ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीको क्वार्टरमा माओवादी मन्त्रीहरुको गोप्य बैठक


एबीसी न्यूज
चैत्र २४, २०७४ शनिबार  ८ : १४ बजे

काठमाडौं,२४ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा गृहमन्त्रीको क्वार्टरमा प्रधानमन्त्रीविरुद्ध माओवादी मन्त्रीहरुको गोप्य बैठक बसेको छ ।

माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीमध्ये मात्रिका यादव र गिरिजामणि पोखरेल बाहेकको उपस्थिति रहेको सो बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश गरिएको थियो ।

गृहमन्त्री बादलले प्रधानमन्त्रीले आफूलाई कुनै जानकारी नै नदिई गृहसचिव सुरुवा गरेर प्रेम राईलाई नयाँ गृहसचिव बनाएको भन्दै गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेका थिए ।

‘प्रधानमन्त्री केपी ओलीले सचिवहरुलाई मन्त्रीप्रति उत्तरदायी नभई प्रधानमन्त्रीप्रति नै उत्तरदायी बनाउन खोजेको देखियो,’ गृहमन्त्री वादलको भनाइ उधृत गर्दै एक स्रोतले जानकारी दियो । ‘गृहमन्त्रालयमा आएका नया सचिव प्रेम राई एमाले निकट रहेको आफ्नो भनाई नमान्ने बादलको दावी छ ।

प्रधानमन्त्री ओलीले भारत जाने बेलामा क्याबिनेटको बैठकै नराखी गलत प्रक्रियाबाट सचिवहरुको सरुवा गरेको माओवादी मन्त्रीहरुको आरोप छ । यसरी एकलौटी ढंगबाट सरकार चल्न नसक्ने भन्दै भेलामा गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेको स्रोतले बतायो ।

गृहमन्त्री बादलले बोलाएको बैठकमा मात्रिका यादव र गिरिजामणि पोखरेल भने सहभागी थिएनन् । पोखरेल शिक्षा मन्त्रालयको कार्यक्रममा धुलिखेलमा थिए भने यादव केपी ओलीसँगै दिल्ली गएका छन् ।

सरकारमा रहेका माओवादी नेताहरुले पार्टी अध्यक्ष प्रचण्डलाई यसबारे कुरा राख्ने अनि प्रचण्डले केपी ओलीलाई सम्झाउने एक माओवादी नेताले बताए ।’

प्रचण्डनिवासमा पुगे गृहमन्त्री

यसैबीच शनिबार बिहान प्रचण्डनिवास खुमलटारमा गृहमन्त्री रामबहादुर थापा बादल र माओवादी अध्यक्ष प्रचण्डवीच छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कुनै जानकारी नै नदिई सचिवहरुको सरुवा गरेको विषयमा प्रचण्डले प्रधानमन्त्री भारतबाट फर्केपछि कुरा गर्ने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

ट्रम्पको निक्सन क्षण आउँदै: परमाणु धम्कीको भाषा फेरि अन्तर्राष्ट्रिय द्वन्द्वमा मुद्रा बन्दैछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com