त्यसैले यसपटक मोदी बिल्कुल फरक ढंगले प्रस्तुत भएको र व्यापार घाटादेखि टनकपुरको डेढ किलोमिटर सडक निर्माणसम्मका कुरामा गम्भिर रुपमा मोदीस“गको भेटमा ओलीले विषय उठाए । भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई पटकपटक सानासाना विषयको ख्याल गरेमा विश्वासको वातावरण बन्ने स्मरण गराए । ओलीले मोदीस“गको भेटमा नेपालको जुट र अदूवा निकासीदेखि व्यापार खाटा तथा सिमा क्ष्ँेत्रमा हुने डुबान समस्यासम्म उठाए ।

व्यापार घाटालाई नेपालका प्रधानमन्त्रीले सबैभन्दा गम्भिर एजेण्डा बनाएपछि मोदीले बढी नै चासो राखे । ओलीले विश्वासको आधार कमजोर भएको सन्दर्भमा पुलिस एकेडेमी निर्माणको विषयदेखि एकीकृत महाकाली सन्धी हुदा“ टनकपुर लिंकरोड बनाउने प्रतिबद्धता अझै पुरा नगरेको सम्झाए । महाकाली सन्धि भएको २० वर्ष पुगिसक्दा पनि टनकपुरमा भारतले जम्मा डेढ किलोमिटर सडक नबनेको भन्दै विश्वासको आधार माथि नै प्रश्न उठाए ओलीले । प्रधानमन्त्री ओलीले मोदीस“गको भेटमा पुराना प्रतिवद्धताका अवस्था र कार्यान्वयनबारे निकौ चासोको साथ लिएका थिए । दुई देशबीच विश्वासको आधार कमजोर नवनाउन आफुले गरेको प्रतिवद्धा पुरा हुनुपर्ने हो तर त्यस्तो भएन विगतका वर्षहरुमा ।

ओलीको उठाएका विषयमा मोदीले पुरा नहुका कारण पत्ता लगाई अब संयुक्त योजना बनाएर काम गर्ने प्रतिवद्धता जनाए । यता केही विषयमा भने मोदीले सम्बन्धीत निकाय र प्रदेश सचिवलायस“ग परामर्श गरि तत्कालै काम थाल्ने आश्वासन समेत ओलीलाई दिए । यसै वर्ष नरेन्द्र मोदीले नेपालको भ्रमण गर्ने संकेत गरेका छन । नेपालको चासो यसपटक विश्वासको आधार बनाउने र त्यो नबनी नया“ सम्झौता थपेर चाङ लगाउनेतर्फ नदेखेपछि मोदीले आफ्नो रणनीतिलाई सबै विषयमा तत्काल परिचालन गर्न सक्छन । जसले गर्दा दुवै देशको विश्वासमा थप मद्दत पुग्ने जानकारहरुको भनाई छ ।

यता नेपालबारे भारतमा विभिन्न भ्रम रहेकोप्रति पनि ओलीले खण्डन गरे । कम्युनिस्टले जितेपछि लोकतन्त्र खतरामा पर्न सक्छ, चीनको प्रभाव बढ्न सक्छ र नेपालको संविधान समावेशी छैन भन्ने भ्रम मात्र भएको भन्दै सार्वजनिक कार्यक्रम मार्फत नै ओलीले नया“ दिल्ली मै खण्डन गरे । नेपाल मामिला जानकार भारतीय विश्लेषक नेहार नायक पनि यसपटकको ओली भ्रमण सफल भएको टिप्पणी गर्छन् ।
‘सबका साथ, सबका बिकास’ भन्ने नारा लिएर ४ वर्षअघि महानिर्वाचनमा होमिएका मोदीले करीव दुई तिहाई बहुमतसहित भारतको नेतृत्व गर्ने जनमत पाएका थिए । वाम गठबन्धन बनाएर चुनाव जितेका ओलीले ‘सम्बृद्ध नेपाल, सुखी नेपाली ’ को नारा दिएका छन् ।
अब एक अर्काको परिपूरक बन्ने घोषणा मोदीले गरिसकेका छन् । भारतीय नाकाबन्दी ताकाको तनावपूर्ण र अविश्वासको सम्बन्धलाई बिर्सिएर एक अर्काका नारालाई सम्बृद्धिका परिपुरक बनाउन तत्पर हुनै पर्ने समय आएको छ ।

मोदीले ‘सबका साथ, सबका विकास’ भन्ने आफ्नो मन्त्र र ‘सम्बृद्ध नेपाली, सुखी नेपाल’ भन्ने ओलीको मन्त्र अब एक अर्काका परिपूरक हुने घोषणा गर्नुलाई पनि अर्थपूर्ण रुपमा लिन सकिन्छ । ओलीको सम्बृद्धि र विकासको दुरगामी लक्ष्यबाट मोदी प्रभावित भएकै हुनुपर्छ । त्यसैले मोदीले अब दुई मुलुक बीचको सम्बन्ध नया“ ढंगबाट सहकार्य गरी कमिकमजोरी र ढिलासुस्ती हटाउ“दै अघि बढ्न तयार भएकै हुनुपर्छ । यसबाट प्रष्ट हुन्छ कि भारत अब नेपालस“ग नया“ ढंगबाट अघि बढ्न नया“ रणनीति तयार पार्न चाहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

संविधान खेलौना होइन : सहिदको रगतबाट बनेको दस्तावेजमाथि राजनीतिक प्रयोग नगर

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

मध्यम शक्तिको भ्रम: छनोट नगर्नु विकल्प होइन !

असुविधा नै मानवता हो: एआईको ‘सजिलो’ बाटो रोज्नु किन घातक छ?

Who Writes Our Past? -Shashi Tharoor

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group