ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई


एबीसी न्यूज
चैत्र १३, २०८२ शुक्रबार  ९ : ५९ बजे

काठमाडौं १३, चैत्र । बालेन्द्र शाह बालेनको राजनीतिक यात्रा परम्परागत राजनीति भन्दा निकै फरक र तेज गतिमा अघि बढेको छ । बालेन ¥यापर, स्ट्रक्चरल इन्जिनियर र काठमाडौं महानगरपालिकाको मेयर हुदै नेपालको प्रधानमन्त्रीसम्मको यात्रा छोटो समयमै सहज रुपमा हात पार्न सफल भए । उनको युवा विद्रोह, सोशल मिडिया र जनअसन्तोषबाट सुरु भएको यो यात्रा अहिले नेपालको राजनीतिक परिवर्तनको प्रतीक बनेको छ । वि.सं. २०४७ वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मेका बालेन सिभिल इन्जिनियरिङमा स्नातक (ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजी) र भारतको कर्नाटकस्थित विश्वेश्वरैया प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा एम.टेक गरेका छन् । सुरुमा उनी दुर्गम क्षेत्रमा निर्माण कार्यमा संलग्न थिए। तर रचनात्मक क्षेत्रप्रति रुचि भएका कारण उनी रैपर बने। उनको र्याप संगीतले भ्रष्टाचार, असमानता, युवाको निराशा र सामाजिक मुद्दाहरूलाई उठाउँथ्यो, जसले उनलाई युवाहरूमाझ लोकप्रिय बनायो । बालेनको राजनीतिक यात्राको सुरुवात सोशल मिडिया र सार्वजनिक आलोचनाबाट भयो । उनी नेपालको स्थापित राजनीतिक दलहरूको आलोचना गर्थे र पारदर्शिता, सुशासन तथा शहरी विकासको कुरा उठाउँथे । २०७९ को निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्दलीय उम्मेदवारको रूपमा चुनाव लडे। नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता ठूला दलका उम्मेदवारहरूलाई ठूलो मतान्तरले हराउदै उनी काठमाडौंको १५औं मेयर बने । उनले ६१,७६७ मत प्राप्त गरेका थिए । यो जित नेपालको राजनीतिमा ठूलो आश्चर्य थियो किनकि उनी कुनै दलको समर्थनबिना जितेका थिए । ३ वर्ष ८ महिना मेयरको कार्यकालमा गरेका काम कारवाहीबाट उनी लोकप्रियता झन् बढ्यो ।
जेन्जी आन्दोलनले केपी शर्मा ओली सरकारलाई हटाएपछि बालेन शाहको नाम चर्चामा आयो । युवाहरूले उनलाई नया नेतृत्वको रूपमा प्रस्तुत गरे । तर उनी मौन बस्दै सुशीला कार्कीको सरकारले गराएको निर्वाचनको मैदानमा उत्रिए । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको प्रधानमन्त्री उम्मेदवारको रूपमा प्रस्तुत गरेपछि उनको चुनावी मैदान यस निर्वाचनको हट केक बन्यो कूनै समय राष्ट्रवादी नेताको रुपमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नोे प्रतिस्पर्धी बनाए । मतगणना सुरु भइसक्दा पनि बालेनको पराजित पक्का अड्बाजी एकाएक भारी अन्तरमा परिणत भयो । भ्रष्टाचारविरोधी छवि र परिवर्तनको आकांक्षा नै मुख्य शक्ति रहेको बालेनको चुनौती पनि अन्य राजनीतिक दलको भन्दा दुई तिहाई नै बढी छ । जनताले बालेनलाई हरेर मतको ओइरो लगाएका छन् । अब लोकप्रियता केवल चुनावी जितमा सीमित रहेन, बरु त्यो जनताको अपेक्षा र दबाबको ठूलो पहाड मा परिणत भएको छ । युवाले भ्रष्टाचारमुक्त शासन, सुशासन, रोजगारी र तत्काल परिवर्तनको आशा गरेका छन्। तर नेपालमा वाचा पूरा गर्न गाह्रो छ। बालेनले मेयर कालमा केही दृश्यात्मक सुधार गरे पनि राष्ट्रिय स्तरमा १० लाखभन्दा बढी रोजगारी सिर्जना, निःशुल्क शिक्षा–स्वास्थ्य जस्ता वाचा पूरा गर्न ठूलो स्रोत चाहिन्छ । त्यत्ति मात्र होइन नेपालको ब्युरोक्रेसी वर्षौंदेखि भ्रष्टाचार, ढिलासुस्ती र पुरानो सोचले ग्रस्त छ। पुराना राजनीतिक नियुक्तिहरू हटाउने र सुधार गर्ने प्रयासमा कर्मचारीतन्त्रबाट प्रतिरोध आउन सक्नेछ । खाडी मुलुकमा काम गर्ने १७ लाख नेपालीको सुरक्षा, फिर्ती र बेरोजगार युवालाई अवशोषित गर्नुपर्ने ठूलो समस्या छ । आर्थिक सुधार, लगानी आकर्षण, पूर्वाधार विकास र मुद्रास्फीति नियन्त्रण गर्नुपर्छ ।मन्त्रालय गाभ्ने, खर्च कटौती जस्ता सुधारले छोटो समयमा नतिजा दिन गाह्रो हुन्छ । देशको मात्र होइन रास्वपाभित्र बालेन र रवि लामिछानेबीच नेतृत्वको समझदारी कायम राख्न अर्को चुनौती छ । नया सांसदहरू अनुभवहीन भएकाले उनीहरूलाई अनुशासनमा राख्न र संसद् चलाउन चुनौती छ । लामो समय सत्ताको स्वाद लिइसकेका पुराना दलहरूको विपक्षी भूमिका झेल्नु पनि पर्नेछ । संघीयता, क्षेत्रीय सन्तुलन र सामाजिक सद्भाव र लामो समयदेखिको छिमेकीको हेप्पाई विरुद्धको आवाज निकाल्न पनि कठिन छ । छोटो समयमा केही ठोस सुधार देखाउन सके भने लोकप्रियता कायम रहन्छ, नत्र अपेक्षा र वास्तविकताको खाडलले ठूलो दबाब दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेज गर्ने, राजस्व अनुसन्धान विभाग पनि बन्द

बालेन सरकारका मन्त्रीहरूको विस्तृत प्रोफाइल: संगीतको स्वरबाट सिंहदरबारको सिंहासनसम्म !

सम्बन्धित

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेज गर्ने, राजस्व अनुसन्धान विभाग पनि बन्द

बालेन सरकारका मन्त्रीहरूको विस्तृत प्रोफाइल: संगीतको स्वरबाट सिंहदरबारको सिंहासनसम्म !

जेनजी आन्दोलनका ‘कमान्डर’ अब गृह मन्त्रालयको जिम्मेवारीमा

नेपालको राजनीतिमा युवा र नयाँ शक्तिको उदय : बालेन सरकारको सफलताको शुभकामना !

प्रधानमन्त्री बालेनको शपथमा यसकारण गएनन् ओली

३६ वर्षका प्रधानमन्त्री, ४० मुनिका ९ मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com