ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जा विकास विना समृद्धिको कल्पना गर्न सकिँदैन, १० वर्षका लागि विशेष कानून चाहियोः इप्पान अध्यक्ष कार्की


एबीसी न्यूज
बैशाख १०, २०८३ बिहीबार   १० : ३४   बजे

काठमाडौं १० वैशाख । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशको आर्थिक समृद्धिका लागि उर्जा क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ । 
सांसदहरूसँगको एक छलफलमा अध्यक्ष कार्कीले  उर्जा क्षेत्रको विकास नभइकन अन्य कुनैपनि विकासको कल्पना गर्न नसकिने बताउनुभएको हो । उहाँले जलविद्युत आयोजनाहरू निर्माणमा भइरहेका नीतिगत र संरचनागत अवरोधहरू हटाउन सरकार र संसदको ध्यानाकर्षण गराउनु भयो । ऊर्जा क्षेत्रमा रहेका नीतिगत र कानूनी अड्चनहरूलाई सम्बोधन गर्न १० वर्षका लागि विशेष कानून वा ‘ऊर्जा संकटकाल’ घोषणा गरेर काम अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो । ऊर्जा क्षेत्रमा रहेका नीतिगत र कानूनी अड्चनहरूलाई सम्बोधन गर्न १० वर्षका लागि विशेष कानून बनाएर अघि बढ्न आग्रह गर्नुभएको हो । विशेष गरी वन तथा वातावरण मन्त्रालयका नीतिहरू विकासमैत्री नभएकोमा उहाँले गुनासो गर्नुभयो । राष्ट्रिय निकुञ्ज र वनका कडा नीतिले गर्दा बाटो, उद्योग र जलविद्युत सबै ठप्प हुने अवस्था रहेको बताउनु भयो । उहाँले यसलाई अन्त्य गर्न एकद्वार प्रणाली तत्काल लागू गर्नुपर्ने बताउनु भयो । ऊर्जा क्षेत्र नै  देश समृद्धिको मुख्य आधार भएकले उर्जाको विकास बिना अन्य कुनैपनि क्षेत्रको विकास कल्पना गर्न नसकिने बताउनु भयो । राजनीतिक परिवर्तनपछि अबको मुख्य एजेण्डा आर्थिक समृद्धि हुनुपर्ने र त्यसमा जलविद्युतको भुमिका निर्णायक रहने उल्लेख गर्नुभयो । विभिन्न राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणापत्र र सरकारी न्युनतम साझा कार्यक्रममा जलविद्युतलाई प्राथमिकता दिएकोमा उनले खुशी व्यक्त गर्नुभयो । अध्यक्ष कार्कीकाअनुसार हाल नेपालमा उत्पादित करिव ४,०२० मेगावाट विद्युतमा निजी क्षेत्रको योगदान झन्डै ८५ प्रतिशत पुगिसकेको छ । हालसम्म १२ हजार ५ सय मेगावाटको विद्युत खरिद सम्झौता भइसकेको र करिव २१ हजार मेगावाट विभिन्न अध्ययन तथा अनुमति पत्रको चरणमा रहेको जानकारी उहाँले दिनुभयो । प्रशारण लाइनलाई ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो ‘बोटलनेक’ का रूपमा चित्रण गर्दै कार्कीले यसमा पनि निजी क्षेत्रलाई लगानी गर्न दिन माग गर्नुभयो । हेटौँडा–मुजफरपुर लाइन जस्ता महत्वपूर्ण प्रसारण पूर्वाधार समयमा नबन्दा उत्पादित बिजुली खेर जाने र प्रवद्र्धकहरू सावा–ब्याँज तिर्न नसक्ने जोखिममा रहेको उहाँले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीले देशमा उत्पादन भएको विद्युतलाई प्राथमिकता दिनुपर्छ र आन्तरिक खपत बढाउनुपर्छ । हामीलाई पुग्ने उपभोग गरेर बढी भएको बिजुली मात्र निर्यात गर्नुपर्छ । वन मन्त्रालय नेपाल सरकारभन्दा फरक निकाय हो कि जस्तो भान हुन्छ । राष्ट्रिय निकुञ्ज र वनका कडा नीतिले गर्दा बाटो, उद्योग र जलविद्युत सबै ठप्प हुने अवस्था छ । यसलाई अन्त्य गर्न एकद्वार प्रणाली तत्काल लागू हुनुपर्छ । आज जलविद्युतमा जनताको मोह यति धेरै छ कि १० कित्ता सेयर किन्नेले पनि म यो आयोजनाको मालिक हुँ भन्ने गौरव गर्न थालेका छन् । यदि सरकारले निजी क्षेत्रलाई उत्पादनमा झैँ प्रशारण लाइन निर्माणमा पनि ढोका खोलिदिने हो भने हामी लगानी गर्न सक्षम र तयार छौँ ।’ 

नेपालले पहिला स्वदेशी खपतमा जोड दिनुपर्ने र बढी भएको बिजुली मात्र छिमेकी देशहरू भारत वा बंगलादेशमा बेच्नुपर्ने कार्कीको सुझाव छ । उहाँले सुदूरपश्चिम र कर्णाली क्षेत्रमा ऊर्जाको अथाह सम्भावना रहेको तर पूर्वाधारको अभावले सोचेअनुरूप विकास हुन नसकेको उल्लेख गर्नुभयो । आगामी १० वर्षभित्र ठूलो मात्रामा विद्युत उत्पादन गरी देशलाई आर्थिक रूपमा सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले संसदमा प्रभावकारी भुमिका निर्वाह गरिदिन उहाँले विशेष अनुरोध गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group