काठमाडौं, बैशाख ९ । नेपाली कांग्रेसका नेता धनराज गुरूङले कांग्रेसभित्रको विवाद टुंगिएको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने अव संस्थापन पक्षले सबैलाई मिलाएर लैजानुपर्छ । “सर्वोच्चको फैसला स्वीकार गर्ने निर्णय भएको छ, अब कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भएको उनले बताए । यससँगै करिब तीन महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रूपमा टुंगिएको उनको भनाई छ । अदालतको फैसलापछि कांग्रेसभित्र देखिएको नेतृत्व विवाद राजनीतिक रूपमा समाधानतर्फ जाने अपेक्षा समेत उनले गरेका छन ।




















प्रतिक्रिया दिनुहोस्