ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ


एबीसी न्यूज
बैशाख ११, २०८३ शुक्रबार   १२ : ०१   बजे

काठमाडौँ, — संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गर्दै उनी हाल प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए। “उहाँलाई प्रहरीले पक्राउ गरेको छ। परिसरमा भने अझै ल्याइएको छैन, उहाँ होल्डमा हुनुहुन्छ,” उनले बताए।

प्रहरीले बिहीबार साँझ बागमती नदी किनार आसपास माइकिङ गर्दै थापाथली, सिनामंगललगायत क्षेत्रमा बसोबास गर्दै आएका सुकुमवासीहरूलाई बस्ती खाली गर्न निर्देशन दिएको थियो। त्यसको भोलिपल्टै मोर्चाका कार्यवाहक अध्यक्ष परिश्रमी पक्राउ परेका हुन्।

पक्राउको कारणबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। तर, सुकुमवासी बस्ती हटाउने सरकारी तयारीसँगै सम्भावित विरोध र आन्दोलनको सन्दर्भमा यो कदम चालिएको अनुमान गरिएको छ।

यस घटनाले सुकुमवासी व्यवस्थापन, वैकल्पिक बसोबासको व्यवस्था, र राज्य–नागरिक सम्बन्धबारे नयाँ बहस उत्पन्न गर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

सम्बन्धित

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

घरेलु मैदानमा क्यानडाको संघर्षपूर्ण सुरुआत, लारिन बने उद्धारकर्ता

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group