ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रत्यक्षतर्फ ४० वर्षमुनिका ५४ सांसद विजयी, संसदमा युवा लहर


एबीसी न्यूज
फाल्गुन २५, २०८२ सोमबार  २ : १७ बजे

काठमाडौं, २५ फागुन। प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम लगभग टुंगिने चरणमा पुगेका बेला यसपटक संसदमा उल्लेख्य रूपमा युवा सांसदको प्रवेश हुने देखिएको छ। प्राप्त मतपरिणामअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ मात्र ४० वर्षमुनिका ५४ जना उम्मेदवार विजयी भएका छन्। समानुपातिकतर्फबाट थप केही युवा सांसद संसदमा आउने सम्भावना रहेको छ।

यसपटकको निर्वाचन परिणामले नेपाली राजनीतिमा युवा पुस्ताको उल्लेख्य उदय भएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धेरै युवा उम्मेदवारहरू विजयी हुँदा संसदमा नयाँ पुस्ताको प्रभाव बढ्ने देखिएको हो।

रास्वपाबाट सबैभन्दा धेरै युवा सांसद

प्रत्यक्षतर्फ ४० वर्षमुनिका अधिकांश सांसद रास्वपाबाट निर्वाचित भएका छन्। अन्य दलबाट भने थोरै मात्र युवा उम्मेदवार विजयी भएका छन्।

नेपाली कांग्रेसबाट ३ जना, नेकपा एमालेबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना र श्रम संस्कृति पार्टीबाट १ जना युवा उम्मेदवार निर्वाचित भएका छन्। बाँकी अधिकांश युवा सांसद रास्वपाबाट संसदमा प्रवेश गर्न लागेका हुन्।

बालेनको ऐतिहासिक जित

देशव्यापी जनलहरसहित रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा उभिनुभएका ३६ वर्षीय बालेन शाह भारी मतान्तरले विजयी हुनुभएको छ। उहाँले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै नयाँ राजनीतिक सन्देश दिनुभएको हो।

मतगणनाको अन्तिम परिणामअनुसार बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमा सीमित हुनुभयो।

चर्चित युवा जितहरू

यसपटकको निर्वाचनमा धेरै प्रभावशाली तथा स्थापित नेताहरूलाई युवा उम्मेदवारहरूले पराजित गरेका छन्।

  • चितवन–३ बाट ३० वर्षीया सोविता गौतम विजयी भइन्।
  • रुपन्देही–२ बाट २८ वर्षीय सुलभ खरेल ले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पराजित गरे।
  • मोरङ–६ बाट ३१ वर्षीया रुविना आचार्य ले कांग्रेस नेता शेखर कोइरालालाई हराइन्।
  • दाङ–२ बाट ३९ वर्षीय विपिनकुमार आचार्य ले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरे।
  • काठमाडौँ–५ मा २९ वर्षीय सस्मित पोखरेल ले प्रदीप पौडेल, ईश्वर पोखरेल र कमल थापाजस्ता हेभिवेट नेताहरूलाई उछिने।

सबैभन्दा कान्छा सांसद

यसपटक प्रत्यक्षतर्फ निर्वाचित हुनेमध्ये मकवानपुर–२ का २५ वर्षीय प्रशान्त उप्रेती सम्भवत: सबैभन्दा कान्छा सांसद बनेका छन्। उनले एमाले नेता महेशकुमार बर्तौलालाई पराजित गर्दै संसद प्रवेशको बाटो खोलेका हुन्।

अन्य दलका युवा सांसद

नेपाली कांग्रेसबाट पनि केही युवा सांसद विजयी भएका छन्।

  • रौतहट–२ बाट मो. फिरदोश आलम (३९)
  • पाल्पा–१ बाट सन्दीप राना (३८)
  • मुस्ताङ–१ बाट योगेश गौचन थकाली (३२)

नेकपा एमालेबाट

  • इलाम–२ बाट सुहाङ नेम्वाङ (३६)
  • ताप्लेजुङ–१ बाट क्षितिज थेबे (३८) विजयी भएका छन्।

यस्तै श्रम संस्कृति पार्टीबाट आरेन राई (२९) खोटाङ–१ बाट विजयी भएका छन् भने राप्रपाबाट ज्ञानबहादुर शाही (३४) जुम्ला–१ बाट निर्वाचित भएका छन्।

संसदको स्वरूप बदलिने संकेत

यसपटकको निर्वाचन परिणामले संसदको संरचना र राजनीतिक बहसको शैलीमा समेत परिवर्तन आउने संकेत दिएको छ।

विशेषगरी युवा, अभियानकर्ता र नयाँ राजनीतिक अनुहारहरू संसदमा प्रवेश गर्दा नीति, शासनशैली र राजनीतिक एजेन्डामा नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ।

विश्लेषकहरूका अनुसार यो परिणामले पुराना दलप्रति असन्तुष्टि र नयाँ नेतृत्वप्रतिको विश्वास दुवैलाई प्रतिबिम्बित गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फेसबुकमा ‘भाइरल’ उम्मेदवारलाई मतदाताले पत्याएनन् : धमला ६५५ मतमा सीमित

प्रत्यक्षतर्फ ४० वर्षमुनिका ५४ सांसद विजयी, संसदमा युवा लहर

सम्बन्धित

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

फेसबुकमा ‘भाइरल’ उम्मेदवारलाई मतदाताले पत्याएनन् : धमला ६५५ मतमा सीमित

बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण

रवि लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै

प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको मतगणना सार्वजनिक , रास्वपाका १२४ उम्मेदवार निर्वाचित

समानुपातिकमा ७५ प्रतिशत मतगणना हुँदा कसको सिट कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com