ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ ३ मतान्तरले विजयी


एबीसी न्यूज
बैशाख २३, २०८३ बुधबार   ८ : १२   बजे

काठमाडौं २३ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अधिकांश पदका नतिजा सार्वजनिक भएको छ।

मंगलबार भएको मतदानपछि वस्तुगत, जिल्ला–नगर र एसोसिएटतर्फका प्रमुख पदहरूको टुंगो लागेको हो।

वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ झिनो अन्तरले विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई मात्र ३ मतले पछि पार्दै ६३ मत प्राप्त गरे भने घिमिरे ६० मतमै सीमित भए। श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्र ढकाल र घिमिरेलाई वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको समर्थन थियो। 

जिल्ला–नगर उपाध्यक्षतर्फ कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्। शर्माले ८७ र श्रेष्ठले ८० मत ल्याउँदै प्यानललाई स्पष्ट जित दिलाए। यस पदका अन्य प्रत्याशी उमेश डालमिया र कल्पना गैह्रे पराजित भए। यता, एसोसिएट उपाध्यक्ष पदको नतिजा आउन बाँकी रहँदा प्रबलजंग पाण्डे र ज्योत्स्ना श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ।

एसोसिएट सदस्यतर्फ १७ सिटका लागि भएको प्रतिस्पर्धामा सचिन ढकाल १३१८ मतसहित पहिलो स्थानमा निर्वाचित भए। उनका पछाडि हेमन्त गोल्छा (१२०२), अम्बिका प्रसाद पौडेल (११८३), उज्ज्वल कुमार श्रेष्ठ (११४६) र शक्ति कुमार बेगानी (११४२) रहे।

यसैगरी ऋषि अग्रवाल, राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, सुशील थापा, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवश न्यौपाने, प्रियराज रेग्मी, ईश्वरबहादुर जी.सी., सुरज उप्रेती, कृष्णलाल महर्जन र डा. रामशरण थपलियाले पनि कार्यसमितिमा स्थान सुरक्षित गरेका छन्।

जिल्ला–नगर खुला सदस्यतर्फ १५ जना निर्वाचित भएका छन्। अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, लक्ष्मणराज पौडेल र छत्रधर आत्रेयसहित कृष्ण कटुवाल, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, गोकुल श्रेष्ठ, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की विजयी भएका छन्। महिला सदस्यतर्फ गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन्।

वस्तुगत सदस्यतर्फ १३ जना निर्वाचित हुँदा अरनिको राजभण्डारी ७० मतसहित शीर्ष स्थानमा रहे।

अन्य विजेतामा विदुर धमला, सागर ढकाल, रविन पुरी, राजकुमार कार्की, पशुपति देव पाण्डे, लिलेन्द्र प्रधान, भक्तबहादुर हमाल, नानिराज घिमिरे, संघर्ष विष्ट र होमप्रसाद घिमिरे रहेका छन्। यसै समूहको महिला सदस्यमा सुनिता न्हेम्हाफुकी ५४ मतसहित विजयी भइन्, उनले कमला श्रेष्ठलाई पराजित गरिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group