ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटमा नियम विपरित ढुङ्गा, बालुवा उत्खन्न


admin
चैत्र २५, २०७४ आईतबार   ५ : ३३   बजे

रौतहट, २५ चैत । रौतहट जिल्लाको बकैया खोलाबाट ब्यापक रुपमा मापदण्ड विपरित ढुङ्गा बालुवा उत्खन्न हुने गरेको छ । समन्वय समिति रौतहटका कर्मचारीहरुको मिलोमत्तोमा खोलाबाट नियम विपरित ढुङ्गा बालुवा र गिट्टी उत्खन्न गरेको हो ।

जिल्लाको उत्तर पश्चिममा पर्ने जंगलसहियाको पशुपति क्षेत्रको लाल बकैया खोलाबाट जिल्लाको विभिन्न स्थानको विकास निर्माण कामका लागि मापदण्ड विपरित ढुङ्गा बालुवा निकासी हुने गरेको छ । रौतहटको गुजरा नगरपालिका वाड ३ र ४ स्थित बकैया खोलाबाट ठेकेदारले आफुखुशी स्काभेटर प्रयोग गरी ढुङ्गा, गिटटी, बालुवा उत्खन्न गरिरहेको फेला परेको छ ।

जिल्ला समन्वय समिति रौतहटले स्थलगत अनुगमन नगरी नदीमा खोलाजन्य सामाग्री उत्खन्नका लागि जथाभावी स्काभेटर मेशिन सञ्चालनको अनुमति दिने गरेको पाइएको छ । जिल्ला समन्वय समितीले अनुमति दिएका भन्दा धेरै परिमाणको ढुङ्गा बालुवा खोलाबाट निकल्ने गरेको हो ।

जिल्ला समन्वय समितिले चैत मसान्त भित्र १ हजार घनमिटर ढुङ्गा बालुवा निकाल्ने अनिमति दिए पनि विगत एक महिना देखि दैनिक ५ सय घनमिटर बराबर निकाल्ने गरेको छ । ठेक्केदार प्रमोद यादवले अनुमति पाएको स्थानको विकास निमार्णको कामका लागि मात्रै नभएर अन्य क्षेत्रमा प्रयोग गर्नको लागि पनि सो बकैया खोलाबाट ढुङ्ग निकाल्ने गरेको हो । अन्य क्षेत्रमा प्रयोग हुने ढुङ्गा बालुवा लोड गरे वापतको ४ सय रुपैया प्रति टेक्टर लिने गरेको भए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

गाउँलेले बारम्बार ठेक्केदारहरुलाई यहाँबाट गिट्टी, बालुवा नकाल्न भन्दा पनि बेवस्ता गरेका स्थानिय समाजसेवी युवराज ज्ञवालीले बताए । साथै ज्ञवालीले ठेकेदारले नियम विपरित बकैया खोलामा मेशिन प्रयोग गरेर ढुङ्गा, बालुवा र गिटटी उत्खन्न गर्दा वर्षायाममा हाम्रो गाउँ नै बाढीको चपेटामा पर्ने भएकोले जिल्ला समन्वय समिति र नगरपालिकाले समयमा नै ध्यान दिनु पर्ने बताए । नभए हामी जनता चुप लागेर नबस्ने र परिआए स्काभेटर र ट्रयाक्टरमा आगजानी गर्न पनि पछि नपर्ने ज्ञवालीले बताए ।

त्यस्तै स्काभेटर बस्ती नजिकको खोलामा प्रयोगमा ल्याउनै नहुने साथै यसको प्रयोगले खोला हाम्रो गाउँ नै सिध्याउने भएकाले यसलाई तुरुन्त रोक्नु पर्ने स्थानिय बासिन्दा गुणराज मैनालीले बताए ।

जिल्ला समन्वय समितीले ढुङ्गा उत्खन्नको अनुमति दिंए पनि नियमित अनुगमन नहुदाँ मापदण्ड विपरित उत्खन्न कार्य भएको हो । ढुङ्गा बालुवा उत्खन्न गर्दा अधिकतम गहिराई ४०० मिटर, लम्बाई २ मिटर र चौडाई २० मिटर हुनु पर्ने समन्वय समितिको अनुमतिपत्रमा उल्लेख भए पनि त्यस्तो नभएको पाइएको छ । ठेक्केदारहरुले नियम बिपरित काम गर्दा पनि जिल्ला समन्वय समिति र स्थानिय प्रहरी प्रशासन मौन रहनुले उनीहरुको पनि संलाग्नता हो भन्ने कुरा पुष्टी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group